समाचार
१६ जेठ, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालिले उद्योग विभागको अनुमति विना २० महिना अवैध रुपमा साबुन र सरफ उत्पादन गरेको खुलासा भएको छ । भारतीय लगानीको आरएम केमीकल्स २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएको थियो । उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने […]
१६ जेठ, हेटौंडा । प्रदेश ३ प्रदेशसभाको बिहीबारको बैठकमा ५१ जना सांसद्हरुले आफ्नो भनाइ राखेका छन् । प्रदेशको ३ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा सांसद्हरुले आफ्नो भनाइ राखेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतीपक्षीका सांसद्हरुले कार्यान्वयनमा समस्या हुने गरी नीति तथा कार्यक्रम आएको बताएका हुन् । […]
१६, जेठ, चितवन । निर्माणाधीन अन्र्तराष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषीलाई राजनीतिक दवावमा नछाड्ने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । स्थानीय केही व्यक्तिले डोजर लगाएर रंगशालाको बार भत्काएपछि बिहीबार आयोजित सर्वपक्षीय बैठकमा प्रजिअ बस्नेतले कुनै हालतमा पनि दोषीले छुटकारा नपाउने बताए । आक्रोशित मुद्रामा प्रस्तुत भएका प्रजिअ बस्नेतले भने, ‘मेरो सरुवा होस्, […]
१६ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले वजेटको पूर्ण तथा प्रभावकारी कार्यान्वयन गर्न अनिवार्य रहेको बताएको छ । वजेटमार्फत पूर्वाधार र सामाजिक क्षेत्रमा खर्च बढाइएको र औद्योगिक उत्पादनमा जोड दिइएकाले बजारमा माग तथा आपूर्ति बढ्न गई समग्र अर्थतन्त्रको वृद्धिमा योगदान पुग्ने विस्वास परिसंघको छ । सरकारले यस पटक स्वदेशी उद्योग र आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने […]
१६ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुलाई रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय पछाडिको खाली जग्गामा सार्न रकम निकासा गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब २० करोड रुपैयाँ अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको जग्गा […]
१६ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग मोबाइल लाइसेन्सको दोस्रो नवीकरण बापत २० अर्ब रुपैयाँ पाउने निश्चित भएको छ । मोबाइकल सेवाको लाइसेन्स लिएपछि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, प्राधिकरणले शुल्क निर्धारण गरेपनि टेलिकमले तिर्न रकम धेरै भएको र कानूनी अन्योल भएको […]
१६ जेठ, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण र अनुसन्धानका लागि पाँचवटा फरक अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीले अन्य क्षेत्रमा सञ्चालन नगरेका पाँच वटा योजना सञ्चालन गरिएको मोरङ प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय मोरङमा १३ महिना कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले केन्द्रदेखि ७७ वटा जिल्लामा नभएका योजना मोरङमा […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको बचाउ गरेका छन् । बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा खतिवडाले जनप्रतिनिधिलाई विकासबाट विमुख गर्न नहुने तर्क गरे । अर्थमन्त्री खतिवडाले भने, ‘हामीले जनप्रतिनिधिमूलक व्यवस्था रोज्यौं, जनप्रतिनिधिलाई विकाससँगै जोडेर चुनाव लड्यौं’ उनले भने ‘जनमतलाई प्रतिविम्बित गर्ने जनप्रतिनिधिले नै हो । जायज […]
१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती टोलीले कपडालगायतका सामान बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर […]
१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले […]
१६ जेठ, काठमाडौं । देशभर सञ्चालनमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४/७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ । आव २०७३/७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा […]
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ । ओली सरकार अधिनायकवादी […]
१६ जेठ, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जाँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ । बाग्मती नदीको […]
१६ जेठ, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए । सरकारले नेपाल खाद्य संस्थान […]
१६ जेठ, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको हो । त्यस्तै सरकारले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णहरि पुष्कर (कर्ण) लाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । […]
मुखमा ‘निबुलाइजार माक्स’ जोडिएको छ । हातमा सलाइन पानी चढाइएको । ट्रमा सेन्टरको ‘बेड नम्बर ५२६’ मा एकजना किशोर घरि यता पल्टन्छन् त घरि उता । ‘गर्मी भयो’ भन्ने संकेत गर्दै ‘निबुलाइजर माक्स’ खोल्न खोज्छन् । अनुहारबाट खलखली पसिना आइरहेको छ । एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका उनी अझै त्रासमा देखिन्छन् । अस्पतालको शैय्यामा देखाएको गतिविधिबाट आत्तिएको र उकुसमुकुस भएको प्रष्ट हुन्छ […]
१६ जेठ, काठमाडौं । निकोला पोलिट नेपालका लागि बेलायती राजदूत नियुक्त भएकी छन् । वर्तमान राजदूत रिचार्ड मोरिसको कार्यकाल सकिने लाग्दा बेलायतले पोलिटलाई नियुक्त गरेको हो । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् । सन् २००३ बाट बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।
१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि स्वास्थ्य क्षेत्रले गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी बजेट पाएको छ । गत वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन हुदाँ यो वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४. ४८ प्रतिशत हो । अर्थमन्त्री […]
१६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०५९ […]
१६ जेठ, काठमाडौं । पहिचानवादीहरु फेरि आन्दोलित भएका छन् । बिभिन्न ९ वटा पहिचानवादी संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नामांकन गरिएका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदशेको नाम खारेज गरी पहिचानसहितको नाम राख्न माग गर्दै उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् । यस्तै काठमाडौंमा नेवारहरुको जमीन, भाषा तथा सम्पदामाथि भएको अतिक्रमण तत्काल बन्द गर्नुपर्ने, […]
१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक […]
from समाचार – Online Khabar http://bit.ly/2XjbaSY
via IFTTT