समाचार
१५ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका हुन् । उक्त एक्सन रुमको बुधबार उद्घाटन भएको छ । प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त […]
१५ जेठ, ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताएका छन् । ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उनले गणतन्त्र विरोधी शक्ति विभिन्न बाहनामा सलबलाए पनि सफल नहुने जिकिर गरे । सरकारले ल्याएको समृद्धिका सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य हुनुपर्ने […]
१५ जेठ, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्युनीकरण देखिने गरी प्रगति नभएको स्वीकार गरेकी छन् । पहिलो राष्ट्रिय महिला अधिकार दिवसको अघिल्लो दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संविधानले महिला अधिकार ग्यारेन्टी गरे पनि विभिन्न प्रकारका हिंसाबाट भने मुक्त हुन नसकेको बताइन् । ‘बोक्सीको आरोपमा, दाइजो […]
१५ जेठ, काठमाडौं । रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । रोल्पा र सल्याको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट संचालन -चार्ज)मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ । बुधबार काठकाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित […]
देशमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएर आजदेखि १३ वर्ष लागेको छ । आज देशैभरि गणतन्त्र दिवस मनाइरहँदा हामीले ध्यान दिनैपर्ने केही सवालहरु छन् । यी सवालमाथि गम्भीरतापूर्वक विमर्श गरिनु अपरिहार्य छ । गरीवीको वितरण गरेर लोकतन्त्रको साध्य प्राप्त हुँदैन । विकास र समृद्धिविनाको लोकतन्त्र टिकाऊ र दिगो हुन सक्दैन । तर, गणतन्त्र वा […]
१५ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब नेपालमा पराजित गर्नुपर्ने कुनै शक्ति नभएको दावी गरेका छन् । गणतन्त्र दिवसका अवसरमा बुटवल मण्डपमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हिजो राजतन्त्र फाल्न र परिवर्तनका लागि धेरै त्याग र योगदान गर्यौं, अब भने मुलुकमा देखिएको गरिबी, अशिक्षा, पछौटेपन, बिभेद र असमानता निर्मूल गर्नुपर्नेछ । […]
१५ जेठ, वीरगञ्ज । गणतन्त्र दिवस, वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस ०७६ जिल्ला समारोह समिति पर्साको आव्हानमा बिहान वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो । गणतन्त्रको संस्थागत विकास गरौं, गणतन्त्रलाई समृद्धिको आधारको रुपमा उपयोग गरौं भन्ने नाराका साथ गणतन्त्र दिवस मनाइएको हो । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, वुद्धिजीवि, उद्योगी, व्यापारी […]
१५, जेठ, चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको […]
१५ जेठ, डोटी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई निषेध गरेको आरोप लगाएका छन् । प्रेस युनियन डोटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘भ्रष्टाचार गर्नकै लागि स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यकर्ताहरुलाई योजना बाँड्ने काम भएको छ । यसले देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै […]
१५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको दावी गरे । त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वानसमेत गरेका […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरे । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिँदै व्याख्या गर्ने प्रयास समेत गरे । प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न […]
१५ जेठ, काठमाडौं । गणतन्त्र स्थापना भएको आज ११ वर्ष पूरा भएको छ । दिवसको अवसरमा बुधबार टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाइएको छ । कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरी नागरिकसमक्ष गणतन्त्रको शुभकामना व्यक्त गरिएको छ । शान्तिको प्रतीक […]
१५ जेठ, बुटवल । प्रदेश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा बुधवार विहान विभिन्न झाँकीसहित र्याली निकालेर गणतन्त्र दिवस मनाइएको हो । राजमार्ग चौराहाबाट दर्जनौं संघसंस्थाको सहभागितामा निस्केको र्याली बुटवल मण्डपमा पुगेर मुल समारोहको आयोजना गरिएको थियो । र्यालीमा नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी […]
१५ जेठ, कोदारी । नेपाल चीन सीमा नाका तातोपानी ४ वर्षपछि बुधवारबाट सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो । नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत […]
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचित संस्थाहरुको मानमर्दन गणतन्त्रविरुद्धकै व्यवहार हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेको उल्लेख गरे । जनअभिमतको धरातलमा खडा भएका संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने भन्दै ओलीले भने, ‘जनताको पहुँच नभएका, […]
१५ जेठ, काठमाडौं । संघीय गणतन्त्र नेपालको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक बजेट बुधबार संयुक्त सदनमा प्रस्तुत गरिँदैछ । नयाँ बजेट करिब १५ खर्बभन्दा बढीको हुने चर्चा छ । नेपालमा पहिलोपटक आजभन्दा ६८ वर्ष पहिले संसदमा बजेट भाषण गरिएको थियो । राणा शासन अन्त्यपछि बनेको नेपाली कांग्रेस सरकारका अर्थमन्त्री सुवर्ण समशेर राणाले उक्त बजेट ल्याएका […]
१५ जेठ, राजापुर । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका […]
१५ जेठ, काठमाडौं । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत […]
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वय भइसकेकाले संक्रमणकालीन राजनीतिको अन्त्य भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘ऐतिहासिक निर्वाचनपश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाले आर्थिक समृद्धिको […]
१५ जेठ, चितवन । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । अब दुवै तर्फको पर्खालको सतह काटेर टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्ने काम बाँकी छ । यो काम गर्नका लागि बिहीबारबाट १४ दिनसम्म मुग्लिन सडकखण्ड बन्द गरिने छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर […]
from समाचार – Online Khabar http://bit.ly/2MfEFE0
via IFTTT





















