Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो । कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी […]

सरकारसँग सुन्ने र बुझ्ने क्षमता छ !

१० असोज, विराटनगर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डाक्टर गोबिन्द केसीको समर्थनमा विराटनगर युवाहरुले एक घण्टा रिले अनसन गरेका छन् । शनिबार विराटनगरको ट्राफिक चोकमा भेला भएका युवाहरुले केसीको जीवनरक्षाको माग गर्दै एक घण्टा रिले अनशन बसेका हुन् । संकेतिक विरोधमा बसेका युवाहरुले सरकारसँग सुन्ने र […]

‘‍‍‍…अनि मैले कलम छोडेर कोदालो उचालें’

१० असोज, चितवन । सरकारद्वारा वितरण गरिने पदक माथि विभिन्न ठाउँबाट प्रश्न चिन्ह उठाइरहेका बेला चितवनका एक सफल किसान गणेश भुसालले जनसेवा श्री पाँचौ पदक प्राप्त गरेका छन् । सरकारले बाँड्ने पदक सहि ब्यक्तिले पनि पाएका छन् भन्ने दृष्टान्त बनेका छन् भुसाल । विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ मा दिब्यनगरमा १८ […]

सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

१० असोज, दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या […]

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए […]

‘पावर ब्याकअप’ कुलेखानी भरिन ५ मिटर बाँकी

१० असोज, काठमाडौं । लगातार वर्षा भएपछि मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढिरहेको छ ।  पानीको सतह हाल १ हजार ५ सय २५ दशमलव २९ मिटरमाथि पुगेको छ । जलाधार क्षेत्रमा भारी पानी परेपछि एक दिनमा नै पानीको सतह १ मिटर २९ सेन्टिमिटर बढेको कुलेखानी आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए । […]

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२०७ संक्रमित थपिए

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६८ पुगेको छ । हालसम्म ७१ हजार ८२१ जना संक्रमित भएका […]

एक दशकको उत्खननबाट के-के भेटियो तिलौराकोटमा ?

१० असोज, काठमाडौं । सन् १९९६ मा सरकारले विश्व सम्पदा सुचीमा राख्नका लागि प्रयास गर्न सकिने भनेर देशका सात स्थानलाई छनोट गर्यो । त्यसयताका २४ वर्षसम्म यस कार्यमा सिन्को पनि भाँचिएन । अहिले आएर बल्ल ती सातमध्येको एक तिलौराकोटलाई सुुचीमा सूचीकृत गर्नका लागि सरकारले तयारी थालेको छ । चालु आर्थिक वर्षको बजेटमा समावेश गरेर सरकारले […]

विद्यालय सञ्चालन गर्ने मिर्चैया नगरपालिकाको निर्णय

१० असोज, जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकाले आइतबारदेखि नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकलेसामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत भरत कुमार बानियाले बताएका छन् । विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले […]

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

१० असोज, बुटवल । बर्दियाको गुलरियामा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थिगयो । तर बाटोमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । गुलरिया नगरपालिका-७ का उनलाई कोरोना संक्रमण भएको असोज ७ […]

विदेश जाने क्रम ठप्प हुँदा पनि कसरी बढ्यो रेमिट्यान्स ?

१० असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपालमा पठाए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आएको यो रकम अघिल्लो वर्षको साउन महिनाको भन्दा २३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह जम्मा २ प्रतिशतले बढेको थियो […]

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

१० असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, […]

१३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

१० असोज, काठमाडौं । नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षणका लागि नेपाली टोली सीमा क्षेत्रमा पुगेको छ । मुगुका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशव ज्ञवालीको नेतृत्वमा १४ सदस्यीय निरीक्षण टोली खटिएको प्रजिअ कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार निरीक्षण टोलीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष लगायत छन् । सीमा क्षेत्र […]

प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

१० असोज, काठमाडौं । प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् । शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उनले बताइन् । शाहका अनुसार उनले पछिल्लो […]

१२०७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ७२४

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना […]

कैलालीका पुरुषको कोरोनाबाट चितवनमा मृत्यु

१० असोज, चितवन । चितवनमा मृत्यु भएका कैलालीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिका-१ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ९ गते अस्पताल भर्ना भएका थिए । इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको […]

बलात्कारीलाई फासी दे !

१० असोज, काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा राजधानीमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा दुई समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । यस्तै बलात्कारीलाई फेसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए । बझाङको मास्टा […]

कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट

१० असोज, काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ । सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्क्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ । कंगोकै रहेका सिनियर मेयरको नेतृत्वमा छानविन सुरु भएको हो । स्रोतका अनुसार यो […]

दम्पतीमाथि आक्रमण : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

१० असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमानको अवस्था गम्भीर छ । देवाही गोनाही-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । चार जनाको समूहले  धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । जगरामीको मृत्यु […]

कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

१० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने […]

धुम्बाराहीमा अनेरास्ववियूको रक्तदान

१० असोज, काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । शनिबार बिहान नेकपा मुख्यालय धुम्बाराहीको प्राङ्गणमा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम गरिएको हो । अनेरास्ववियूका पूर्व अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए । कोभिड १९ […]



from समाचार – Online Khabar https://ift.tt/345IBNx
via IFTTT
Powered by Blogger.