समाचार
१७ जेठ, वीरगञ्ज । सानो पाइला नामक गैरसरकारी संस्थाले ‘पुनः निर्माण बारा’ अभियान सञ्चालन गर्ने भएको छ । चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो प्रभावितका लागि घर निर्माण गर्न उसले अभियान थालेको हो । अभियानअन्र्तगत पहिलो चरणमा फेटा गाउँपालिकाको गम्हरियामा ५ घर निर्माण गर्ने तयारी गरिएको सानो पाइलाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको […]
१७ जेठ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् । आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत गरेका थिए । यसलाई लिएर नेकपाभित्र क्रिया-प्रतिक्रिया चलिरहेकाे छ । […]
१७ जेठ, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट बुधबार साँझ मिनी नेपाल झैँ बन्यो। नेपाल चिनाउने स्टल,नेपाली पोशाकसहित ढाकाटोपीमा सजिएका सहभागीहरु । नेपाली कला र संस्कृतिको झझल्को दिएको उक्त कार्यक्रमले कोपनहेगनलाई मिनी नेपाल झैँ बनाएको हो। नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला ठाउँमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको […]
उदासीनता एक प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि कामप्रति अनिच्छा हुने, निराश हुने तथा शारीरिकरुपमा शक्ति ह्रास भएको महसुस हुने गर्छ । उदासीनताले दैनिक जीवनमा नकारात्मक सोच पैदा गराउँछ । सामाजिक एवं पारिवारिक द्वन्द्वले पैदा गरेको घटनाले लामो समयसम्म नकारात्मक लक्षण देखिने गर्छ । एकातिर परिवारको सदस्य गुम्ने र […]
१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् । मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् । ट्रम्पले एक ट्वीट गर्दै जून १० देखि मेक्सिकोबाट आउने सबैखाले सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । अवैध आप्रवासन […]
१७ जेठ, ओखलढुंगा । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद […]
१७ जेठ, काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो । सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको […]
१७ जेठ, काठमाडौं । कप्तान सर्जियो रामोसले रियल मड्रिडबाटै आगामी सिजन खेल्ने भएका छन् । कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण कप्तान रामोसको पनि खुबै आलोचना भएको थियो । कतिपय फुटबल पण्डितले रामोसले रियल मड्रिड छाड्नु पर्ने तर्क दिदै आएका थिए । […]
१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिज कुन टिम कति अब्बल ? पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्लो पाँच एक दिवसीय क्रिकेट खेललाई हेर्ने […]
बजेट, नेकपाको सत्ता विवाद र बलि दिन धनुषामा धामीले गरेको बालक हत्या प्रकरण आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेकाे छ । ‘अन्धविश्वासको पराकाष्ठा’ शीर्षक दिएर धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्याबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । बलि दिएपछि तन्त्रमन्त्र विद्या सिद्ध हुने भ्रममा स्थानीय शत्रुध्न महतोले बालक आर्यनको हत्या गरेका हुन् । […]
१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । ३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले […]
१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका […]
१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले […]
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्री सिटौलाले नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रियतावादी (पपुलिस्ट) बजेट ल्याएको स्वीकार गरेका छन् । १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सरकारले सामाजिक सुरक्षा भत्ता, तलब बृद्धि गर्नुका साथै सांसदलाई ६ करोड दिने लगायतका वितरणमुखी कार्यक्रम समावेश गरेको छ । बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले लोकप्रियवादी बजेट ल्याएको स्वीकार गरे । पाँच […]
१६ जेठ, काठमाडौं । सरकारले अब राष्ट्रिय बजेट प्रणालीमा समावेश हुने गरी मात्र अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार गर्ने भएको छ । सरकारले हालै स्वीकृत गरी कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति २०७६ अनुसार अब शर्तरहित सहायताले मात्र नेपालमा प्राथमिकता पाउनेछ । दाताहरु नेपालमा बजेट प्रणालीबाट आउन नचाहने प्रवृत्ति छ । उनीहरु खर्चका लागि विभिन्न […]
१६ जेठ, काठमाडौं । सरकारले पहिलोपटक अन्तरर्राष्ट्रिय विमानस्थलको संचालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने भएको छ । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने निर्णय गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को देशको नियमनकारी निकायसँग सम्झौता गरी साझेदार निकाय भित्र्याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । […]
१६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रचारमुखी भएको आरोप लगाएका छन् । सरकारको प्रचारमूखी चरित्र बजेटमा पनि प्रतिबिम्बित भएको उनको टिप्पणी थियो । राजधानीमा बिहीबार आयोजित अन्तक्र्रियामा डा. महतले बजेट संघीयताको मर्मत विपरीत आएको बताए । सातपटक बजेट ल्याइसकेका महत भन्छन्, ‘यो बजेट […]
१६ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा एस जयशंकर पनि मन्त्री भएका छन् । उनले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् । जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाव दिएका थिए […]
१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । ‘हिमाल, पहाड तराइ–मधेश, नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु भएको अभियानमा नेताहरु सरकारविरुद्ध आक्रमण देखिएका छन् । बिहीबार राजधानीमा भएको अन्र्तक्रियामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायतले सरकारको आलोचना गरे । […]
१६ जेठ, काठमाडौं । हिजो सार्वजनिक भएको आर्थिक वर्ष ०७६/७७ को बजेट राजश्वसम्बन्धी व्यवस्थामा ठूलो उलटफेर गरेन । तर, केही अर्थपूर्ण नीतिगत परिवर्तनहरु बजेटमा आएका छन् । यीमध्ये कुनै आमजनताको जनजीविकालाई प्रभावित पार्ने खालका छन् त कुनै औद्योगिक र ब्यापारिक समुदायलाई मात्रै लक्षित छन् । सडक सुधार शुल्क, भन्सार, कृषि सुधार शुल्क, मूल्य अभिवृद्धि कर, […]
from समाचार – Online Khabar http://bit.ly/2Xf0cO9
via IFTTT