Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

टेलिकमले २० अर्ब शुल्क तिर्नुपर्ने, ५ किस्ताको सुविधा

१६ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग मोबाइल लाइसेन्सको दोस्रो नवीकरण बापत २० अर्ब रुपैयाँ पाउने निश्चित भएको छ । मोबाइकल सेवाको लाइसेन्स लिएपछि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, प्राधिकरणले शुल्क निर्धारण गरेपनि टेलिकमले तिर्न रकम धेरै भएको र कानूनी अन्योल भएको […]

अपराध नियन्त्रण गर्न मोरङ प्रहरीका पाँच अभियान

१६ जेठ, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण र अनुसन्धानका लागि पाँचवटा फरक अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीले अन्य क्षेत्रमा सञ्चालन नगरेका पाँच वटा योजना सञ्चालन गरिएको मोरङ प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय मोरङमा १३ महिना कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले केन्द्रदेखि ७७ वटा जिल्लामा नभएका योजना मोरङमा […]

६ करोडको बचाउ गर्दै अर्थमन्त्रीले भने– सांसदलाई विकासबाट विमुख गर्न मिल्दैन

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको बचाउ गरेका छन् । बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा खतिवडाले जनप्रतिनिधिलाई विकासबाट विमुख गर्न नहुने तर्क गरे । अर्थमन्त्री खतिवडाले भने, ‘हामीले जनप्रतिनिधिमूलक व्यवस्था रोज्यौं, जनप्रतिनिधिलाई विकाससँगै जोडेर चुनाव लड्यौं’ उनले भने ‘जनमतलाई प्रतिविम्बित गर्ने जनप्रतिनिधिले नै हो । जायज […]

वीरगञ्जबाट १ लाखको कपडा बरामद

१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती टोलीले कपडालगायतका सामान बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर […]

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास

१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले […]

२६ सार्वजनिक संस्थान नाफामा, बढी राजश्व तिर्नेमा आयल निगम

१६ जेठ, काठमाडौं । देशभर सञ्चालनमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४/७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ । आव २०७३/७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा […]

ओली सरकार संघीयता विरोधी : देउवा

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ । ओली सरकार अधिनायकवादी […]

पूर्व-पश्चिम राजमार्गका पुल जीर्ण, वर्षामा दुर्घटनाको खतरा

१६ जेठ, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जाँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ । बाग्मती नदीको […]

इदुल फित्रको दिन जेठ २३ गते सार्वजनिक विदा

१६ जेठ, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए । सरकारले नेपाल खाद्य संस्थान […]

लुम्बिनी विकास कोषका सदस्य सचिव ढकाल बर्खास्त

१६ जेठ, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको हो । त्यस्तै सरकारले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णहरि पुष्कर (कर्ण) लाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । […]

ट्रमामा लोकेशको चित्कार : हजुरबालाई लौरोले हान्यो, हजुरआमालाई झम्टियो

मुखमा ‘निबुलाइजार माक्स’ जोडिएको छ । हातमा सलाइन पानी चढाइएको  । ट्रमा सेन्टरको  ‘बेड नम्बर ५२६’ मा एकजना किशोर घरि यता पल्टन्छन् त घरि उता । ‘गर्मी भयो’ भन्ने संकेत गर्दै ‘निबुलाइजर माक्स’ खोल्न खोज्छन् । अनुहारबाट खलखली पसिना आइरहेको छ । एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका उनी अझै त्रासमा देखिन्छन् । अस्पतालको शैय्यामा देखाएको गतिविधिबाट आत्तिएको र उकुसमुकुस भएको प्रष्ट हुन्छ […]

नेपालका लागि बेलायती राजदूतमा पोलिट

१६ जेठ, काठमाडौं । निकोला पोलिट नेपालका लागि बेलायती राजदूत नियुक्त भएकी छन् । वर्तमान राजदूत रिचार्ड मोरिसको कार्यकाल सकिने लाग्दा बेलायतले पोलिटलाई नियुक्त गरेको हो । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् । सन् २००३ बाट बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।

स्वास्थ्यमा बजेट १२ अर्ब बढ्यो, धेरैजसो पुरानै कार्यक्रम

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि स्वास्थ्य क्षेत्रले गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी बजेट पाएको छ । गत वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन हुदाँ यो वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४. ४८ प्रतिशत हो । अर्थमन्त्री […]

एयरपोर्ट अध्यागमनका अधिकृतविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

१६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०५९ […]

सुदूरपश्चिम, कर्णाली र गण्डकी नाम खारेजीको माग गर्दै पहिचानवादीको प्रदर्शन

१६ जेठ, काठमाडौं । पहिचानवादीहरु फेरि आन्दोलित भएका छन् । बिभिन्न ९ वटा पहिचानवादी संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नामांकन गरिएका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदशेको नाम खारेज गरी पहिचानसहितको नाम राख्न माग गर्दै उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् । यस्तै काठमाडौंमा नेवारहरुको जमीन, भाषा तथा सम्पदामाथि भएको अतिक्रमण तत्काल बन्द गर्नुपर्ने, […]

बजेट जनचाहना विपरीत ल्याइयो : कांग्रेस

१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक […]

बहुवर्षीय आयोजनामा ठेकदारलाई कस्दै सरकार

१६ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत बहुवर्षीय विकास आयोजनाको ठेक्का पाउने कम्पनीलाई कस्न गरी नयाँ रणनीति अख्तियार गरेको छ । सार्वजनिक वित्त व्यवस्थापन र आयोजना कार्यान्वयन अन्तर्गत निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै आयोजनाको रेखदेख तथा मर्मत गर्नुपर्ने बजेटमा उल्लेख छ । असीमितरुपमा समय थप्दै बहुवर्षीय आयोजना […]

प्रधानमन्त्री ओली भारत प्रस्थान

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका हुन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ । प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् । तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

४५ करोड खर्चेर बनाइएको गणतन्त्र स्मारकमा खास के छ ? (फोटोसहित)

१६ जेठ, काठमाडौं । करिब ४५ करोड खर्च गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरिएको छ । स्मारकको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको दिन अनावरण गरिन् । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याउनेहरुको सम्झनामा सरकारले स्मारक बनाउने निर्णय गरेको थियो । ३५ रोपनी जग्गामा फैलिएको स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष […]

मोदीको सपथ सहारोहमा विनोद चौधरीलाई पनि निम्तो, आज दिल्ली प्रस्थान

१६ जेठ, काठमाडौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका उद्योगी विनोद चौधरीलाई पनि निम्तो आएको छ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी मोदीको सथप ग्रहण समारोहमा भाग लिन बिहीबार बिहान दिल्ली गएका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी दिल्ली गएका हुन् । भारतका […]

महिला अधिकारमा विकसित देशभन्दा अघि छौं : प्रधानमन्त्री ओली

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् । पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिवद्धता ‘प्राप्त अधिकार कार्यान्वयनमा भने केही समस्या छ, अध्यक्ष पुरुष, उपाध्यक्ष […]



from समाचार – Online Khabar http://bit.ly/2Ml8SBM
via IFTTT
Powered by Blogger.