समाचार
१० असोज, चितवन । हेटौंडाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज (शनिबार) १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । उनी श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा […]
१० असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, […]
१० असोज, तौलिहवा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसअघि गत भदौ १४ गते बुद्धभूमि नगरपालिका–७ […]
१० असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ । तर, क्यान्सर पत्ता लाग्ने बिरामीको संख्यामा भने कमी आएको देखिएको छ । १६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २१ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले सार्वजनिक गरेको तथ्यांंकमा अस्पतालमा सन् २०१९ मा उपचारका लागि […]
१० असोज, बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् । नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ […]
१० असोज, तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० […]
१० असोज, चितवन । सरकारद्वारा वितरण गरिने पदक माथि विभिन्न ठाउँबाट प्रश्न चिन्ह उठाइरहेका बेला चितवनका एक सफल किसान गणेश भुसालले जनसेवा श्री पाँचौ पदक प्राप्त गरेका छन् । सरकारले बाँड्ने पदक सहि ब्यक्तिले पनि पाएका छन् भन्ने दृष्टान्त बनेका छन् भुसाल । विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ मा दिब्यनगरमा १८ […]
१० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ […]
१० असोज, काठमाडौं । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा […]
१० असोज, बुटवल । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ । बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले […]
१० असोज, तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]
१० असोज, काठमाडौं । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ […]
१० असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए । सन् २०१९ को डिसेम्बर अन्त्यतिर […]
१० असोज, काठमाडौं । चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने […]
१० असोज, काठमाडौं । विप्लवनिकट अखिल (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले पोखरा विश्वविद्यालयका रिक्त उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न माग गरेको छ । क्रान्तिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिक्त सबै पदहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरोकारवाला पक्षसँग माग गरेको हो । ‘हाम्रो संगठन तत्काल खुल्ला, स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाबाट उपकुलपति […]
१० असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ […]
९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्याउन दृढ रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायका दुई निकाय सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग स्थापना भएको […]
९ असोज, काठमाडौं । बुधबार अपरान्ह झमझम पानी परिरहेको थियो, तर पशुपतिको विद्युतीय शव दाहगृहको जम्मा भएका केहीलाई झरीको कुनै परवाह थिएन । केहीले रेनकोट लगाएका थिए, कोही छाताको ओतमा थिए । केही निथ्रुक्क भिजेर पनि उभिरहेका थिए । बन्द गेटको बाहिर उभिरहेका उनीहरु बेलाबेला आँखा तन्काउँदै भित्र चिहाएर हेर्थे । तर सैनिक अधिकारीहरु उनीहरुलाई […]
९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । कानेपोखरी गाउँपालिका-१, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला […]
९ असोज, काठमाडौं । खुमलटारस्थित ललितपुर ऊर्जा विकास प्रालिका सञ्चालक राजन न्यौपाने पछिल्ला दुई साता इन्भर्टर र ब्याट्रीको ब्यापार देखेर चकित छन् । नहुन् पनि किन ? पछिल्ला केही वर्षहरुमा संस्थागत कार्यालयहरुमा टेन्डर हालेर व्यापार गर्दै आएको कम्पनीमा आजभोलि काउन्टरबाटै बिजनेस हुन थालेको छ । न्यौपानको अनुभवमा इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको […]
नेपाल-चीनबीचको ११ नम्बर सीमास्तम्भ हराएको र पछि भेट्टायो भन्ने समाचार पढेँ । कतिपय सञ्चार माध्यममा त ५८ वर्षपछि फेला परेका भन्ने पनि लेखिएको रहेछ । २१ मार्च १९६० मा नेपाल-चीन सीमा सम्झौतामा हस्ताक्षर भएर संयुक्त सीमा समिति गठन भएको थियो । पाँच-पाँच जना सदस्य रहेको त्यो समितिमा नेपालको तर्फबाट मेजर जनरल पदमबहादुर खत्री र चिनीयाँ […]
from समाचार – Online Khabar https://ift.tt/3i6hEhJ
via IFTTT