Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

११ असोज, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार  मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।

बलात्कारको प्रतिकार गर्दा १२ वर्षीया बालिकाको हत्या !

११ असोज, विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ । बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ । हत्यामा संलग्नको आशंकामा प्रहरीले […]

मकवानपुरमा खोलाले बगाउँदा दम्पतीको मृत्यु

११ असाेज, हेटाैंडा । मकवानपुरमा सामरी खाेलाले बगाउँदा आइतबार एक दम्पतीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार […]

डा. केसीसँग संवाद गर्न शान्ति समाजको माग

११ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही डाक्टर गोविन्द केसीसँग शीघ्र संवाद गरी सहमति खोज्न सरकारलाई आग्रह गरेको छ । आइतबार समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शीघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ ।’ सरकारले डाक्टर केसीसँग गरेका सहमतिका […]

पर्यटनमन्त्रीले रोके हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयलले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ सुविधा बारे छलफल गरेका थिए । त्यसक्रममा […]

कोरोना संक्रमणबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

११ असोज, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासनिक फाँटमा कार्यरत कर्मचारी समेत रहेको अस्पतालले जनाएको छ । प्लाज्मा थेरापी […]

झापाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

११ असोज, विराटगनर । झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति नै विराटनगर ल्याइएको थियो । राति १०ः४५ बजे अस्पताल ल्याइपु¥याए पनि उनको तत्कालै मृत्यु […]

कलेजो प्रत्यारोपण सर्भसुलभ बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव

११ असोज, काठमाडौं । कोरोना महामारीको कारण रोकिएको कलेजो प्रत्यारोपणको सेवा सुरु गर्न र कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउने प्रस्ताव लिएर सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । सरकारले मिर्गौला, क्यान्सर लगायत अन्य ८ रोगहरुलाई सहुलियतमा उपचार दिँदै आएको छ । कलेजो प्रत्यारोपण पछिल्लो वर्षमात्रै सुरु भएकाले यसको उपचारमा सरकारबाट […]

सञ्जीव उप्रेती भन्छन्– प्रश्रितसँगै उभिएर पद्मश्री पुरस्कार लिन सक्दिनँ

११ असोज, काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार आफूलाई अर्पण गर्ने निर्णयप्रति लेखक सञ्जीव उप्रेतीले आपत्ति जनाएका छन् । प्रतिष्ठानले पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनि सँगै दिइने निर्णयप्रति उप्रेतीले आपत्ति जनाएका हुन् । उप्रेती भन्छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएको लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ […]

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिए । भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । तर, […]

दशैंको अर्थतन्त्र : धनी रमाउँछन्, मध्यम वर्ग बचतमा लाग्छन् अनि गरिब ?

११ असोज, काठमाडौं । भारतमा कोरोना महामारी बढ्न थालेपछि त्यहाँ मजदुरी गरिरहेका सुदुरपश्चिम र कर्णाली प्रदेशका हजारौं नेपाली अनेक कठिनाइ झेल्दै घर फर्के । अहिले भारतमा महामारी झन बढेको बेला उनीहरु घर छाडेर उतै फर्किरहेका छन् । उनीहरुलाई थाहा नभएको हैन– अबको तीन सातामा दशैं घरमै आइपुग्छ, बालबालिकाले बाउ-आमाको साथ खोज्छन्, मिठोमसिनो र एकसरो नयाँ […]

कोरोना संक्रमणबाट झापामा थप एकको मृत्यु

११ असोज, झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई […]

पद्मश्री उप्रेतीलाई, साधना सम्मान प्रश्रितलाई

काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको छ । ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको छ । उपन्यासमा […]

अर्घाखाँचीको ढुंगेशेरामा ६ घर भत्किए, २० घर उच्च जोखिममा

११ असोज, बुटवल । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोले डाँडो भासिदा कम्तीमा ६ घर भत्किएका छन् । २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । केही दिनदेखिको अविरल वर्षापछि गएराति पहिरो जाँदा नगरपालिकाको वडा नंं. ११ को डुंगेशेरामा वस्ती भासिन शुरु भएको हो । घर भत्किए पनि मानवीय क्षति नभएको वडा अध्यक्ष कपिल आलेमगरले […]

खाडी देश र मलेसियाले कहिलेबाट मगाउलान् नयाँ श्रमिक ?

११ असोज, काठमाडौं । सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

११ असोज, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको […]

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

११ असोज, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ […]

पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने मन्त्री भट्टराइको विश्वास

११ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् । शुभकामना सन्देशमा लेखिएको छ, […]

काभ्रेमा कोरोना कहरकैबीच पठनपाठन

११ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट […]

नियन्त्रणमा लिइयो नरभक्षी बाघ

११ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु महतोलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक […]

सबैको सहयोग भएमात्रै कोरोना नियन्त्रणमा आउँछ : राज्यमन्त्री मानन्धर

११ असोज, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । शनिबार साधना कला केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताए । करिब […]



from समाचार – Online Khabar https://ift.tt/308cFXy
via IFTTT
Powered by Blogger.