Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

देशैभरका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क

१५ जेठ, काठमाडाैं । सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६/७७ को […]

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

१५ जेठ, काठमाडाैं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो कार्यक्रमका लागि रकम बिनियोजन गरेका हुन् । सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो कार्यक्रमको सुरुआत गरेको थियो । सरकारले […]

मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यसको बाँकी काम टुक्र्याएर ठेक्का लगाइने छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत सरकारले साढे ७ अर्ब बजेट छुट्याएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको […]

सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध

१५ जेठ, काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।  

तिलोत्तमा नगरमा शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता

१५ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले बुधबारबाट सुरु पाँचौं नगरसभा वैठकमा पेश भएको वाषिर्क नीति तथा कार्यक्रममा शिक्षासँगै स्वास्थ्य, कृषि, वातावरण र पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले […]

हिल्सामा भारतीय तीर्थयात्रीको मृत्यु

१५ जेठ, हुम्ला  । हुम्लाको हिल्सा नाकामा एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा भारतको तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् । उनको सोमबार राति नै निधन […]

भोजपुरमा आफ्नै आमाद्वारा दुधे बालकको हत्या

१५ जेठ, भोजपुर । नेपाली समाजमा एउटा भनाइ नै छ– कुपुत्र हुन्छ तर कुमाता कहिल्यै हुँदैन । तर, भोजपुर जिल्ला सदरमुकाम भोजपुर बजारमा एउटी आमाले दशधारा दुध खुवाएर हुर्काउदै गरेको आफ्नै अवोध सन्तानको पाशविक हत्या गरेकी छन् । २५ वर्षीय सम्झना थापा कति क्रुर आमा बनिन् भने उनले मंगलबार विहान २२ महिनाको छोरालाई अचानोमा घाँटी […]

विकास र समृद्धिको युगको आरम्भ : मुख्यमन्त्री पौडेल

१५ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास र समृद्धिको युगको आरम्भ भएको बताएका छन् । ११औं गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनतासामु गरेका प्रतिबद्धता अनुसार नीति, योजना र कार्यक्रम तय गरेको बताए । उनले जनतामा आशा र उत्साह अवस्था सिर्जना भएको बिश्वास व्यक्त गरे । ‘नेपाल बन्छ, […]

धादिङमा पर्यटक बस खस्यो

१५ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ । सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रधानमन्त्री कार्यालयमा एक्सन रुमको सुरुवात

१५ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका हुन् । उक्त एक्सन रुमको बुधबार उद्घाटन भएको छ । प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त […]

गणतन्त्र विरोधीहरु सल्बलाउँदैछन् : प्रचण्ड

१५ जेठ, ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताएका छन् । ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उनले गणतन्त्र विरोधी शक्ति विभिन्न बाहनामा सलबलाए पनि सफल नहुने जिकिर गरे । सरकारले ल्याएको समृद्धिका सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य हुनुपर्ने […]

जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइने

१५ जेठ, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्युनीकरण देखिने गरी प्रगति नभएको स्वीकार गरेकी छन् । पहिलो राष्ट्रिय महिला अधिकार दिवसको अघिल्लो दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संविधानले महिला अधिकार ग्यारेन्टी गरे पनि विभिन्न प्रकारका हिंसाबाट भने मुक्त हुन नसकेको बताइन् । ‘बोक्सीको आरोपमा, दाइजो […]

रोल्पाको कोइलाचौर सबस्टेसन सञ्चालनमा

१५ जेठ, काठमाडौं । रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । रोल्पा र सल्याको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट संचालन -चार्ज)मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । […]

प्रधानमन्त्री ओलीलाई मानार्थ ‘डाक्टर’को उपाधि

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ । बुधबार काठकाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित […]

गणतन्त्र दिवसमा दुई अहम सवाल : हामी कता जाँदैछौं ?

देशमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएर आजदेखि १३ वर्ष लागेको छ । आज देशैभरि गणतन्त्र दिवस मनाइरहँदा हामीले ध्यान दिनैपर्ने केही सवालहरु छन् । यी सवालमाथि गम्भीरतापूर्वक विमर्श गरिनु अपरिहार्य छ । गरीवीको वितरण गरेर लोकतन्त्रको साध्य प्राप्त हुँदैन । विकास र समृद्धिविनाको लोकतन्त्र टिकाऊ र दिगो हुन सक्दैन । तर, गणतन्त्र वा […]

मुख्यमन्त्री पोखरेल भन्छन्- अब हामीले पराजित गर्नुपर्ने कुनै शक्ति छैन

१५ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब नेपालमा पराजित गर्नुपर्ने कुनै शक्ति नभएको दावी गरेका छन् । गणतन्त्र दिवसका अवसरमा बुटवल मण्डपमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हिजो राजतन्त्र फाल्न र परिवर्तनका लागि धेरै त्याग र योगदान गर्‍यौं, अब भने मुलुकमा देखिएको गरिबी, अशिक्षा, पछौटेपन, बिभेद र असमानता निर्मूल गर्नुपर्नेछ । […]

वीरगञ्जमा पनि मनाइयो गणतन्त्र दिवस

१५ जेठ, वीरगञ्ज । गणतन्त्र दिवस, वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस ०७६ जिल्ला समारोह समिति पर्साको आव्हानमा बिहान वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो । गणतन्त्रको संस्थागत विकास गरौं, गणतन्त्रलाई समृद्धिको आधारको रुपमा उपयोग गरौं भन्ने नाराका साथ गणतन्त्र दिवस मनाइएको हो । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, वुद्धिजीवि, उद्योगी, व्यापारी […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा स्थानीयले लगाए डोजर

१५, जेठ, चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको […]

केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई निषेध गरे : रामचन्द्र पौडेल

१५ जेठ, डोटी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई निषेध गरेको आरोप लगाएका छन् । प्रेस युनियन डोटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘भ्रष्टाचार गर्नकै लागि स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यकर्ताहरुलाई योजना बाँड्ने काम भएको छ । यसले देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै […]

सरकारले लोकतन्त्रमाथि हमला गर्न थाल्यो : देउवा

१५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको दावी गरे । त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वानसमेत गरेका […]

गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ : प्रधानमन्त्री ओली

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरे । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिँदै व्याख्या गर्ने प्रयास समेत गरे । प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न […]



from समाचार – Online Khabar http://bit.ly/2WaBl1R
via IFTTT
Powered by Blogger.