Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

१२ असोज, काठमाडौं । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ ।  प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

१२ असोज, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते अस्पतालमा भर्ना भएकी थिइन् । दमको रोगी समेत रहेकी उनमा असोज १० गते […]

उपत्यकामा ८१७ संक्रमित थपिए, थप एकको मृत्यु

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी […]

विराटनगर र धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

१२ असोज, विराटनगर । कोरोना संक्रमणबाट विराटनगर र धरानमा एक/एक जनाको मृत्यु भएको छ । सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३८ वर्षीय महिला र नोबेल मेडिकल कलेज विराटनगरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । झापाको गौरादह-१ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको शिक्षण […]

सरकारलाई यातायात व्यवसायीको पत्र-आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याइयोस्

१२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन लिखित माग पेस गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले हस्ताक्षर गरेको पत्रमा कोभिड-१९को महामारीले थलिएको सार्वजनिक यातायात […]

पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु

१२ असोज, बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिकाको वडा नंं. ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो । गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । घटनामा एउटा भैंसी, पाडो […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित

१२ असोज, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आन्दोलित भएका छन् । चिकित्सा सेवा सुधारको माग गर्दै अस्पतालमा कार्यरत सिनियर चिकित्सकहरु आन्दोलित बनेका हुन । आन्दोलित बनेका चिकित्सकले प्रतिष्ठानको सेवा सुधार गर्नुपर्ने, कोरोना संक्रमणविरुद्ध खटिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको […]

विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको चेतावनी

१२ असोज, काठमाडौं । लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय सञ्चालनमा रोक लगाएको […]

भरतपुर अस्पतालमा काेराेना संक्रमितको मृत्यु

१२ असाेज, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना काेराेना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ का ५५ बर्षीय पुरुषको साेमबार दिउँसो १ः२० बजे मृत्यु भएको हो । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। पौडेलका […]

स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार चल्दै

१२ असोज, काठमाडौं । ललितपुरको क्वाबहालमा रहेको हिरण्यवरवर्ण महाविहार (स्वर्ण मन्दिर)मा राखिएको स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार गरिएको छ । मलमासको समयमा पुस्तक पाठ गर्ने काम नहुने भएकोले असोज २ गतेदेखि पुस्तकको जीर्णोद्धार सुरु गरिएको हो । वि.सं.२०५४ सालदेखि हरेक पटकको मलमासमा पुस्तकको जीर्णोद्धार गर्ने गरिएको छ । करिब ७९५ वर्ष पहिले आनन्द भिक्षुले लेखेको […]

महिला हिंसासम्बन्धी अध्ययन गर्न महिला सांसदको समिति

१२ असोज, काठमाडौं । संघीय संसदमा महिला सदस्यहरुको सोमबारको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेकोछ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको बताए । […]

विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी, विद्यार्थीद्वारा विरोध

१२ असोज, विराटनगर । कोरोना भाइरस (कोभिड १९) को हटस्पट बनेको प्रदेश १ को विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी भएको छ । विराटनगरमा पछिल्लो सयम कोरोना संक्रमणको दर पनि बढ्दै गइरहेको छ । तर पनि उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको दबावमा विराटनगर महानगरपालिकाले असोज २५ गतेदेखि भदौ ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका समेत […]

देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ । पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी […]

एसिड नियमन र कारबाहीसम्बन्धी अध्यादेश जारी

१२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् । तेजाब तथा अन्य […]

महिला सांसद भन्छन् : बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन चाहियो

१२ असोज, काठङ्गाडौं । महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने उनीहरुले बताए । नेपाली कांग्रेसकी सचेतक पुष्पा […]

जोरविजोर प्रणाली छल्न नक्कली नम्बर प्लेटको प्रयोग, एकजना पक्राउ

१२ असोज, काठमाडौं । उपत्यकामा प्रशासनले निषेधाज्ञा अन्त्य भएको घोषणा गरे पनि जोरविजोर प्रणाली जारी छ । यस्तो अवस्थामा एकजना व्यवसायीले सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर दुवै दिन गाडी कुदाउने गरेको भेटिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीले विशेष सूचनाका आधारमा यो कार्यमा संलग्न सुरेन्द्रकुमार अग्रवाललाई पक्राउ गरेको छ । उनी बैशाली प्रोडक्सन र खोली […]

विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च, १७ महिनाको वस्तु आयात धान्न सक्ने

१२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च देखिएको छ । साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै यो विदेशी विनिमय सञ्चितीले वस्तु आयात मात्र भने १७.३ […]

पत्रकार देवकोटालाई कुटपिट गरेको अभियोगमा महासंघका सचिव पक्राउ

१२ असोज, काठमाडौं । नुवाकोटमा पत्रकारबीच भएको झगडा प्रहरीसम्म पुगेको छ । नुवाकोटका पत्रकार शिव देवकोटामाथि आक्रमण गरेको अभियोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव जगदिश खनाल पक्राउ परेका छन् । नुवाकोटका एसपी तुलबहादुर कार्कीका अनुसार खनालसहित कपिलदेव खनाल र सदस्य सुजित भण्डारीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेको थियो । विपक्षी मध्ये एक पक्राउ […]

पद्मश्री साधना सम्मान नलिने प्रश्रितको घोषणा

१२ असोज, काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै उनले पुरस्कार नलिने घोषणा गरेका हुन् । खेमराज हरिकला समाज कल्याण परिषदले आइतबार यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार दिने […]

सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि नौ उद्योगका उत्पादनमा प्रतिबन्ध   

१२ असोज, काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड सेनिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक […]

सम्झनाको लागि न्याय माग्दै सडकमा प्रदर्शन

१२ असोज, काठमाडौं । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीय सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएको प्रकरणमा न्याय माग्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको महिला विभाग, संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र स्वतन्त्र नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो । प्रदर्शनमा कांग्रेस सांसद मिन विश्वकर्मा पनि सहभागी थिए । कांग्रेसको महिला विभागले सडक […]



from समाचार – Online Khabar https://ift.tt/33bH1KR
via IFTTT
Powered by Blogger.