Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विश्वकप क्रिकेट : गेललाई रोक्न पाकिस्तानसँग के अस्त्र ?

१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिज कुन टिम कति अब्बल ? पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्लो पाँच एक दिवसीय क्रिकेट खेललाई हेर्ने […]

छापामा आज : प्रधानमन्त्रीलाई विद्यावारिधि कोरियाको क्रिस्चियन धर्म प्रचारकबाट

बजेट, नेकपाको सत्ता विवाद र बलि दिन धनुषामा धामीले गरेको बालक हत्या प्रकरण आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेका छन् । ‘अन्धविश्वासको पराकाष्ठा’ शीर्षक दिएर धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्याबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । बलि दिएपछि तन्त्रमन्त्र विद्या सिद्ध हुने भ्रममा स्थानीय शत्रुध्न महतोले बालक आर्यनको हत्या गरेका हुन् । […]

विश्वकप क्रिकेट : इंग्ल्यान्डको विजयी सुरुआत

१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । ३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले […]

मोदीले लिए सपथ, एस जयशंकर बने मन्त्री

१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका […]

एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं : अर्थमन्त्री

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रियतावादी (पपुलिस्ट) बजेट ल्याएको स्वीकार गरेका छन् । १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सरकारले सामाजिक सुरक्षा भत्ता, तलब बृद्धि गर्नुका साथै सांसदलाई ६ करोड दिने लगायतका वितरणमुखी कार्यक्रम समावेश गरेको छ । बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले लोकप्रियवादी बजेट ल्याएको स्वीकार गरे । पाँच […]

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास

१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले […]

गौतम बुद्ध विमानस्थल सञ्चालन गर्न विदेशी साझेदार भित्र्याइने

१६ जेठ, काठमाडौं । सरकारले पहिलोपटक अन्तरर्राष्ट्रिय विमानस्थलको संचालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने भएको छ । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने निर्णय गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को देशको नियमनकारी निकायसँग सम्झौता गरी साझेदार निकाय भित्र्याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । […]

‘अर्थमन्त्रीले फेरि कान समाउनु नपरोस्’

१६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रचारमुखी भएको आरोप लगाएका छन् । सरकारको प्रचारमूखी चरित्र बजेटमा पनि प्रतिबिम्बित भएको उनको टिप्पणी थियो । राजधानीमा बिहीबार आयोजित अन्तक्र्रियामा डा. महतले बजेट संघीयताको मर्मत विपरीत आएको बताए । सातपटक बजेट ल्याइसकेका महत भन्छन्, ‘यो बजेट […]

नाकाबन्दीका डिजाइनर बने मोदी सरकारका मन्त्री

१६ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा एस जयशंकर पनि मन्त्री भएका छन् । उनले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् । जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक मानिन्छ । २०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाव दिएका थिए […]

नेतृत्वलाई कांग्रेस कार्यकर्ताको प्रश्न– अब हामी के गर्ने ?

१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । ‘हिमाल, पहाड तराइ–मधेश, नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु भएको अभियानमा नेताहरु सरकारविरुद्ध आक्रमण देखिएका छन् । बिहीबार राजधानीमा भएको अन्र्तक्रियामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायतले सरकारको आलोचना गरे । […]

कवाडीलाई भ्याट, बिल नलिनेलाई पनि कारवाही !

१६ जेठ, काठमाडौं । हिजो सार्वजनिक भएको आर्थिक वर्ष ०७६/७७ को बजेट राजश्वसम्बन्धी व्यवस्थामा ठूलो उलटफेर गरेन । तर, केही अर्थपूर्ण नीतिगत परिवर्तनहरु बजेटमा आएका छन् । यीमध्ये कुनै आमजनताको जनजीविकालाई प्रभावित पार्ने खालका छन् त कुनै औद्योगिक र ब्यापारिक समुदायलाई मात्रै लक्षित छन् । सडक सुधार शुल्क, भन्सार, कृषि सुधार शुल्क, मूल्य अभिवृद्धि कर, […]

प्रेमिका हत्या गर्ने दिनेशलाई जन्मकैद सजाय

१६ जेठ, विराटनगर । अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने विराटनगर १० का दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले ३० वर्षका भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो । दिनेशले २०७५ साल भदौ १ गते प्रमिका २३ वर्षकी शिखा घिमिरेको हत्या गरेका थिए । भदौ १ […]

हेटौंडामा २० महिनादेखि भारतीय लगानीको उद्योग अवैधरुपमा सञ्चालन

१६ जेठ, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालिले उद्योग विभागको अनुमति विना २० महिना अवैध रुपमा साबुन र सरफ उत्पादन गरेको खुलासा भएको छ । भारतीय लगानीको आरएम केमीकल्स २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएको थियो । उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने […]

प्रदेशसभामा एकैदिन ५१ सांसदले बोले

१६ जेठ, हेटौंडा । प्रदेश ३ प्रदेशसभाको बिहीबारको बैठकमा ५१ जना सांसद्हरुले आफ्नो भनाइ राखेका छन् । प्रदेशको ३ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा सांसद्हरुले आफ्नो भनाइ राखेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतीपक्षीका सांसद्हरुले कार्यान्वयनमा समस्या हुने गरी नीति तथा कार्यक्रम आएको बताएका हुन् । […]

चितवनका सीडीओ भन्छन् : रंगशाला निर्माणमा अवरोध गर्नेलाई दबाबमा छाड्दिन

१६, जेठ, चितवन । निर्माणाधीन अन्र्तराष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषीलाई राजनीतिक दवावमा नछाड्ने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । स्थानीय केही व्यक्तिले डोजर लगाएर रंगशालाको बार भत्काएपछि बिहीबार आयोजित सर्वपक्षीय बैठकमा प्रजिअ बस्नेतले कुनै हालतमा पनि दोषीले छुटकारा नपाउने बताए । आक्रोशित मुद्रामा प्रस्तुत भएका प्रजिअ बस्नेतले भने, ‘मेरो सरुवा होस्, […]

काठमाडौं प्रहरी सार्न १ अर्ब २० करोड निकासा

१६ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुलाई रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय पछाडिको खाली जग्गामा सार्न रकम निकासा गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब २० करोड रुपैयाँ अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको जग्गा […]

अपराध नियन्त्रण गर्न मोरङ प्रहरीका पाँच अभियान

१६ जेठ, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण र अनुसन्धानका लागि पाँचवटा फरक अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीले अन्य क्षेत्रमा सञ्चालन नगरेका पाँच वटा योजना सञ्चालन गरिएको मोरङ प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय मोरङमा १३ महिना कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले केन्द्रदेखि ७७ वटा जिल्लामा नभएका योजना मोरङमा […]

वीरगञ्जबाट १ लाखको कपडा बरामद

१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती टोलीले कपडालगायतका सामान बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर […]

२६ सार्वजनिक संस्थान नाफामा, बढी राजश्व तिर्नेमा आयल निगम

१६ जेठ, काठमाडौं । देशभर सञ्चालनमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४/७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ । आव २०७३/७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा […]

ओली सरकार संघीयता विरोधी : देउवा

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ । ओली सरकार अधिनायकवादी […]

पूर्व-पश्चिम राजमार्गका पुल जीर्ण, वर्षामा दुर्घटनाको खतरा

१६ जेठ, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जाँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ । बाग्मती नदीको […]



from समाचार – Online Khabar http://bit.ly/2wAlfit
via IFTTT
Powered by Blogger.