समाचार
१७ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो । भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त […]
१७ जेठ, मकवानपुर । बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् । मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ८ जेठमा घिमिरेको पसलमा […]
१७ जेठ, चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रबार विभिन्न दाता समूहले ३ लाख रुपैयाँ प्रदान गरेका छन् । भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ प्रदान गरेका छन् । बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर […]
१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालयको बैठक दुई दिन पछाडि सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिपछि अर्को बैठक जेठ २० गतेका लागि तय भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य […]
१७ जेठ, दार्चुला । दार्चुलाका एकजना प्रहरी जवानमाथि वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्धा दायर भएको छ । सुदूरपश्चिम प्रहरी गण नम्बर ३ गुल्म, धनगढी दरबन्दी भइ कारागार सुरक्षा गार्डका रुपमा कार्यरत दार्चुलाको व्याँस गाउँपालिका-२ का सिकेन्द्रसिंह धामीविरुद्ध वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालत दार्चुलामा मुद्धा दायर भएको हो । गत वैशाख ८ गते पुलघाँटमा […]
१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा पुनः कृष्ण शर्मालाई फर्काइएको छ । कक्षा १२ को परीक्षा सकिएलगत्तै शर्मालाई पुनः परीक्षा नियन्त्रकको जिम्मेवारीमा फर्काइएको हो । यसअघि उनकी छोरी १२ कक्षाको परीक्षामा सहभागी हुन लागेको र बुवा प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा संलग्न भएको भन्दै कर्मचारीहरुले नैतिक प्रश्न उठाएपछि शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई निमित्त परीक्षा […]
काठमाडौं । सात महिनामा विश्वका अग्ला १४ हिमाल चढ्छु भन्दा निर्मल पुर्जा मगरलाई हेरेर मानिस हाँस्थे । पूर्वबेलायती सैनिकसमेत रहेका म्याग्दीका पुर्जा हुँदा खाँदाको जागिर छाडेर हिँडेका थिए । त्यसैले धेरैले उनलाई मूर्ख भने थोरैले आँटिलो । तर पुर्जाले आफूलाई ‘मुर्ख’ भन्नेहरुलाई गलत सावित गरिसकेका छन् । ३१ दिनमा ८ हजार मिटर अग्ला ६ हिमाल […]
१७ जेठ, काठमाडौं । चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो ।उनी सेाल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । पर्यटन, राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर हुन् । राणाका एक मात्र छोरा सिद्धार्थले […]
१७ जेठ, प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका छन् । प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’ सरकार सञ्चालनका […]
१७ जेठ, वीरगञ्ज । सानो पाइला नामक गैरसरकारी संस्थाले ‘पुनः निर्माण बारा’ अभियान सञ्चालन गर्ने भएको छ । चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो प्रभावितका लागि घर निर्माण गर्न उसले अभियान थालेको हो । अभियानअन्र्तगत पहिलो चरणमा फेटा गाउँपालिकाको गम्हरियामा ५ घर निर्माण गर्ने तयारी गरिएको सानो पाइलाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको […]
१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आ.व) को बजेटमार्फत सरकारले निजामती सेवा बाहिरबाट समेत आयोजना प्रमुख नियुक्त गर्न सकिने नयाँ अवधारणा ल्यायो । यसलाई लिएर सरोकारवाला निकायदेखि सर्वसाधारणको तहसम्म विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । सरकारले प्रतिस्पर्धाका आधारमा छनोट गरी आयोजना अवधिभरका लागि यस्तो नियुक्ति गर्ने बजेटमै भनेको छ । अधिकांश आयोजनाहरु समयमा […]
अहिले केन्द्रमा दुई तिहाइको सरकार छ । तर, जनातामा निराशा छ । किन भन्दा यो सरकारको डेलिभरी राम्रो छैन । म दैनिक ५/७ वटा पत्रिका पढ्छु । लेखहरु पढ्छु । सरकारले भर्खरै ल्याएको बजेटको विषयमात्रै पत्रिकामा हेर्नुभयो भने, सकारात्मक भन्दा बढी नकारात्मक लेखहरु देखिन्छन् । ‘कनिका छरेको’, ‘पपुलिष्ट बजेट’ भनिएका छन् । देशलाई अगाडि बढाउने […]
१७ जेठ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् । आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत गरेका थिए । यसलाई लिएर नेकपाभित्र क्रिया-प्रतिक्रिया चलिरहेकाे छ । […]
१७ जेठ, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट बुधबार साँझ मिनी नेपाल झैँ बन्यो। नेपाल चिनाउने स्टल,नेपाली पोशाकसहित ढाकाटोपीमा सजिएका सहभागीहरु । नेपाली कला र संस्कृतिको झझल्को दिएको उक्त कार्यक्रमले कोपनहेगनलाई मिनी नेपाल झैँ बनाएको हो। नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला ठाउँमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको […]
उदासीनता एक प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि कामप्रति अनिच्छा हुने, निराश हुने तथा शारीरिकरुपमा शक्ति ह्रास भएको महसुस हुने गर्छ । उदासीनताले दैनिक जीवनमा नकारात्मक सोच पैदा गराउँछ । सामाजिक एवं पारिवारिक द्वन्द्वले पैदा गरेको घटनाले लामो समयसम्म नकारात्मक लक्षण देखिने गर्छ । एकातिर परिवारको सदस्य गुम्ने र […]
१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् । मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् । ट्रम्पले एक ट्वीट गर्दै जून १० देखि मेक्सिकोबाट आउने सबैखाले सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । अवैध आप्रवासन […]
१७ जेठ, ओखलढुंगा । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद […]
१७ जेठ, काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो । सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको […]
१७ जेठ, काठमाडौं । कप्तान सर्जियो रामोसले रियल मड्रिडबाटै आगामी सिजन खेल्ने भएका छन् । कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण कप्तान रामोसको पनि खुबै आलोचना भएको थियो । कतिपय फुटबल पण्डितले रामोसले रियल मड्रिड छाड्नु पर्ने तर्क दिदै आएका थिए । […]
१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिज कुन टिम कति अब्बल ? पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्लो पाँच एक दिवसीय क्रिकेट खेललाई हेर्ने […]
बजेट, नेकपाको सत्ता विवाद र बलि दिन धनुषामा धामीले गरेको बालक हत्या प्रकरण आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेकाे छ । ‘अन्धविश्वासको पराकाष्ठा’ शीर्षक दिएर धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्याबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । बलि दिएपछि तन्त्रमन्त्र विद्या सिद्ध हुने भ्रममा स्थानीय शत्रुध्न महतोले बालक आर्यनको हत्या गरेका हुन् । […]
from समाचार – Online Khabar http://bit.ly/2KhHEtg
via IFTTT