समाचार
१६ जेठ, काठमाडौं । चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–१६ का अभिषेक कार्की छन् । उनले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ दिन खोजेका थिए । १३ जेठमा लागुऔषध […]
१६ जेठ, बिराटनगर । आगामी आर्थिक वर्षका लागि सरकारले बुधबार ल्याएको बजेटबाट विराटनगरका व्यवसायीहरु पनि उत्साहित बनेका छन् । बजेटले स्वदेशी उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर हुने अभियानलाई प्राथमिकता राखेको उनीहरुको बुझाइ छ । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बजेटमा पूर्वाधार क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राख्नु स्वागतयोग्य भएको बताए । बिराटनगरसहित देशका विभिन्न स्थानका निजी […]
१६ जेठ, काठमाडौं । सरकारले ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ बिहीबार पहिलो ‘राष्ट्रिय महिला अधिकार दिवस’ मनाउँदै छ । पहिलो दिवसको अवसरमा बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुँदैछन् । महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले […]
१६ जेठ, जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो । प्रहरीले तीन साता लगाएर गरेको […]
१६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी छन् । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत छन् । यसैगरी पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर […]
१६ जेठ, लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड […]
१६ जेठ, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा बिहीबार बिहान आगलागी भएको छ । महानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहीबार बिहान ३ बजे आगलागी भएको हो । बिहानै लागेको आगो ६ घण्टापछि बिहान नौ बजे नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको […]
१६ जेठ, चितवन । पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए । कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले […]
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गठबन्धन सरकार बनाउन नसकेपछि निर्वाचन भएको एक महिनामै इजरायलको संसद् भंग भएको छ । अब इजरायलमा आगामी सेप्टेम्बरमा फेरि निर्वाचन हुनेछ । इजरायलमा गत अप्रिलमा निर्वाचन भएको थियो । कुल १२० स्थानमध्ये नेतन्याहुको लिकुड पार्टीले ३५ सिट जितेको थियो । तर, सरकार बनाउनका लागि उनलाई पूर्वरक्षामन्त्री एविग्दोर लिबरमनको […]
१६ जेठ, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ । कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी […]
१६ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले […]
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जानेछन् । सोही दिन साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किनेछन् […]
१६ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी […]
१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]
१५ जेठ, काठमाडौं । सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सबैलाई खुसी पार्ने प्रयास गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेटमा सांसदलाई ६ करोड रुपैयाँ दिनेदेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता बढाउने जस्ता ‘लोकप्रिय कार्यक्रम’ समावेश छन् । बजेट पास गर्नुपर्ने सांसदहरुलाई खुसी बनाउन ‘स्थानीय पूर्वाधार […]
१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारले बुधबार प्रस्तुत गरेको आगामी बर्ष २०७६/०७७ को बजेटप्रति असन्तुष्टि जनाएको छ । उसले संविधान संशोधन गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको छ । संघीय सरकारले प्रदेशलाई ५५ अर्ब ३० करोड अनुदान बजेट दिने घोषणा गरेको छ । यस्तै स–शर्त अनुदानतर्फ ३३ अर्ब ५५ करोड बजेट दिने जनाएको छ […]
१५ जेठ, काठमाडौं । सरकारले सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । अर्थमन्त्री खतिवडाले निर्माणाधीन राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबई डाइभर्सन र […]
जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन । जनताबाट उठेको कर आफूले खर्च गर्ने र विकासका लागि ऋण खोज्ने लक्ष्य राखिएको […]
१५ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत घोषणा गरेको बजेट करिब ४ खर्ब ९३ अर्बको घाटा बजेट हो । सरकारले आगामी वर्षका लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको […]
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको ४० औं बुँदामा भनिएको थियो, ‘अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीब्र गतिमा उत्कृष्ट उपलब्धीहरु हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुनेछ ।’ सरकारले आगामी आर्थिक वर्षका लागि ‘इतिहासकै तीव्र आर्थिक विकासको […]
१५ जेठ, काठमाडौं । सरकारले नागरिक उड्ययन (हवाई क्षेत्र) मा यो वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी वर्ष पर्यटन वर्ष मनाउन लागिएकाले सरकारलाई हवाई क्षेत्रमा ठूलो लगानी गर्न दबाव थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले निर्माण र स्तरोन्नतिको क्रममा रहेका विमानस्थललाई प्राथमिकता दिएर बजेट ल्याएको छ । तर हवाई […]
from समाचार – Online Khabar http://bit.ly/2Xd2iOE
via IFTTT