समाचार
१४ असोज, काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी […]
१४ असोज, विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे […]
१४ असोज, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । उपकुुलपति प्रा.डा. नन्दबहादुर सिंहको सिफारिसमा प्रधानमन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पौडेललाई असोज १२ गते रजिष्ट्रारमा नियुक्त गरेको उपकुलपतिका स्वकिय सचिव डिल्लीबहादुर सिंहले जानकारी दिए । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त […]
१४ असोज, काठमाडौँ । आगामी वर्ष हुने जनगणनामा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्छ कि समेट्दैन अहिलेसम्म यकिन छैन । राजनीतिक दल र सरकारी अधिकारीहरुले समेत यस बिषयमा खासै बोलेका छैनन् । तर, यतिबेला केही भारतीय सञ्चारमाध्यमले भने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणनाको तयारी गरेको भनी समाचार सम्प्रेषण गरिरहेका छन् । यति […]
१४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको […]
१४ असोज, काठमाडौं । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै सनराइजर्स हैदरावादले जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन […]
१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा । आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका […]
१३ असोज, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न ७ वटा शर्तमा मात्र वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिएको छ । नेपालबाट घरेलु कामदार लान चाहने देशमा घरेलु कामदारको सेवा, शर्त र सुविधा सम्बन्धमा छुट्टै र ठोस कानुनी व्यवस्था रहेको हुनुपर्ने समितिको पहिलो शर्त छ । श्रम […]
१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौंका तीन, बाँकेका दुई तथा मोरङ, सर्लाही र पर्साका एकएक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु […]
१३ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउन तयारी थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै प्रहरी हेडक्वाटरले निलम्बन फुकुवा गर्ने तयारी थालेको हो । प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार यसअघि नियमावलीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली […]
जनगुनासो कस्तो छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलहरूले भनेको मान्ने मान्छे मात्रै गए । दलका नेताहरूले भोलि आफूलाई पर्दा जोगाउने व्यक्तिलाई मात्रै नियुक्ति दिए भन्ने आम धारणा पाइन्छ । आफ्नो सम्बन्ध भएको, दलभित्रको मान्छे नभई ल्याइँदैन भन्ने जनताको भनाइ छ । निर्विकल्प, सबैले मान्नेखालको व्यक्ति आएको देखिँदैन । बरु यो फलाना दलको, त्यो फलाना […]
१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक […]
१३ असोज, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विदेशमा अप्ठेरोमा परेका नेपाली उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरुलाई प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो । समितिले गैरकानुनी बाटोबाट विदेश […]
१३ असोज, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत […]
१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरूले आफ्ना संरचनालाई भने अझैसम्म संघीय स्वरूपमा ढाल्न सकेका छैनन् । दलहरूले संविधान अनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै निर्वाचन आयोगले उनीहरूलाई ध्यानाकर्षण गराएको छ । आयोगको कानुन तथा राजनीतिक दल […]
१३ असोज, गोरखा । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएको विद्यालयस्तरको पढाइ गोरखामा सुरु भएको छ । गोरखाका धेरै सामुदायकि विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा सञ्चालन सुरु गरेका छन् । विद्यालयहरुले कक्षाअनुसार पालो निर्धारण गरेर विद्यालयमा विद्यार्थीको भीड नहुने वातावरण बनाएका छन् । आइतबारदेखि कक्षा सञ्चालन गरेको गोरखा नगरपालिका–७ […]
१३ असोज, काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । […]
१३ असोज, जनकपु्रधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलको फेसबुक म्यासेन्जरबाट ‘हाइ’ भन्दै सन्देश आएपछि सप्तरीका बालकृष्ण मण्डल अचम्ममा परे । उनी झन् आश्चर्यमा त्यतिबेला परे, जब ‘सीडीओ’ले हिन्दीमा बेतुकका कुरा गर्न थाले । सोमबार साँझ ५ बजेर १८ मिनेटमा सीडीओ पौडेलको म्यासेन्जरबाट मण्डललाई सन्देश आएको थियो । तर, च्याट गर्ने क्रममा उताबाट पैसा […]
१३ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले कर्मचारीको सरुवासम्बन्धी मापदण्ड संशोधन गरेको छ । कर्मचारी प्रशासन शाखाका अनुसार ०६९ सालबाट कायम रहेको मापदण्डलाई संशोधन गरेर कार्यान्वयन थालिएको हो । नयाँ मापदण्डअनुसार अब प्रहरी कर्मचारी कुनै पनि युनिटमा एक वर्षसम्म ढुक्कले काम गर्न पाउनेछन् । तर आर्थिक वा अन्य कुनै किसिमको विवादमा मुछिए तत्काल फिर्ता […]
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा अध्ययन नै नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर गरेको दाबीको बेवास्ता गर्दै सरकारकोतर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको निधिको भनाइ छ […]
१३ असोज, जनकपुरधाम । कोरोना भाइरसको हटस्पट बनेको प्रदेश २ मा मंगलबार जम्मा ४९ जना संक्रमित देखिएका छन् । मंगलबार मात्र होइन पछिल्लो एक सातायता नै प्रदेश २ मा कोरोना संक्रमितको संख्या निरन्तर घटेको छ । असोज ७ गते प्रदेशमा जम्मा ३७ जना संक्रमित देखिएका थिए । त्यस दिन महोत्तरी, रौतहट र बारा तथा पर्सामा […]
from समाचार – Online Khabar https://ift.tt/33fAtKZ
via IFTTT