Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिराहा प्रशासन कार्यालयबाट तीन जना बिचौलिया पक्राउ

१४ असोज, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहामा बिचौलियाको काममा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सेवाग्राहीलाई विभिन्न किसिमको हैरानी दिइरहेको अवस्थामा सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ बस्ने २५ वर्षीय जितेन्द्र पासवान, सोही ठाउँका १९ वर्षीय राजु पासवान र सिरहा नगरपालिका […]

अवैध निकासी हुन लागेकाे साढे दुई करोडको केराउ बरामद

१४ असोज, जनकपुरधाम । भारततर्फ तस्करी गर्न गोदाममा लुकाइ राखिएको अवस्थामा प्रहरीले  वीरगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिमाणको हरियो केराउ  बरामद गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका-१६ इनरवास्थित नेपाल–भारत सीमा नजिकै गोदाममा रााखिएको अवस्थामा प्रहरीले बुधबार ३ हजार २५० क्विन्टल हरियो केराउसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बाराको परवानीपुर गाउँपालिका-३ लिप्नीमा […]

लिम्पियाधुराको क्षेत्रफल समेटिएको पुस्तक गुपचुप

१४ असोज, काठमाडौं । सरकारले आवश्यक त्रुटि सच्याएर वितरण गर्ने भनेको पुस्तक ‘नेपालको भूभाग र सीमासबन्धी स्वाध्याय सामग्री’ परिमार्जनको काम अगाडि बढाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको क्षेत्रफल समेटिएको पुस्तकमा संशोधन आवश्यक रहेको भन्दै वितरण नगर्न १ असोजमा निर्देशन दिएका थिए । पुस्तक परिमार्जनमा भने सरकारले चासो देखाएको छैन । प्रधानमन्त्री […]

एयरलाइन्सका आकर्षक घुमफिर प्याकेज, झस्किए पर्यटन व्यवसायी

१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण झण्डै ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अगाडि देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर प्याकेज ल्याएपछि पर्यटन व्यवसायी भने झस्किएका छन् । एअरलाइन्सका सस्तो प्याकेज लामो समयसम्म नटिक्ने र त्यसले […]

पहिरोले बासै उठेपछि विद्यालयमा काज किरिया

१४ असोज, वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजकिरिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काज […]

रुकुमकोटमा निषेधाज्ञा हट्यो

१४ असोज, काठमाडौं । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा जारी निषेधाज्ञा हटेको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बिहानैदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले अनलाइनखबरलाई जानकारी दिए । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले असोज ६ गते राति १२ बजेदेखि लागू हुनेगरी असोज १३ गते राति […]

कोरोनाका कारण विराटनगरका दुई ठूला होटल बन्द

१४ असोज, विराटनगर । कोरोना महामारीका कारण चार महिनाको अन्तरालमा विराटनगरका दुई ठूला होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् । विराटनगरको ट्राफिक चौकमा स्थापित होटल नमस्कार व्यवसायीक रुपमा विराटनगरमा खुलेको पहिलो स्तरीय होटल हो । जेनियल प्रदेश १ मा ठूलो लगानीमा खुलेको पहिलो […]

ललितपुरमा सुरु भयो नगर प्रहरीको साइकल गस्ती

१४ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती सुरु गरेको छ । हालै गठन भएको नगर प्रहरीको साइकल गस्ती बुधबार उपमेयर गीता सत्यालले उद्घाटन गरिन् । अहिले नगर प्रहरीसँग १० वटा साइकल छ । त्यही साइकल चढेर नगर प्रहरीले विहान १० देखि अपरान्ह ५ बजेसम्म महानगर क्षेत्रमा गस्ती गर्नेछन् । साइकल गस्तीले […]

बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको […]

सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु

१४ असोज, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो । उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको […]

बारामा १२ बर्षीया बालिका बलात्कृत

१३ असोज, वीरगञ्ज । ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो । असोज १ […]

वैदेशिक लगानी भित्रिन रोक्ने कानूनी उल्झन हटाउन अध्ययन हुँदै

१४ असोज, काठमाडौं । वैदेशिक लगानीलाई सहजीकरण गर्ने कानूनको एकीकृत परिमार्जन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहकार्य थालेको छ । त्यस्ता कानुनमा लगानी निरुत्साहित हुने व्यवस्था भए परिमार्जन गरेर लगानीमैत्री कानून बनाउन एक कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजकत्वमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद रेग्मी तोकिएका छन् । वैदेशिक लगानी प्रर्वधनलाई […]

खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए । विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१४ असोज, काठमाडौं । बारा र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बारामा भएको सवारी दुर्घटनामा परिचय नखुलेका २२ वर्षीय पुरुषको मृत्यु भएको हो । जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.६ त ८२८३ नम्बरको ट्याक्टरले उनी सवार ना.६२ प ८३८ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर […]

रुपन्देही र कपिलवस्तुमा दुई जना कोरोना संक्रमितको मृत्यु   

१४ असोज, बुटवल । कोरोना संक्रमण (कोभिड १९) बाट रुपन्देही र कपिलवस्तुमा गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । रुपन्देहीका ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार […]

बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु

१४ असोज, रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपी शाहीले जानकारी दिए । भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल […]

बाघको आक्रमणबाट रौतहटमा २ जना घाइते

१४ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्  । चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका हुन् । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । सोही […]

बलात्कार रोक्न अधिकतम प्रयत्न गरिरहेका छौं : गृहमन्त्री

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका […]

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो । दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै […]

बिहीबारबाट बढ्यो आन्तरिक हवाई उडानको कोटा

१४ असोज, काठमाडौं । सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो । यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ […]

गौतमविरुद्धको रिट पूर्ण इजलाशलाई सुनुवाइ हुँदै

१४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले […]



from समाचार – Online Khabar https://ift.tt/3ieA9R1
via IFTTT
Powered by Blogger.