समाचार
१६ जेठ, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए । कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी रहेको प्रहरी प्रमुख मल्लले बताए । सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको […]
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जानेछन् । सोही दिन साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किनेछन् […]
१६ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी […]
१६ जेठ, काठमाडौं । सरकारले बुधबार संसदमा पेश गरेको बजेट आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले प्रस्तुत बजेटका कार्यक्रम र त्यसको कार्यान्वयन पक्षबारे चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुरले ‘मनग्ये वितरण, अनुशासनमा विचलन’ शीर्षक दिएर बजेटबारे मुख्य समाचार लेखेको छ । वित्तीय अनुशासन कायम राखेर बजेट सार्वजनिक गर्नुपर्ने भए पनि त्यसबाट पछि […]
१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]
१५ जेठ, काठमाडौं । सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सबैलाई खुसी पार्ने प्रयास गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेटमा सांसदलाई ६ करोड रुपैयाँ दिनेदेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता बढाउने जस्ता ‘लोकप्रिय कार्यक्रम’ समावेश छन् । बजेट पास गर्नुपर्ने सांसदहरुलाई खुसी बनाउन ‘स्थानीय पूर्वाधार […]
१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारले बुधबार प्रस्तुत गरेको आगामी बर्ष २०७६/०७७ को बजेटप्रति असन्तुष्टि जनाएको छ । उसले संविधान संशोधन गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको छ । संघीय सरकारले प्रदेशलाई ५५ अर्ब ३० करोड अनुदान बजेट दिने घोषणा गरेको छ । यस्तै स–शर्त अनुदानतर्फ ३३ अर्ब ५५ करोड बजेट दिने जनाएको छ […]
१५ जेठ, काठमाडौं । सरकारले सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । अर्थमन्त्री खतिवडाले निर्माणाधीन राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबई डाइभर्सन र […]
जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन । जनताबाट उठेको कर आफूले खर्च गर्ने र विकासका लागि ऋण खोज्ने लक्ष्य राखिएको […]
१५ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत घोषणा गरेको बजेट करिब ४ खर्ब ९३ अर्बको घाटा बजेट हो । सरकारले आगामी वर्षका लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको […]
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको ४० औं बुँदामा भनिएको थियो, ‘अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीब्र गतिमा उत्कृष्ट उपलब्धीहरु हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुनेछ ।’ सरकारले आगामी आर्थिक वर्षका लागि ‘इतिहासकै तीव्र आर्थिक विकासको […]
१५ जेठ, काठमाडौं । सरकारले नागरिक उड्ययन (हवाई क्षेत्र) मा यो वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी वर्ष पर्यटन वर्ष मनाउन लागिएकाले सरकारलाई हवाई क्षेत्रमा ठूलो लगानी गर्न दबाव थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले निर्माण र स्तरोन्नतिको क्रममा रहेका विमानस्थललाई प्राथमिकता दिएर बजेट ल्याएको छ । तर हवाई […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रको लागि ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षको भन्दा १२ अर्ब बढी हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वस्थ राख्नेगरी विशेष प्रथामिकताका साथ स्वास्थ्यमा बजेट विनियोजन गरेको बताएका छन् । उनले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क […]
१५ जेठ, काठमाडौं । सरकारले यो वर्षको बजेटमा उर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । १० वर्षमा १५ हजार मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएर अघि बढेको सरकारले यो वर्ष त्यसका लागि आधार बनाउने गरी नै बजेट छुट्याएको हो । यो वर्ष बुढीगण्डकी आयोजनाको लागि १३ अर्ब […]
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन नेपाल आयल निगमले शुरु गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बजेटको कार्यान्वयन शुरु गरेको हो । निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य […]
१५ जेठ, काठमाडौं । देशका मुख्य शहरहरुमा नागरिकले आधारभूत आवश्यकताकै खोजी गरिरहेका बेला सरकारले यस वर्षको बजेटमा पनि स्मार्ट सीटीको नारा दोहोर्याएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा सरकारले शहरी पूर्वाधारमा ४० अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ । सरकारले सघन शहरीकरण भइरहेका विराटनगर, काठमाण्डौं उपत्यका, वीरगञ्ज–जीतपुर, पोखरा उपत्यका, वुटवल–सिद्धार्थनगर, नेपालगञ्च–कोहोलपुर, तथा धनगढी–अत्तरिया […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्ब बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षमा शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरुमा सूचिकृत बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष कृषि तथा पशुपन्छी विकासमा ३४ अर्ब ८० करोड रकम खर्च गर्ने भएको छ । यस क्षेत्रमा विभिन्न लोकप्रिय कार्यक्रम पनि अघि सारिएका छन् । सरकारले कृषियोग्य जमिनको उपयोग, सिचाई, ग्रामिण सडक, ग्रामिण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ । कृषि सामग्रीमा अनुदान, कृषि […]
१५ जेठ, काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बैंक तथा वित्तीय क्षेत्रलाई महत्वका साथ समेटिएको छ । लामो समय चर्चाको विषय बन्दै गरेको ठूला बैंकहरु गाभ्ने योजना (बिग मर्जर) को विषय बजेटमै समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले केही वर्ष पहिले […]
१५ जेठ, काठमाडौं । सरकारले यातायात क्षेत्रमा विभिन्न महत्वकांक्षी योजना ल्याएको छ, तर बजेट भने पर्याप्त छुट्याइएको छैन । यो वर्ष १ अर्ब ५३ करोड मात्रै बजेट यातायात क्षत्रेमा विनियोजन भएको छ । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने बताएको छ । यात्रुहरुलाई सार्वजनिक यातायातका शुल्क […]
१५ जेठ, काठमाडौं । सरकारले स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहेका खाद्यवस्तुको आयातमा भन्सारदर वृद्धि गर्ने नीति लिएको छ । यसबाट अब आयातित तयारी खाद्यवस्तुको मूल्य बढ्ने छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले स्वदेशमै उत्पादन हुने र मुलुक आत्मनिर्भर रहेका कृषि तथा औद्योगिक उत्पादनको आयातमा लाग्ने भन्सार दर बढाएको हो । यसले गर्दा […]
from समाचार – Online Khabar http://bit.ly/2JNWJDp
via IFTTT