समाचार
१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौंका तीन, बाँकेका दुई तथा मोरङ, सर्लाही र पर्साका एकएक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु […]
१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक […]
१३ असोज, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विदेशमा अप्ठेरोमा परेका नेपाली उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरुलाई प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो । समितिले गैरकानुनी बाटोबाट विदेश […]
१३ असोज, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत […]
१३ असोज, गोरखा । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएको विद्यालयस्तरको पढाइ गोरखामा सुरु भएको छ । गोरखाका धेरै सामुदायकि विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा सञ्चालन सुरु गरेका छन् । विद्यालयहरुले कक्षाअनुसार पालो निर्धारण गरेर विद्यालयमा विद्यार्थीको भीड नहुने वातावरण बनाएका छन् । आइतबारदेखि कक्षा सञ्चालन गरेको गोरखा नगरपालिका–७ […]
१३ असोज, काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । […]
१३ असोज, जनकपु्रधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलको फेसबुक म्यासेन्जरबाट ‘हाइ’ भन्दै सन्देश आएपछि सप्तरीका बालकृष्ण मण्डल अचम्ममा परे । उनी झन् आश्चर्यमा त्यतिबेला परे, जब ‘सीडीओ’ले हिन्दीमा बेतुकका कुरा गर्न थाले । सोमबार साँझ ५ बजेर १८ मिनेटमा सीडीओ पौडेलको म्यासेन्जरबाट मण्डललाई सन्देश आएको थियो । तर, च्याट गर्ने क्रममा उताबाट पैसा […]
१३ असोज काठमाडौं । अहिले मुलुकभित्र रहेका र विदेशमा कार्यरत नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) महामारीको चिन्तामा छन् । उनीहरुलाई महामारीका कारण आफ्नो स्वास्थ्य बिग्रने, सामाजिक र आर्थिक समस्या आउन सक्ने डर छ । कतारमा कार्यरत नेपालीहरु पनि यस्तै त्रासमा छन् । कतारमा कार्यरत कैयौं नेपालीहरुले महामारीका कारण रोजगारी गुमाउनुपरेको छ । तथापि काठमाडौंस्थित कतारी दूतावासका […]
१३ असोज, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न ७ वटा शर्तमा मात्र वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिएको छ । नेपालबाट घरेलु कामदार लान चाहने देशमा घरेलु कामदारको सेवा, शर्त र सुविधा सम्बन्धमा छुट्टै र ठोस कानुनी व्यवस्था रहेको हुनुपर्ने समितिको पहिलो शर्त छ । श्रम […]
१३ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले कर्मचारीको सरुवासम्बन्धी मापदण्ड संशोधन गरेको छ । कर्मचारी प्रशासन शाखाका अनुसार ०६९ सालबाट कायम रहेको मापदण्डलाई संशोधन गरेर कार्यान्वयन थालिएको हो । नयाँ मापदण्डअनुसार अब प्रहरी कर्मचारी कुनै पनि युनिटमा एक वर्षसम्म ढुक्कले काम गर्न पाउनेछन् । तर आर्थिक वा अन्य कुनै किसिमको विवादमा मुछिए तत्काल फिर्ता […]
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा अध्ययन नै नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर गरेको दाबीको बेवास्ता गर्दै सरकारकोतर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको निधिको भनाइ छ […]
१३ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउन तयारी थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै प्रहरी हेडक्वाटरले निलम्बन फुकुवा गर्ने तयारी थालेको हो । प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार यसअघि नियमावलीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली […]
१३ असोज, जनकपुरधाम । कोरोना भाइरसको हटस्पट बनेको प्रदेश २ मा मंगलबार जम्मा ४९ जना संक्रमित देखिएका छन् । मंगलबार मात्र होइन पछिल्लो एक सातायता नै प्रदेश २ मा कोरोना संक्रमितको संख्या निरन्तर घटेको छ । असोज ७ गते प्रदेशमा जम्मा ३७ जना संक्रमित देखिएका थिए । त्यस दिन महोत्तरी, रौतहट र बारा तथा पर्सामा […]
१३ असोज, चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले मंगलबार ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड रुपैयाँमध्ये पहिलो चरणमा ५० लाख […]
१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएको सात महिनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ८० जना मुटु रोगीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८ जना सर्जरी गर्ने मुटु रोगीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । ८० जना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको र २८ जनालाई होम आइसोलसनमा पठाएको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले […]
१३ असोज, काठमाडौं । सांसदहरुले संवैधानिक आयोगहरुले आफूले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई दबाब दिन नसकेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको ‘राष्ट्रिय सरोकार तथा समन्वय समिति’को मंगलबारको बैठकमा उपस्थित सांसदहरुले कुनैपनि अध्ययन अनुसन्धानबाट देखिएका समस्या समाधानको लागि संवैधानिक आयोगहरुले सरकारलाई दवाव दिन नसकेको बताएका हुन् । बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी […]
१३ असोज, काठमाडौं । अपसी सहमितमा व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत भएका छन् । नेपाल-चीन व्यापार संयुक्त कार्यदलको मंगलबार सम्पन्न भचुर्अल पहिलो बैठकमा यस्तो समझदारी बनेको उद्योग वाणिज्य तथा अपिर्ति मन्त्रालयले जनाएको छ । ‘आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण गर्न दुबै मुलुक सहमत भएका छन्,’ बार्तामा सहभागी मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले […]
१३ असोज, वीरगञ्ज । प्रथम अधिवेशनकै क्रममा सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ को विवाद बाहिरिएको छ । दुईवटा समूहले छुट्टाछुट्टै अधिवेशन गरेर आफ्नो समूह नै आधिकारिक भएको दाबी गरेका छन् । तदर्थ समितिका अध्यक्ष शिवकुमार सर्राफ र केन्द्रीय उपाध्यक्ष रामजी साहले छुट्टाछुट्टै स्थानमा गरिएको अधिवेशनबाट आफूहरु निर्विरोध अध्यक्ष पदमा विजयी भएको दाबी गरेका छन् । […]
१३ असोज, काठमाडौं । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान सङ्ख्या थप्न सरकारलाई निर्देशन दिएको छ। त्यस्तै, समितिले गैर कानुनी बाटोबाट विदेशमा गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देश गरेको छ । त्यस्तै उनीहरुलाई […]
१३ असोज, काठमाडौं । अमेरिकन डलर सस्तोमा साट्ने प्रलोभनमा पारी ५ लाख रुपैयाँ लुटेर फरार भएको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्रउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र सोही ठाउँका २१ वर्षीय निर्मल भण्डारी रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय […]
१३ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो । महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाएका थिए । […]
from समाचार – Online Khabar https://ift.tt/33ehO2f
via IFTTT