समाचार
१४ असोज, रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपी शाहीले जानकारी दिए । भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल […]
१४ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका हुन् । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । सोही […]
१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका […]
१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो । दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै […]
१४ असोज, काठमाडौं । सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो । यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ […]
१४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले […]
१४ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा मंगलबार रातिदेखि […]
१३ असोज, काठमाडौं । तीन साताअघि काठमाडौंको बुद्धनगरस्थित एक डेरीमा कृषि मन्त्रालयका पूर्वसहसचिव तुलसी गौतमले एक लिटर तयारी घिउ किने । उनले सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले बजार पठाएको पाँच–पाँच सय एमएलको दुई प्याकेट घियु किनेका थिए । एउटा प्याकेटको उत्पादन मिति २०७७ वैशाख २३ र अर्कोको ३१ गते थियो । घरमा प्याकेट […]
१४ असोज, बुटवल । बुटवल उपमहानगरपालिका वडा नंं. १७ का दुई सरकारी विद्यालयले दुई बिघा जग्गा अवैधरुपमा बिक्री गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले छानबिन गर्न माग गरेको छ । मोतिपुर मावि र जनशक्ति प्राविले भोगचलन गर्दै आएको ऐलानी जग्गा विद्यालयको खर्च चलाउने नाममा विद्यालय व्यवस्थापन समितिहरुले २०६५ सालदेखि पटक–पटक गरेर अवैधरुपमा बिक्री गरेकाले […]
१४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय खोल्ने निर्णय गरेको बारागढीका अध्यक्ष देवदत्त बछार थारु बताउँछन् । इलाका प्रहरी कार्यालयका केही प्रहरीलाईबाहेक नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको […]
१४ असोज, काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा राष्ट्रपति पदको चुनावको सरगर्मी बढेको छ । उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जो बाइडेन पहिलो पटक आमने सामने भएर बहस गरेका छन् । बहसको क्रममा ट्रम्पले आफूलाई अमेरिकी इतिहासको सबैभन्दा उत्कृष्ट राष्ट्रपति भएको बताएका थिए भने बाइडनले ट्रम्प इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएको बताए । विश्वको महाशक्ति राष्ट्र […]
१४ असोज, काठमाडौं । सरकारले कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गरी कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी गरेको छ । लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका जारी गरेको हो । ‘कोरोना महामारीका बेला अडिटरलाई प्रमाण संकलनमा समस्या हुन […]
१४ असोज, काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । उनले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक […]
१४ असोज, विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे […]
१४ असोज, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । उपकुुलपति प्रा.डा. नन्दबहादुर सिंहको सिफारिसमा प्रधानमन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पौडेललाई असोज १२ गते रजिष्ट्रारमा नियुक्त गरेको उपकुलपतिका स्वकिय सचिव डिल्लीबहादुर सिंहले जानकारी दिए । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त […]
१४ असोज, काठमाडौँ । आगामी वर्ष हुने जनगणनामा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्छ कि समेट्दैन अहिलेसम्म यकिन छैन । राजनीतिक दल र सरकारी अधिकारीहरुले समेत यस बिषयमा खासै बोलेका छैनन् । तर, यतिबेला केही भारतीय सञ्चारमाध्यमले भने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणनाको तयारी गरेको भनी समाचार सम्प्रेषण गरिरहेका छन् । यति […]
१४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको […]
१४ असोज, काठमाडौं । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै सनराइजर्स हैदरावादले जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन […]
१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा । आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका […]
जनगुनासो कस्तो छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलहरूले भनेको मान्ने मान्छे मात्रै गए । दलका नेताहरूले भोलि आफूलाई पर्दा जोगाउने व्यक्तिलाई मात्रै नियुक्ति दिए भन्ने आम धारणा पाइन्छ । आफ्नो सम्बन्ध भएको, दलभित्रको मान्छे नभई ल्याइँदैन भन्ने जनताको भनाइ छ । निर्विकल्प, सबैले मान्नेखालको व्यक्ति आएको देखिँदैन । बरु यो फलाना दलको, त्यो फलाना […]
१३ असोज, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न ७ वटा शर्तमा मात्र वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिएको छ । नेपालबाट घरेलु कामदार लान चाहने देशमा घरेलु कामदारको सेवा, शर्त र सुविधा सम्बन्धमा छुट्टै र ठोस कानुनी व्यवस्था रहेको हुनुपर्ने समितिको पहिलो शर्त छ । श्रम […]
from समाचार – Online Khabar https://ift.tt/3kSIGuC
via IFTTT