Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारले लोकतन्त्रमाथि हमला गर्न थाल्यो : देउवा

१५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको दावी गरे । त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वानसमेत गरेका […]

टुँडिखेलमा गणतन्त्र उत्सव, हेर्नुस् २० तस्वीर

१५ जेठ, काठमाडौं । गणतन्त्र स्थापना भएको आज ११ वर्ष पूरा भएको छ । दिवसको  अवसरमा बुधबार टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाइएको छ । कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरी नागरिकसमक्ष गणतन्त्रको शुभकामना व्यक्त गरिएको छ । शान्तिको प्रतीक […]

विप्लव समूहको समस्या सरकारले समाधान गर्नुपर्छ : रामचन्द्र पौडेल

१५ जेठ, डोटी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेस डोटीले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको बताए । देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले […]

बुटवलमा पनि मनाइयो गणतन्त्र दिवस

१५ जेठ, बुटवल । प्रदेश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा बुधवार विहान विभिन्न झाँकीसहित र्‍याली निकालेर गणतन्त्र दिवस मनाइएको हो । राजमार्ग चौराहाबाट दर्जनौं संघसंस्थाको सहभागितामा निस्केको र्‍याली बुटवल मण्डपमा पुगेर मुल समारोहको आयोजना गरिएको थियो । र्‍यालीमा नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी […]

भूकम्पपछि बन्द तातोपानी नाका खुल्यो

१५ जेठ, कोदारी । नेपाल चीन सीमा नाका तातोपानी ४ वर्षपछि बुधवारबाट सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो । नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत […]

निर्वाचित संस्थाको मानमर्दन गणतन्त्रविरुद्धकै व्यवहार : प्रधानमन्त्री

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचित संस्थाहरुको मानमर्दन गणतन्त्रविरुद्धकै व्यवहार हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेको उल्लेख गरे । जनअभिमतको धरातलमा खडा भएका संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने भन्दै ओलीले भने, ‘जनताको पहुँच नभएका, […]

बजेटबारे सर्वसाधारण : कर्मचारीको तलव र वृद्धभत्तामा चासो (भिडियो)

१५ जेठ, काठमाडौं । धादिङ मैदीका चन्द्रदन शाह ७७ वर्षका भए । काठमाडौं शंखमुलका अस्थायी बासिन्दा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट भाषण गर्ने थाहा छ । बजेटमा उनको एक मात्र चासो हो, वृद्धभत्ता । जेठको गर्मी छल्न बागमती किनाराको बगैंचामा बसिरहेका शाहले बजेटमा बृद्धभत्ता बढाइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे । ‘चुनावमा हामीले […]

यस्तो थियो पाँच करोड २५ लाखको पहिलो बजेट (पूर्णपाठसहित)

१५ जेठ, काठमाडौं । संघीय गणतन्त्र नेपालको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक बजेट बुधबार संयुक्त सदनमा प्रस्तुत गरिँदैछ । नयाँ बजेट करिब १५ खर्बभन्दा बढीको हुने चर्चा छ । नेपालमा पहिलोपटक आजभन्दा ६८ वर्ष पहिले संसदमा बजेट भाषण गरिएको थियो । राणा शासन अन्त्यपछि बनेको नेपाली कांग्रेस सरकारका अर्थमन्त्री सुवर्ण समशेर राणाले उक्त बजेट ल्याएका […]

बर्दियाबाट तीन युवती बेपत्ता

१५ जेठ, राजापुर । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका […]

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै, भौतिक पूर्वाधार प्राथमिकतामा

१५ जेठ, काठमाडौं । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत […]

देश नयाँ युग प्रारम्भको मोडमा : देउवा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वय भइसकेकाले संक्रमणकालीन राजनीतिको अन्त्य भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘ऐतिहासिक निर्वाचनपश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाले आर्थिक समृद्धिको […]

मुग्लिनको आर्कब्रिज अन्तिम चरणमा, सडक १४ दिन बन्द हुने

१५ जेठ, चितवन । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । अब दुवै तर्फको पर्खालको सतह काटेर टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्ने काम बाँकी छ । यो काम गर्नका लागि बिहीबारबाट १४ दिनसम्म मुग्लिन सडकखण्ड बन्द गरिने छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर […]

प्रश्नपत्र विवाद : त्रिविले सतर्कतालाई बुझायो झूठो विवरण

१५ जेठ, काठमाडौं । स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको पहिलो सेमेष्टरको विवादित प्रश्नपत्रको विषयमा त्रिभुवन विश्वविद्यालयको डिनको कार्यालयले झूठो विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको पाइएको छ । डिनको कार्यालयले सतर्कता केन्द्रलाई दिएको जवाफलाई त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयद्वारा गठित छानविन समितिले झूठो सावित गरिदिएको हो । क्वान्टम मेकानिक्स (आई फिजिक्स– ५०३) विषयको परीक्षामा ३० भन्दा बढी नम्बरको […]

कतारको भिसा सेन्टर खुल्दै, कामदारमाथि अर्को सिन्डिकेट लादिँदैछ ? 

१५ जेठ, काठमाडौं । कतारले अन्ततः नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरेाप लगाएका छन् । यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर’ खोल्न नदिने बताएका थिए । […]

कर्मचारीको तलव झण्डै दोब्बर बढाइएको त्यो बजेट

१५ जेठ, काठमाडौं । अहिले उच्च पदमा रहेका धेरै सरकारी कर्मचारीले ०५७/५८ ताका भर्खर करिअर सुरु गरेका थिए । कोही नायव सुब्बा त कोही भर्खरै शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । आर्थिक वर्ष ०५७/५८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारका पालामा अर्थमन्त्री महेश आचार्यले निजामति कर्मचारीलाई ‘सरप्राइज’ दिए । त्यसबेला नासुको तलव स्केल मासिक […]

अर्थका हाकिम बजेटमा व्यस्त हुँदा पुराना फाइल टेवलमा चुलिए

१५ जेठ, काठमाडौं । अर्थ मन्त्रालयमा महत्वपूर्ण महाशाखाका हाकिमहरु केही समयदेखि आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट लेखनमा भिडिरहेका छन् । यसरी बजेटमा केन्द्रित हुँदा उनीहरुको नियमित काम भने प्रभावित बन्दै आएको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरी अधिकारी र अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल […]

के पोखरा दुर्घटनाको पर्खाइमा छ ? विमानस्थलले झनै बिग्रने भो

पोखरा भन्नेबित्तिकै जोडिएर आउने कुरा व्यक्ति अनुसार फरक हुन्छ । पोखरा बाहिरबाट हेर्दा, सुन्दा र भन्दा जति सुन्दर र मोहक छ, बेलैमा सोचिएर र बोल्ड निर्णय लिन सकिएन भने त्यति नै कुरुप र खोक्रो हुने बाटोमा छ । पोखराको भौतिक विकास र पूर्वाधारको क्षेत्र नेतृत्वको ‘बोल्ड डिसिजन’को पर्खाइमा छ । चाहे व्यवस्थित बसोबासको कुरा होस्, […]

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

१५ जेठ, सल्यान । भोजपुरमा एक आमाले २२ महिने छोराको हत्या गरेको समाचार सेलाउन नपाउँदै सात महिने छोरी हत्या आरोपमा सल्यानबाट एक महिला पक्राउ परेकी छन् । छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरी हत्या आरोपमा पक्राउ गरेको हो । सात महिनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी […]

स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो

१५ जेठ, काठमाडौं । तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन […]

पर्साका ८ वर्षीय बालकको अपहरणपछि हत्या

१५ जेठ, वीरगञ्ज । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको छ । गत शुक्रबार बिहान साढे १० […]

प्रधानमन्त्रीको संकल्प– जनताको अनुहार मलिन हुन दिँदैनौं

१५ जेठ, काठमाडौं । जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार जारी  शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्– हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो […]



from समाचार – Online Khabar http://bit.ly/2EFfV23
via IFTTT
Powered by Blogger.