समाचार
१२ असोज, काठमाडौं । नुवाकोटमा पत्रकारबीच भएको झगडा प्रहरीसम्म पुगेको छ । नुवाकोटका पत्रकार शिव देवकोटामाथि आक्रमण गरेको अभियोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव जगदिश खनाल पक्राउ परेका छन् । नुवाकोटका एसपी तुलबहादुर कार्कीका अनुसार खनालसहित कपिलदेव खनाल र सदस्य सुजित भण्डारीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेको थियो । विपक्षी मध्ये एक पक्राउ […]
१२ असोज, काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड सेनिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक […]
१२ असोज, काठमाडौं । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीय सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएको प्रकरणमा न्याय माग्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको महिला विभाग, संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र स्वतन्त्र नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो । प्रदर्शनमा कांग्रेस सांसद मिन विश्वकर्मा पनि सहभागी थिए । कांग्रेसको महिला विभागले सडक […]
१२ असोज, काठमाडौं । कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् । सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परेका छन् । सोमबार बिहान सीतापाइलाबाट बानेश्वरतर्फ आउँदै गर्दा साँढे सात बजेतिर टेकुमा स्नेही सवार बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो । सांसद स्नेहीका साथी नवराज वस्तीका अनुसार उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ […]
१२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लाेक सेवा आयोगलाई स्वीकृति दिएको हो । प्रदेशस्तरीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले प्राविधिक कर्मचारी भर्नाको स्वीकृति […]
१२ असोज, सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिला मृतावस्थामा भेटिएकी छन् । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा ५० वर्षीया दयामनदेवी यादव घर-आँगनमै मृतावस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या भएको प्रहरीको आशङ्का छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको […]
१२, असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो । स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको उनले बताए । जरायो मारेर […]
१२ असोज, काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ सो प्रयोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरिएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । ‘एक/दुई चरण छलफल भइसकेको छ, विमानस्थल तत्काल प्राधिकरणबाटै सञ्चालन हुने […]
१२ असोज, डोटी । आदर्श गाउँपालिका-दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआएपछि खोजी गर्दा परिवारले मृतावस्थामा भेटाएका हुन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ […]
१२ असोज, पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ । समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो […]
१२ असोज, वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो । कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् । सोमबार बिहानै […]
१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी चेतनामूलक भिडियो सार्वजनिक भएको छ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको युनिभर्सिटी हस्पिटल्समा कार्यरत डा. ईशान अधिकारीको अगुवाइमा ग्लोबल नेपाली हेल्थ एण्ड रिर्सच सेन्टरले कोरोनाबाट बच्न कस्तो सुरक्षा सतर्कता अपनाउने भन्ने सन्देशमूलक भिडियो तयार पारेको हो । कोरोना भाइरसबाट आफू र समग्र समुदायलाई कसरी बचाउन सकिन्छ ? […]
१२ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी लक्षित लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिले ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले ४ बैशाखदेखि कार्य प्रारम्भ गरेको छ । स्थानीय तहमार्फत गरिएको प्रारम्भिक लगतअनुसार देशभरी १४ लाख भूमिहीन परिवार रहेको आयोगको निश्कर्ष छ । उनीहरूलाई व्यवस्थित […]
१२ असोज, काठमाडौं । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा […]
११ असोज, काठमाडौं । निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । यस्तै खाद्य र साल्ट ट्रेडिङको […]
१२ असोज, काठमाडौं । सरकारले थप ३ वटा सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । सडक विभागले यस वर्ष धरान–लेउतीरोड, गोदाबरी (ललितपुर)–मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो । ‘सुरुङमार्ग विकास कार्यक्रम’ नै बनाएर विभागले अध्ययनको काम अघि बढाएको छ । ३ वटै सुरुङमार्गको अध्ययन अघि बढाउन परामर्शदाता छनोटको काम […]
१२ असोज, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले दुई देशबीचमा अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक लामो अन्तवार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि चाउ यनलाई चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको बताएका छन् । सो […]
१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् । मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी […]
१२ असोज, दाङ । रोल्पाका दश स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने सात करोड रकम खर्च गरेका छन् । यद्यपि स्थानीय सरकारले खर्च गरेको रकम सर्वसाधारणका लागि अपारदर्शी रहेको स्थानीय अगुवा बताउँछन् । क्वारिन्टिन व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन र दाङदेखि आफ्नो पालिकामा नागरिकलाई ओसार्नका लागि सवारी साधानमा गरेको खर्च […]
१२ असोज, काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् । ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् […]
from समाचार – Online Khabar https://ift.tt/3n7XKGS
via IFTTT