समाचार
११ असोज, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासनिक फाँटमा कार्यरत कर्मचारी समेत रहेको अस्पतालले जनाएको छ । प्लाज्मा थेरापी […]
११ असोज, विराटगनर । झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति नै विराटनगर ल्याइएको थियो । राति १०ः४५ बजे अस्पताल ल्याइपु¥याए पनि उनको तत्कालै मृत्यु […]
११ असोज, काठमाडौं । कोरोना महामारीको कारण रोकिएको कलेजो प्रत्यारोपणको सेवा सुरु गर्न र कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउने प्रस्ताव लिएर सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । सरकारले मिर्गौला, क्यान्सर लगायत अन्य ८ रोगहरुलाई सहुलियतमा उपचार दिँदै आएको छ । कलेजो प्रत्यारोपण पछिल्लो वर्षमात्रै सुरु भएकाले यसको उपचारमा सरकारबाट […]
११ असोज, काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार आफूलाई अर्पण गर्ने निर्णयप्रति लेखक सञ्जीव उप्रेतीले आपत्ति जनाएका छन् । प्रतिष्ठानले पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनि सँगै दिइने निर्णयप्रति उप्रेतीले आपत्ति जनाएका हुन् । उप्रेती भन्छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएको लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ […]
११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिए । भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । तर, […]
११ असोज, काठमाडौं । भारतमा कोरोना महामारी बढ्न थालेपछि त्यहाँ मजदुरी गरिरहेका सुदुरपश्चिम र कर्णाली प्रदेशका हजारौं नेपाली अनेक कठिनाइ झेल्दै घर फर्के । अहिले भारतमा महामारी झन बढेको बेला उनीहरु घर छाडेर उतै फर्किरहेका छन् । उनीहरुलाई थाहा नभएको हैन– अबको तीन सातामा दशैं घरमै आइपुग्छ, बालबालिकाले बाउ-आमाको साथ खोज्छन्, मिठोमसिनो र एकसरो नयाँ […]
११ असोज, झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई […]
काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको छ । ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको छ । उपन्यासमा […]
११ असोज, बुटवल । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोले डाँडो भासिदा कम्तीमा ६ घर भत्किएका छन् । २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । केही दिनदेखिको अविरल वर्षापछि गएराति पहिरो जाँदा नगरपालिकाको वडा नंं. ११ को डुंगेशेरामा वस्ती भासिन शुरु भएको हो । घर भत्किए पनि मानवीय क्षति नभएको वडा अध्यक्ष कपिल आलेमगरले […]
११ असोज, काठमाडौं । सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् […]
११ असोज, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको […]
११ असोज, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ […]
११ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् । शुभकामना सन्देशमा लेखिएको छ, […]
११ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट […]
११ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु महतोलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक […]
११ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । शनिबार साधना कला केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताए । करिब […]
११ असोज, हेटौंडा । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको शनिबार मृत्यु भएको हो । भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डी मन्दिर नजिक सेल्फी खिच्ने क्रममा चिप्लिएर राप्ती खोलामा खस्दा १८ वर्षीया युवतीको मृत्यु भएको […]
११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो । कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी […]
१० असोज, पोखरा । प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा लेखेर प्रकाशकको खोजीमा हण्डर खाए । अहिले उनलाई लाग्छ, जीवन त रहरका लहराहरुमा लहराउने रहेछ । जीवनको […]
१० असोज, काठमाडौं । सन् १९९६ मा सरकारले विश्व सम्पदा सुचीमा राख्नका लागि प्रयास गर्न सकिने भनेर देशका सात स्थानलाई छनोट गर्यो । त्यसयताका २४ वर्षसम्म यस कार्यमा सिन्को पनि भाँचिएन । अहिले आएर बल्ल ती सातमध्येको एक तिलौराकोटलाई सुुचीमा सूचीकृत गर्नका लागि सरकारले तयारी थालेको छ । चालु आर्थिक वर्षको बजेटमा समावेश गरेर सरकारले […]
१० असोज, विराटनगर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डाक्टर गोबिन्द केसीको समर्थनमा विराटनगर युवाहरुले एक घण्टा रिले अनसन गरेका छन् । शनिबार विराटनगरको ट्राफिक चोकमा भेला भएका युवाहरुले केसीको जीवनरक्षाको माग गर्दै एक घण्टा रिले अनशन बसेका हुन् । संकेतिक विरोधमा बसेका युवाहरुले सरकारसँग सुन्ने र […]
from समाचार – Online Khabar https://ift.tt/2G8XF4C
via IFTTT