समाचार
१२ असोज, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले दुई देशबीचमा अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक लामो अन्तवार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि चाउ यनलाई चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको बताएका छन् । सो […]
१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् । मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी […]
१२ असोज, काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् । ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् […]
१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछाडि विद्युतीय कारोबारमा आकर्षण बढेको छ । कोरोनाका कारण बैंकसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठेरो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको हो । पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरणमा सर्वसाधारण अभ्यस्त हुनुको कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य […]
१२ असोज, दाङ । रोल्पाका दश स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने सात करोड रकम खर्च गरेका छन् । यद्यपि स्थानीय सरकारले खर्च गरेको रकम सर्वसाधारणका लागि अपारदर्शी रहेको स्थानीय अगुवा बताउँछन् । क्वारिन्टिन व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन र दाङदेखि आफ्नो पालिकामा नागरिकलाई ओसार्नका लागि सवारी साधानमा गरेको खर्च […]
१२ असोज, चितवन । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो । जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको संख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर […]
१२ असोज, काठमाडौं । केही वर्षयता भारत र पाकिस्तान दुवैका लागि संयुक्त राष्ट्रसंघको महासभा जम्मु–कश्मीरको विषयमा आ–आफ्नो अडान अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गर्ने ‘प्लेटफर्म’ बनेको छ । अघिल्ला वर्षहरुझैं यस वर्ष भारत र पाकिस्तानले राष्ट्रसंघको जारी ७५ औं महासभामा एक अर्काप्रति निकै आरोप–प्रत्यारोप गरे । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले […]
१२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ । १९.३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले १८ औं ओभरमा पाँच छक्का […]
११ असोज, काठमाडौं । विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जिबी डाटा र बल्क एसएमएस पाउन थालेका छन् । सिकाईमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सियुजी सिम’ उपलब्ध गराउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । पाँच जिबी डाटा शिक्षा तथा मानव स्रोत […]
११ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । तर ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएपनि केही […]
११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त […]
११ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउन चुकेको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाउनुपर्छ । आयोगमा बुझाएको […]
११ असोज, काठमाडौं । झण्डै एक किलोमिटर रिक्सा तानेर यात्रु ओरालेपछि दलबहादुर तामाङले अन्नपूर्ण मन्दिरको दाहिनेपट्टि रिक्सा अड्याएर लामो सुस्केरा हाले । यी ६५ वर्षीय वृद्धलाई पछिल्लो ३ सालदेखि त्यही असनले साहारा दिइरहेको छ । अपराह्न ३ बजे उनको त्यो तेस्रो टिप थियो । योसँगै उनले आजको गाँसको जोहो भएको संकेत स्वरूप सुस्केरा छाडे । […]
११ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी २६ वर्षीया महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखियो । हल्का ज्वरो आउनुका साथै खोकी पनि लागिरहेको थियो । आफन्तले तुरन्तै सीता अस्पताल पुर्याए । ती महिलाको गर्भको नियमित जाँच गरिरहेको प्रसुति रोग विशेषज्ञ डा. निलम चौरसियाले स्वास प्रश्वासको समस्या भएकाले जनरल फिजिसियनलाई देखाउन सल्लाह दिइन् । त्यसपछि उनलाई एडभान्स […]
११ असोज, विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ । बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ । हत्यामा संलग्नको आशंकामा प्रहरीले […]
११ असोज, काठमाडौं । झण्डै डेढ महिना गृहजिल्ला झापा बसेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला शुक्रबार काठमाडौं आए । शनिबार विहान आफ्नो समूहका नेताहरुसँग परामर्श गरे, दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगे । आइतबार विहान बोहराटार पुगेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भेटेका छन् । दुबैलाई भेटेपछि सिटौलाको प्रश्न छ, […]
११ असोज, काठमाडौं । १९औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको ६ बुँँदे मागको पाँचौ बुँदा भनिएको छ, ‘बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क दिगो सेवा सुनिश्चित गरियोस् ।’ बयलपाटा सुदूरपश्चिमको ठूला अस्पतालमध्ये एक हो । जहाँ बिरामीले टिकट काट्न पैसा तिर्नुपर्दैन । औषधि किन्न निजी औषधि पसलमा धाइरहनुपर्दैन । अस्पतालकै फार्मेसीमा […]
११ असोज, काठमाडौं । नेपालले इजरायलसँग असोज १४ गते श्रम सम्झौता गर्दैछ । पाँच सय नेपाली केयर गिभर लैजाने गरी हुन लागेको यो सम्झौतामा हस्ताक्षर गर्न सरकारले इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यलाई अनुमति दिइसकेको छ । श्रम विज्ञहरुले भने यो श्रम सम्झौतामाथि प्रश्न उठाएका छन् । सरकारले म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउँदा सबै शुल्क सम्बन्धित […]
११ असोज, बुटवल । शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड ४० घण्टापछि आइतबारदेखि सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिकाका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक खुलेपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका सवारी साधन तथा […]
११ असोज, सुर्खेत । हुम्लाका राजनीतिक दलहरूले नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली पठाउन संघीय सरकारसँग आग्रह गरेका छन् । शनिबार बसेको सर्वपक्षीय बैठकले प्राविधिक सहितको विज्ञ टोली हुम्ला पठाएर लाप्चा क्षेत्रमा देखिएको सीमा विवादलाई समाधान गर्न आग्रह गरेको कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए । संघीय सांसद छक्कबहादुर लामा नाम्खाका स्थानीय नागरिकले […]
११ असोज,बुटवल । लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भैरहवा–लुम्बिनी सडकखण्डमा साइकल लेन बनाउन माग गर्दै रुपन्देहीमा आइतबार साइकल र्याली निकालिएको छ । साइकल सिटी भैरहवाले पर्यटन दिवसको अवसर पारेर भैरहवाबाट लुम्बिनीसम्म र्याली भएको हो । र्यालीमा ७७ जना साइकल यात्री सहभागी भएका थिए । भैरहवा–लुम्विनी सडक विस्तारको काम भइरहेकाले राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पर्यटन दिवसको अवसरमा […]
from समाचार – Online Khabar https://ift.tt/3mZVAsw
via IFTTT