समाचार
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रियतावादी (पपुलिस्ट) बजेट ल्याएको स्वीकार गरेका छन् । १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सरकारले सामाजिक सुरक्षा भत्ता, तलब बृद्धि गर्नुका साथै सांसदलाई ६ करोड दिने लगायतका वितरणमुखी कार्यक्रम समावेश गरेको छ । बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले लोकप्रियवादी बजेट ल्याएको स्वीकार गरे । पाँच […]
१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले […]
१६ जेठ, काठमाडौं । सरकारले पहिलोपटक अन्तरर्राष्ट्रिय विमानस्थलको संचालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने भएको छ । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने निर्णय गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को देशको नियमनकारी निकायसँग सम्झौता गरी साझेदार निकाय भित्र्याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । […]
१६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रचारमुखी भएको आरोप लगाएका छन् । सरकारको प्रचारमूखी चरित्र बजेटमा पनि प्रतिबिम्बित भएको उनको टिप्पणी थियो । राजधानीमा बिहीबार आयोजित अन्तक्र्रियामा डा. महतले बजेट संघीयताको मर्मत विपरीत आएको बताए । सातपटक बजेट ल्याइसकेका महत भन्छन्, ‘यो बजेट […]
१६ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा एस जयशंकर पनि मन्त्री भएका छन् । उनले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् । जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाव दिएका थिए […]
१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । ‘हिमाल, पहाड तराइ–मधेश, नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु भएको अभियानमा नेताहरु सरकारविरुद्ध आक्रमण देखिएका छन् । बिहीबार राजधानीमा भएको अन्र्तक्रियामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायतले सरकारको आलोचना गरे । […]
१६ जेठ, काठमाडौं । हिजो सार्वजनिक भएको आर्थिक वर्ष ०७६/७७ को बजेट राजश्वसम्बन्धी व्यवस्थामा ठूलो उलटफेर गरेन । तर, केही अर्थपूर्ण नीतिगत परिवर्तनहरु बजेटमा आएका छन् । यीमध्ये कुनै आमजनताको जनजीविकालाई प्रभावित पार्ने खालका छन् त कुनै औद्योगिक र ब्यापारिक समुदायलाई मात्रै लक्षित छन् । सडक सुधार शुल्क, भन्सार, कृषि सुधार शुल्क, मूल्य अभिवृद्धि कर, […]
१६ जेठ, विराटनगर । अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने विराटनगर १० का दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले ३० वर्षका भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो । दिनेशले २०७५ साल भदौ १ गते प्रमिका २३ वर्षकी शिखा घिमिरेको हत्या गरेका थिए । भदौ १ […]
१६ जेठ, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालिले उद्योग विभागको अनुमति विना २० महिना अवैध रुपमा साबुन र सरफ उत्पादन गरेको खुलासा भएको छ । भारतीय लगानीको आरएम केमीकल्स २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएको थियो । उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने […]
१६ जेठ, हेटौंडा । प्रदेश ३ प्रदेशसभाको बिहीबारको बैठकमा ५१ जना सांसद्हरुले आफ्नो भनाइ राखेका छन् । प्रदेशको ३ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा सांसद्हरुले आफ्नो भनाइ राखेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतीपक्षीका सांसद्हरुले कार्यान्वयनमा समस्या हुने गरी नीति तथा कार्यक्रम आएको बताएका हुन् । […]
१६, जेठ, चितवन । निर्माणाधीन अन्र्तराष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषीलाई राजनीतिक दवावमा नछाड्ने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । स्थानीय केही व्यक्तिले डोजर लगाएर रंगशालाको बार भत्काएपछि बिहीबार आयोजित सर्वपक्षीय बैठकमा प्रजिअ बस्नेतले कुनै हालतमा पनि दोषीले छुटकारा नपाउने बताए । आक्रोशित मुद्रामा प्रस्तुत भएका प्रजिअ बस्नेतले भने, ‘मेरो सरुवा होस्, […]
१६ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुलाई रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय पछाडिको खाली जग्गामा सार्न रकम निकासा गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब २० करोड रुपैयाँ अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको जग्गा […]
१६ जेठ, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण र अनुसन्धानका लागि पाँचवटा फरक अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीले अन्य क्षेत्रमा सञ्चालन नगरेका पाँच वटा योजना सञ्चालन गरिएको मोरङ प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय मोरङमा १३ महिना कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले केन्द्रदेखि ७७ वटा जिल्लामा नभएका योजना मोरङमा […]
१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती टोलीले कपडालगायतका सामान बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर […]
१६ जेठ, काठमाडौं । देशभर सञ्चालनमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४/७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ । आव २०७३/७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा […]
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ । ओली सरकार अधिनायकवादी […]
१६ जेठ, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जाँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ । बाग्मती नदीको […]
१६ जेठ, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए । सरकारले नेपाल खाद्य संस्थान […]
१६ जेठ, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको हो । त्यस्तै सरकारले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णहरि पुष्कर (कर्ण) लाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । […]
मुखमा ‘निबुलाइजार माक्स’ जोडिएको छ । हातमा सलाइन पानी चढाइएको । ट्रमा सेन्टरको ‘बेड नम्बर ५२६’ मा एकजना किशोर घरि यता पल्टन्छन् त घरि उता । ‘गर्मी भयो’ भन्ने संकेत गर्दै ‘निबुलाइजर माक्स’ खोल्न खोज्छन् । अनुहारबाट खलखली पसिना आइरहेको छ । एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका उनी अझै त्रासमा देखिन्छन् । अस्पतालको शैय्यामा देखाएको गतिविधिबाट आत्तिएको र उकुसमुकुस भएको प्रष्ट हुन्छ […]
१६ जेठ, काठमाडौं । निकोला पोलिट नेपालका लागि बेलायती राजदूत नियुक्त भएकी छन् । वर्तमान राजदूत रिचार्ड मोरिसको कार्यकाल सकिने लाग्दा बेलायतले पोलिटलाई नियुक्त गरेको हो । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् । सन् २००३ बाट बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।
from समाचार – Online Khabar http://bit.ly/2WxZ8bh
via IFTTT