Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जका उद्योगी भन्छन् : बजेटले सास फेर्ने ठाउँ दियो

१६ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको बजेट ‘स्वागतयोग्य’ रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले यसपाली ल्याएको बजेटले स्वदेशी उद्योगलाई संरक्षण दिन खोजेको उनीहरुको बुझाइ छ । गतवर्ष व्यवसायीहरुले आशा गरे अनुसार बजेट नआएको प्रतिक्रिया दिएका थिए । यसवर्ष संसदको अर्थ समिति र अर्थ मन्त्रालयको […]

घुमी फिरी रुम्जाटार : तीन वर्षपछि विमान लिएर पुगे सांसद

१७ जेठ,ओखलढुंगा । ३ वर्षदेखि पूर्णरुपमा बन्द रहेको ओखलढुंगाको रुम्जाटार विमानस्थल शुक्रबारदेखि पुनः सन्चालनमा आएको छ । रुम्जाटार विमानस्थलमा कालोपत्रे भएको लामो समयपछि शुक्रबार बिहान पहिलोपटक नेपाल एयरलाइन्सको विमान अवतरण गर्दा स्थानीयले भव्य स्वागत गरे । रुम्जाटार विमानस्थलमा नियमित विमान उडान गराउने विषय गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवारको एजेण्डा समेत बनेको थियो । […]

प्रधानमन्त्री कार्यालयको बजेट डेढ खर्ब किन घट्यो ?

१६ जेठ, काठमाडौं । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा प्रधानमन्त्री कार्यालयको बजेट कटौती भएको छ । चालु आर्थिक वर्ष सबैभन्दा धेरै बजेट पाएको प्रधानमन्त्री कार्यालयले यो बजेटमा गत वर्ष भन्दा एक खर्ब ५१ अर्ब कम बजेट पाएको हो । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा प्रधानमन्त्री कार्यालयका लागि ४ अर्व ६५ करोड ६८ लाख विनियोजन गरिएको […]

भारतमा जयशंकर बने विदेशमन्त्री, अमित शाह गृहमन्त्री

१७ जेठ, काठमाडौं । भारतीय विदेश मन्त्रीको जिम्मा एस जयशंकरले पाएका छन् । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले विदेश मन्त्रालयको जिम्मेवारी पूर्व विदेशसचिव जयशंकरलाई दिएका हुन् । जयशंकर नेपालमा भारतले लगाएको नाकाबन्दीको डिजाइनरमध्येका एक मानिन्छन् । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी […]

निर्माण व्यवसायीले सरकारी ठेक्का बहिष्कार गर्ने, इजाजतपत्र संकलन गरिँदै

१७ जेठ, काठमाडौं । सार्वजनिक खरिद नियमावली संशोधनबिरुद्ध आन्दोलित भएका निर्माण व्यवसायीहरुले सबै सरकारी बोलपत्र बहिष्कार गर्ने घोषणा गरेका छन् । निर्माण व्यवसायी महासंघको कार्यसमिति बैठकले सरकारी बोलपत्रमा ठेक्का आवेदन नगर्ने र सबै निर्माण व्यवसायीको इजाजत पत्र सरकारलाई बुझाउने निर्णय गरेको छ । महासघंका अध्यक्ष रबी सिंहका अनुसार महासंघमा आबद्ध निर्माण व्यवसायीले सरकारले आहृवान गरेको […]

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो । भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त […]

ऋणको भाका सार्न करिब ३३ लाखको सामान चोरीको नाटक

१७ जेठ, मकवानपुर । बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् । मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ८ जेठमा घिमिरेको पसलमा […]

क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई तीन लाख सहयोग

१७ जेठ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रबार विभिन्न दाता समूहले ३ लाख रुपैयाँ प्रदान गरेका छन् । भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ प्रदान गरेका छन् । बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर […]

वामदेव र प्रचण्ड एउटै लाइनमा, नेकपाको सचिवालय बैठक सर्‍यो

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालयको बैठक दुई दिन पछाडि सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिपछि अर्को बैठक जेठ २० गतेका लागि तय भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य […]

प्रहरी जवानविरूद्ध वन्यजन्तु चोरी शिकारी मुद्धा दायर

१७ जेठ, दार्चुला । दार्चुलाका एकजना प्रहरी जवानमाथि वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्धा दायर भएको छ । सुदूरपश्चिम प्रहरी गण नम्बर ३ गुल्म, धनगढी दरबन्दी भइ कारागार सुरक्षा गार्डका रुपमा कार्यरत दार्चुलाको व्याँस गाउँपालिका-२ का सिकेन्द्रसिंह धामीविरुद्ध वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालत दार्चुलामा मुद्धा दायर भएको हो । गत वैशाख ८ गते पुलघाँटमा […]

राष्ट्रिय परीक्षा बोर्डमा शर्माको हाजिरी, नेविसङ्घले माग्यो राजीनामा

१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा पुनः कृष्ण शर्मालाई फर्काइएको छ । कक्षा १२ को परीक्षा सकिएलगत्तै शर्मालाई पुनः परीक्षा नियन्त्रकको जिम्मेवारीमा फर्काइएको हो । यसअघि उनकी छोरी १२ कक्षाको परीक्षामा सहभागी हुन लागेको र बुवा प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा संलग्न भएको भन्दै कर्मचारीहरुले नैतिक प्रश्न उठाएपछि शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई निमित्त परीक्षा […]

साहसी निर्मल : ३१ दिनमा चढे ६ हिमाल

काठमाडौं । सात महिनामा विश्वका अग्ला १४ हिमाल चढ्छु भन्दा निर्मल पुर्जा मगरलाई हेरेर मानिस हाँस्थे । पूर्वबेलायती सैनिकसमेत रहेका म्याग्दीका पुर्जा हुँदा खाँदाको जागिर छाडेर हिँडेका थिए । त्यसैले धेरैले उनलाई मूर्ख भने थोरैले आँटिलो । तर पुर्जाले आफूलाई ‘मुर्ख’ भन्नेहरुलाई गलत सावित गरिसकेका छन् । ३१ दिनमा ८ हजार मिटर अग्ला ६ हिमाल […]

चर्चित व्यवसायी प्रभाकर राणाको निधन

१७ जेठ, काठमाडौं । चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो ।उनी सेाल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । पर्यटन, राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर हुन् । राणाका एक मात्र छोरा सिद्धार्थले […]

वामदेवले भने– सरकार परिवर्तन नभए एकता बिथोलिन्छ

१७ जेठ, प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका छन् । प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’ सरकार सञ्चालनका […]

टोर्नाडो प्रभावितका ‘सानो पाइला’ले थाल्यो ‘पुनर्निर्माण बारा’ अभियान

१७ जेठ, वीरगञ्ज । सानो पाइला नामक गैरसरकारी संस्थाले ‘पुनः निर्माण बारा’ अभियान सञ्चालन गर्ने भएको छ । चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो प्रभावितका लागि घर निर्माण गर्न उसले अभियान थालेको हो । अभियानअन्र्तगत पहिलो चरणमा फेटा गाउँपालिकाको गम्हरियामा ५ घर निर्माण गर्ने तयारी गरिएको सानो पाइलाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको […]

निजामती बाहिरबाट आयोजना प्रमुख : सुधारको चेष्टा कि आफ्ना मान्छे भर्ती गर्ने दाउ ?

१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आ.व) को बजेटमार्फत सरकारले निजामती सेवा बाहिरबाट समेत आयोजना प्रमुख नियुक्त गर्न सकिने नयाँ अवधारणा ल्यायो । यसलाई लिएर सरोकारवाला निकायदेखि सर्वसाधारणको तहसम्म विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । सरकारले प्रतिस्पर्धाका आधारमा छनोट गरी आयोजना अवधिभरका लागि यस्तो नियुक्ति गर्ने बजेटमै भनेको छ । अधिकांश आयोजनाहरु समयमा […]

प्रधानमन्त्रीले नै संघीयता बुझ्नुभएन !

अहिले केन्द्रमा दुई तिहाइको सरकार छ । तर, जनातामा निराशा छ । किन भन्दा यो सरकारको डेलिभरी राम्रो छैन । म दैनिक ५/७ वटा पत्रिका पढ्छु । लेखहरु पढ्छु । सरकारले भर्खरै ल्याएको बजेटको विषयमात्रै पत्रिकामा हेर्नुभयो भने, सकारात्मक भन्दा बढी नकारात्मक लेखहरु देखिन्छन् । ‘कनिका छरेको’, ‘पपुलिष्ट बजेट’ भनिएका छन् । देशलाई अगाडि बढाउने […]

आलोपालो प्रधानमन्त्री हुने कुरा लज्जास्पद : वैद्य

१७ जेठ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् । आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत गरेका थिए । यसलाई लिएर नेकपाभित्र क्रिया-प्रतिक्रिया चलिरहेकाे छ । […]

मिनी नेपाल झैँ बन्यो कोपनहेगन

१७ जेठ, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट बुधबार साँझ मिनी नेपाल झैँ बन्यो। नेपाल चिनाउने स्टल,नेपाली पोशाकसहित ढाकाटोपीमा सजिएका सहभागीहरु । नेपाली कला र संस्कृतिको झझल्को दिएको उक्त कार्यक्रमले कोपनहेगनलाई मिनी नेपाल झैँ बनाएको हो। नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला ठाउँमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको […]

किन उदास बन्दैछ मान्छे ? के हो उदासीनता ?

उदासीनता एक प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि कामप्रति अनिच्छा हुने, निराश हुने तथा शारीरिकरुपमा शक्ति ह्रास भएको महसुस हुने गर्छ । उदासीनताले दैनिक जीवनमा नकारात्मक सोच पैदा गराउँछ । सामाजिक एवं पारिवारिक द्वन्द्वले पैदा गरेको घटनाले लामो समयसम्म नकारात्मक लक्षण देखिने गर्छ । एकातिर परिवारको सदस्य गुम्ने र […]

गैरकानूनी आप्रवासन रोक्न ट्रम्पले लगाए मेक्सिकोका सामानमा कर

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् । मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् । ट्रम्पले एक ट्वीट गर्दै जून १० देखि मेक्सिकोबाट आउने सबैखाले सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । अवैध आप्रवासन […]



from समाचार – Online Khabar http://bit.ly/2W4UHAq
via IFTTT
Powered by Blogger.