समाचार
१३ असोज, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए । उनीसँगै बालुवा निकाल्ने क्रममा […]
१२ असोज, बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाको मृत्यु भएको छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका-९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराले […]
१३ असोज, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिए । उनीसँगै बालुवा निकाल्ने […]
१३ असोज, कर्णाली (सुर्खेत) । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका-४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागाईं १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइन्छ र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिन्छन् । हिजोआज धेरै अभिभावकका बालबालिका […]
१३ असोज, हेटौंड । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् । असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले […]
१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक […]
१३ असोज, काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । […]
१३ असोज, काठमाडौं । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो । कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको […]
१३ असोज, काठमाडौं । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’ एसईईका […]
१३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर समितिले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार धर्ना दिएको छ । प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको भन्दै जसपाले विरोध जनाउँदै प्राधिकरण कार्यालयको मुल गेटमा १० बजेदेखि १ घण्टा धर्ना दिएको हो । धर्नामा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य […]
१३ असोज, विराटनगर । होटल सञ्चालकको कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले […]
१३ असोज, काठमाडौं । भनिन्छ नि, धन–सम्पत्ति भनेको क्षणभंगुर चिज हो । कसैलाई यो संकथनमा विश्वास नभए भारतीय धनाढ्य अनिल अम्बानीको हिजोको तुजुक र आजको दुर्दशालाई हेर्दा हुन्छ । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका थिए अनिलले । त्यसबेला उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो, जुन अब […]
१३ असोज, काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर, उप्रेतीले प्रश्रितसँग उभिएर आफूले पुरस्कार नलिने घोषणा गरेका थिए । यौन […]
१३ असोज, काठमाडौं । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन फेरि अर्को उल्झनमा परेको छ । योपटक यसअघिजस्तो अदालती आदेशले इम्बोस्डको कार्यान्वयन रोकिएको होइन । सर्वोच्च अदालतले प्लेटमा अंग्रेजी भाषाको प्रयोगको संवैधानिक प्रश्न निरुपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देवनागरी लिपि प्रयोगबारे चासो राखेका छन् । यो नम्बर प्लेटमा नेपाली अक्षर र अंक (देवनागरी लिपि)को प्रयोग हुनुपर्ने […]
१३ असोज, काठमाडौं । भिमान (सिन्धुली) निवासी एक युवक मृगौला रोगी श्रीमतीको शल्यक्रियाका लागि बुधबार र विहीबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा दुई रात बास बसे । राति अन्य कुरुवासँग उनी सोधिरहेका हुन्थे, सरकारले दशैंमा फेरि लकडाउन गर्छ कि गर्दैन होला ? आम नागरिकको मुखमा अहिले यही प्रश्न झुण्डिएको छ, के दशैंमा फेरि लकडाउन हुन्छ र […]
१३ असोज, काठमाडौं । नेपाल-चीन औपचारिक व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि आज पहिलो सह-सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । विश्वको पहिलो अर्थतन्त्रको दाबीसहित संसारभर व्यापार साम्राज्य फैलाइरहेको चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा विषयमा छलफल गर्न तयार छ । मंगलबार मध्याह्न १२ बजे सुरु हुने दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीनले नेपालसँगको व्यापारिक वातावरणमा सुधार […]
१३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ५० प्रतिशत नाघेको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कुल निक्षेपमा मुद्दतिको हिस्सा गत साउन महिनामा ५०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मुद्दति निक्षेपको हिस्सा पछिल्लो ४ वर्ष यताकै उच्च हो । मुद्दति पछि दोस्रोमा […]
१३ असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरेबमोजिम विद्युतीय माध्यमबाट राजस्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषदको १९ भदौमा बसेको बैठकले ‘राजस्व व्यवस्थापन सूचना प्रणालीमा विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदायक संस्थालाई आवद्ध गर्ने निर्देशिका, २०७७’ स्वीकृत गरेको हो । सोहीअनुसार अब विद्युतीय माध्यम प्रयोग गरी सेवा करदाताले राजस्व […]
१३ असोज,बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए […]
१३ असोज, बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति […]
१३ असोज, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं. १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो । ‘जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अध्ययन […]
from समाचार – Online Khabar https://ift.tt/33bTFt9
via IFTTT