Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इजरायलमा नेतान्याहुले सरकार बनाउन सकेनन्, १ महिनामै संसद् भंग

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गठबन्धन सरकार बनाउन नसकेपछि निर्वाचन भएको एक महिनामै इजरायलको संसद् भंग भएको छ । अब इजरायलमा आगामी सेप्टेम्बरमा फेरि निर्वाचन हुनेछ । इजरायलमा गत अप्रिलमा निर्वाचन भएको थियो । कुल १२० स्थानमध्ये नेतन्याहुको लिकुड पार्टीले ३५ सिट जितेको थियो । तर, सरकार बनाउनका लागि उनलाई पूर्वरक्षामन्त्री एविग्दोर लिबरमनको […]

क्रिकेट रंगशालाको बारमा डोजर चलाउने पक्राउ

१६ जेठ, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ । कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी […]

युरोपा लिगको उपाधि चेल्सीलाई

१६ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले […]

प्रधानमन्त्री ओली दिल्ली जाँदै, मोदीलाई भेटेर फर्किने

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जानेछन् । सोही दिन साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किनेछन् […]

मोदीको सपथ ग्रहण आज, भाजपा अध्यक्ष शाह पनि मन्त्री बन्ने

१६ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी […]

सामाजिक सुरक्षा भत्ता र तलब वृद्धिले राज्यलाई अर्बौं भार, महँगी बढ्ने

१६ जेठ, काठमाडौं । सरकारले बुधबार संसदमा पेश गरेको बजेट आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले प्रस्तुत बजेटका कार्यक्रम र त्यसको कार्यान्वयन पक्षबारे चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुरले ‘मनग्ये वितरण, अनुशासनमा विचलन’ शीर्षक दिएर बजेटबारे मुख्य समाचार लेखेको छ । वित्तीय अनुशासन कायम राखेर बजेट सार्वजनिक गर्नुपर्ने भए पनि त्यसबाट पछि […]

अन्ततः सांसदलाई ६ करोडका दरले पैसा बाँडियो

१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]

लोकप्रिय बजेट : सबैलाई खुसी बनाउने प्रयास

१५ जेठ, काठमाडौं । सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सबैलाई खुसी पार्ने प्रयास गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेटमा सांसदलाई ६ करोड रुपैयाँ दिनेदेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता बढाउने जस्ता ‘लोकप्रिय कार्यक्रम’ समावेश छन् । बजेट पास गर्नुपर्ने सांसदहरुलाई खुसी बनाउन ‘स्थानीय पूर्वाधार […]

प्रदेश २ का अर्थमन्त्रीको प्रतिक्रिया : यो बजेटबाट देशलाई खतरा छ

१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारले बुधबार प्रस्तुत गरेको आगामी बर्ष २०७६/०७७ को बजेटप्रति असन्तुष्टि जनाएको छ । उसले संविधान संशोधन गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको छ । संघीय सरकारले प्रदेशलाई ५५ अर्ब ३० करोड अनुदान बजेट दिने घोषणा गरेको छ । यस्तै स–शर्त अनुदानतर्फ ३३ अर्ब ५५ करोड बजेट दिने जनाएको छ […]

सिञ्चाईमा छुट्टियो साढे २३ अर्ब, सुनकोशी–मरिन राष्ट्रिय गौरवमा

१५ जेठ, काठमाडौं । सरकारले सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । अर्थमन्त्री खतिवडाले निर्माणाधीन राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबई डाइभर्सन र […]

जनताबाट उठेको पैसा खाने, विकास गर्न ऋण लिने ?

जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन । जनताबाट उठेको कर आफूले खर्च गर्ने र विकासका लागि ऋण खोज्ने लक्ष्य राखिएको […]

१५ खर्बको बजेटमा ९ खर्ब राजस्व, ५ खर्ब ऋण !

१५ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत घोषणा गरेको बजेट करिब ४ खर्ब ९३ अर्बको घाटा बजेट हो । सरकारले आगामी वर्षका लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको […]

बजेट र नीति कार्यक्रम बाझियो !

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको ४० औं बुँदामा भनिएको थियो, ‘अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीब्र गतिमा उत्कृष्ट उपलब्धीहरु हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुनेछ ।’ सरकारले आगामी आर्थिक वर्षका लागि ‘इतिहासकै तीव्र आर्थिक विकासको […]

हवाई क्षेत्रमा झण्डै १६ अर्ब बजेट, प्राथमिकतामा परेन हवाई सुरक्षा

१५ जेठ, काठमाडौं । सरकारले नागरिक उड्ययन (हवाई क्षेत्र) मा यो वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी वर्ष पर्यटन वर्ष मनाउन लागिएकाले सरकारलाई हवाई क्षेत्रमा ठूलो लगानी गर्न दबाव थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले निर्माण र स्तरोन्नतिको क्रममा रहेका विमानस्थललाई प्राथमिकता दिएर बजेट ल्याएको छ । तर हवाई […]

स्वास्थ्यमा १२ अर्ब बजेट, विपन्नको निशुल्क उपचार अनुदान बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रको लागि ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षको भन्दा १२ अर्ब बढी हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वस्थ राख्नेगरी विशेष प्रथामिकताका साथ स्वास्थ्यमा बजेट विनियोजन गरेको बताएका छन् । उनले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क […]

ऊर्जामा ८३ अर्ब बजेट, बुढीगण्डकीलाई साढे १३ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले यो वर्षको बजेटमा उर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । १० वर्षमा १५ हजार मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएर अघि बढेको सरकारले यो वर्ष त्यसका लागि आधार बनाउने गरी नै बजेट छुट्याएको हो । यो वर्ष बुढीगण्डकी आयोजनाको लागि १३ अर्ब […]

इन्धनको मूल्य बढाएर सुरु भयाे बजेट कार्यान्वयन

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन नेपाल आयल निगमले शुरु गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बजेटको कार्यान्वयन शुरु गरेको हो । निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य […]

बजेटमा फेरि दोहोरियो स्मार्ट सीटीको नारा

१५ जेठ, काठमाडौं । देशका मुख्य शहरहरुमा नागरिकले आधारभूत आवश्यकताकै खोजी गरिरहेका बेला सरकारले यस वर्षको बजेटमा पनि स्मार्ट सीटीको नारा दोहोर्याएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा सरकारले शहरी पूर्वाधारमा ४० अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ । सरकारले सघन शहरीकरण भइरहेका विराटनगर, काठमाण्डौं उपत्यका, वीरगञ्ज–जीतपुर, पोखरा उपत्यका, वुटवल–सिद्धार्थनगर, नेपालगञ्च–कोहोलपुर, तथा धनगढी–अत्तरिया […]

श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब बजेट, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्ब बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षमा शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरुमा सूचिकृत बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने […]

कृषिमा योजना र कार्यक्रमको चाङ, बजेट सीमित

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष कृषि तथा पशुपन्छी विकासमा ३४ अर्ब ८० करोड रकम खर्च गर्ने भएको छ । यस क्षेत्रमा विभिन्न लोकप्रिय कार्यक्रम पनि अघि सारिएका छन् । सरकारले कृषियोग्य जमिनको उपयोग, सिचाई, ग्रामिण सडक, ग्रामिण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ । कृषि सामग्रीमा अनुदान, कृषि […]

बजेटमा वित्तीय क्षेत्र : बिग मर्जरदेखि विद्युतीय भुक्तानीमा प्रोत्साहनसम्म

१५ जेठ, काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बैंक तथा वित्तीय क्षेत्रलाई महत्वका साथ समेटिएको छ । लामो समय चर्चाको विषय बन्दै गरेको ठूला बैंकहरु गाभ्ने योजना (बिग मर्जर) को विषय बजेटमै समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले केही वर्ष पहिले […]



from समाचार – Online Khabar http://bit.ly/2YXhZd8
via IFTTT
Powered by Blogger.