Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

यातायातमा धेरै योजना, तर न्युन बजेट

१५ जेठ, काठमाडौं । सरकारले यातायात क्षेत्रमा विभिन्न महत्वकांक्षी योजना ल्याएको छ, तर बजेट भने पर्याप्त छुट्याइएको छैन । यो वर्ष १ अर्ब ५३ करोड मात्रै बजेट यातायात क्षत्रेमा विनियोजन भएको छ । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने बताएको छ । यात्रुहरुलाई सार्वजनिक यातायातका शुल्क […]

स्वदेशी उद्योगलाई संरक्षण, आयातीत वस्तुको भाउ बढ्ने

१५ जेठ, काठमाडौं । सरकारले स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहेका खाद्यवस्तुको आयातमा भन्सारदर वृद्धि गर्ने नीति लिएको छ । यसबाट अब आयातित तयारी खाद्यवस्तुको मूल्य बढ्ने छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले स्वदेशमै उत्पादन हुने र मुलुक आत्मनिर्भर रहेका कृषि तथा औद्योगिक उत्पादनको आयातमा लाग्ने भन्सार दर बढाएको हो । यसले गर्दा […]

वजेटबाट प्रदेश ५ खुशी, प्रवक्ता भन्छन् : यहाँका धेरै योजना समेटिए

१५ जेठ, बुटवल । संघीय सरकारले प्रस्तुत गरेको वजेट वक्तव्यबाट प्रदेश ५ सरकार सन्तुष्ट देखिएको छ । वजेटले प्रदेश ५ मा रहेका महत्वपूर्ण आयोजनालाई उल्लेख्य वजेट विनियोजन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए । बजेट वक्तव्यमा प्रदेश ५ को प्रमुख धार्मिक, साँस्कृतिक एवं पर्यटकीय सम्पदा बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजनालाई निरन्तरता […]

प्रदेश १ का अर्थमन्त्रीले भने : बजेट केन्द्रीकृत र वितरणमुखी

१५ जेठ, विराटनगर । संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार ल्याएको आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति प्रदेश १ सरकारले असन्तुष्टि जनाएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले बजेट केन्द्रीकृत र वितरणमुखी भएको टिप्पणी गरे । ‘बजेट वितरणमुखी, केन्द्रीकृत, एकात्मक शासन प्रणालीबाट आएको छ’ उनले भने ‘संघीयताको मर्म विपरीत बजेट ल्याएको देखिन्छ […]

शिक्षामा १ खर्ब ६३ अर्ब बजेट, छात्रालाई निःशुल्क सेनेटरी प्याड

१५ जेठ, काठमाडौं । सरकारले छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड, निःशुल्क दिवा खाजा लगायतका कार्यक्रम समेट्दा आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा क्षेत्रले १ खर्ब ६३ अर्र्ब बजेट पाएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट संसदमा पेश गरेका थिए, जसको १०.६४ प्रतिशत बजेट शिक्षाले पाएको छ । यो गत वर्षको तुलनामा […]

पूर्वका उद्योगीले भने – बजेट निजी क्षेत्रको हितमा देखिएन

१५ जेठ, विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीहरुले सरकारले ल्याएको बजेट विगतकै निरन्तरता भएको बताएका छन् । उनीहरुले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र औद्योगिकरणलाई मद्दत पुग्ने कार्यक्रम नआएको गुनासो गरेका छन् । अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्योगी व्यवसायीले धेरै आशा राखेर सुझाव दिए पनि उपलब्धीमुलक हुन नसकेको उनीहरुको गुनासो छ । […]

गण्डकीका अर्थमन्त्री भन्छन् : बजेट संघीयताविरोधी, नयाँ कुरा केही छैन

१५ जेठ, काठमाडौं । संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बुधवार पेश गरेको बजेटप्रति नेकपाकै प्रदेश सरकारले असन्तुष्टि जनाएका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले बजेट केन्द्रिकृत मानसिकताबाट पुरानै शैलीमा आएको बताए । अनलाइनखबरसँग कुरा गर्दै गुरुङले भने ‘संघीयतालाई बलियो पार्ने ढंगले यो बजेट आएन । गण्डकी प्रदेश पूरै उपेक्षित […]

वादी महिलालाई आवास, हरेक स्थानीय तहमा बालउद्यान

१५ जेठ, काठमाडौं । सरकारले महिला, बालबालिका र जेष्ठ नागरिकका लागि ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । गर्भवती र सुत्केरी महिलाको हवाई उद्दार, मानसिक रोगी, टुहुरा बालबालिका, असहाय, वृद्ध र अपांगता भएका व्यक्तिको सुरक्षालगायतका कार्यक्रमका लागि सो बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको बजेटमा विपन्न र वञ्चितीमा […]

बजेटमा पर्यटनले पाएन प्राथमिकता

१५ जेठ, काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको सरकारले बजेटमा भने पर्यटन क्षेत्रलाई महत्व दिएको देखिएन । आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन प्रवर्द्धनमा जोड दिने शाब्दिक प्रतिवद्धता बाहेक ठोस कार्यक्रम छैनन् । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ‘भ्रमण वर्षलाई लक्षित गरी केही नयाँ घोषणा हुने […]

छायाँ अर्थमन्त्रीको टिप्पणी : सजिलो सिरानीमा बस्ने खालको बजेट आयो

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आर्थिक वर्ष २०७६/७७ सालको बजेट यथार्थमा आधारित नभएको टिप्पणी गरेका छन् । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्रीले जोखिम नमोल्ने हिसाबले सामान्य बजेट ल्याएको टिप्पणी गरेका छन् ।। ‘यो पाला अवसर थियो । तर, […]

कलंकी-महाराजगञ्ज सडक ८ लेनको बनाउन १ अर्ब ८१ करोड

१५जेठ, काठमाडौं । सरकारले कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्ड विस्तारको लागि बजेट विनियोजन गरेको छ । यो आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड बजेट छुट्याइएको छ । सरकार अहिले यो खण्डको चीन सरकारबाट प्राप्त हुने डिजाइन कुरिरहेको छ । सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न […]

बाबुराम भट्टराईले भने- गुणात्मक फड्को मार्ने खालको बजेट आएन

१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्राईले बजेट लोकप्रिय र वितरणमुखी भएको बताएका छन् । उनले यो बजेटलाई विगतकै निरन्तरताको संज्ञा दिए । ‘सामान्य अर्थमा ठीकै छ । निरन्तरतामा आएको छ । केही सकारात्मक पक्षहरु पनि छन् ,’ भट्टराईले भने,’उद्योगमा अलिकति प्रवर्द्धन गर्ने ढङ्गले उद्योगमा प्रयोग हुने […]

‘माइस टुरिजम’ प्रबर्द्धन गर्ने अर्थमन्त्रीको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा सभा-सम्मेलनका माध्यमबाट हुने पर्यटन (माइस-टूरिजम)लाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख पर्यटकीय गन्तब्यमा माइस पर्यटन विकास गर्ने घोषणा गरे । यस्ता गन्तब्यमा स्तरीय सडक, ठूला सभाहल र सम्मेलन केन्द्रको विकास गरिने छ । नेपाललाई आकर्षक, सुरक्षित र साहसिक पर्यटकीय गन्तब्यका रुपमा […]

नयाँ व्यवसायको लगानी सुरक्षा सरकारले ग्यारेण्टी गर्ने !

१५ जेठ, काठमाडौं ।नयाँ सोचका साथ कुनै पनि व्यवसाय गर्न चाहने नागरिकलाई सरकारले सघाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले त्यस्ता उद्यमीको लगानी सुरक्षित गर्ने गरी च्यालेन्ज फण्ड बनाउने घोषणा गरेको छ । ‘नयाँ सोच भएका तर लगानी डुब्छ कि भन्ने भयमा सार्वजनिक नभएका व्यवसायिक सोचलाई प्रवर्द्धन गर्न सरकारले यस्तो व्यवस्था गरेको […]

आय करको सीमा विस्तार, मध्यम वर्गलाई राहत

१५ जेठ, काठमाडौं । सरकारले व्यक्तिगत आय कर लाग्ने सीमा विस्तार गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने समिा थियो । अब त्यो सीमा ४ लाखमा पुगेको छ । यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँ बाट ४ लाख ५० हजार पुगेको छ । आय करको करमा […]

आयोजना प्रमुख निजामती बाहिरबाट ल्याइने

१५ जेठ, काठमाडौं । सरकारले सरकारी आयोजनाहरुमा निजामति बहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधारमा गरिनेछ । सरकारी कर्मचारी मात्रै आयोजना प्रमुख रहँदा काम राम्रो नहुने समस्या बढेपछि सरकारले यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो । आगामी वर्षको बजेट भाषणमार्फत यस्तो नीति ल्याउने नीति […]

युवा तथा खेलकुदमा ४ अर्ब बजेट, मुलपानीलाई १० करोड

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७ का लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा गरेको बजेट भाषण गर्दै युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । काठमाडौं उपत्याकामा […]

हवाई पूर्वाधारमा पौने १६ अर्ब, कुन विमानस्थललाई कति बजेट ?

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ । यो चाुल अब भन्दा […]

राजमार्गमा जहाज उतार्ने योजना बजेटमा पनि

१५ जेठ, काठमाडौं । सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो । आकस्मिक अवस्थामा राजमार्गको दायाँ-बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे । यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका […]

नागढुंगामा बन्ने सुरुङलाई ६ अर्ब

१५ जेठ, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब २७ करोड विनियोजन गरेको छ । यो काम अघि बढ्ने चरणमा छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटले यस्तो रकम व्यवस्था गरेको हो । टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा […]

अन्ततः सांसदलाई ६ करोडका दरले पैसा बाँडियो

१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]



from समाचार – Online Khabar http://bit.ly/2KhV20a
via IFTTT
Powered by Blogger.