समाचार
१६ जेठ, काठमाडौं । देशभर सञ्चालनमा रहेका ३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४/७५ मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ । आव २०७३/७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यतिबेला पनि नाफा कमाउने संस्थान यिनै २६ वटा […]
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ । ओली सरकार अधिनायकवादी […]
१६ जेठ, रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जाँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ । बाग्मती नदीको […]
१६ जेठ, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए ।
१६ जेठ, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको हो ।
१६ जेठ, काठमाडौं । निकोला पोलिट नेपालका लागि बेलायती राजदूत नियुक्त भएकी छन् । वर्तमान राजदूत रिचार्ड मोरिसको कार्यकाल सकिने लाग्दा बेलायतले पोलिटलाई नियुक्त गरेको हो । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् । सन् २००३ बाट बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।
१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि स्वास्थ्य क्षेत्रले गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी बजेट पाएको छ । गत वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन हुदाँ यो वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४. ४८ प्रतिशत हो । अर्थमन्त्री […]
१६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०५९ […]
१६ जेठ, काठमाडौं । पहिचानवादीहरु फेरि आन्दोलित भएका छन् । बिभिन्न ९ वटा पहिचानवादी संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नामांकन गरिएका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदशेको नाम खारेज गरी पहिचानसहितको नाम राख्न माग गर्दै उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् । यस्तै काठमाडौंमा नेवारहरुको जमीन, भाषा तथा सम्पदामाथि भएको अतिक्रमण तत्काल बन्द गर्नुपर्ने, […]
१६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक […]
१६ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत बहुवर्षीय विकास आयोजनाको ठेक्का पाउने कम्पनीलाई कस्न गरी नयाँ रणनीति अख्तियार गरेको छ । सार्वजनिक वित्त व्यवस्थापन र आयोजना कार्यान्वयन अन्तर्गत निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै आयोजनाको रेखदेख तथा मर्मत गर्नुपर्ने बजेटमा उल्लेख छ । असीमितरुपमा समय थप्दै बहुवर्षीय आयोजना […]
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका हुन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ । प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् । तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
१६ जेठ, काठमाडौं । करिब ४५ करोड खर्च गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरिएको छ । स्मारकको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको दिन अनावरण गरिन् । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याउनेहरुको सम्झनामा सरकारले स्मारक बनाउने निर्णय गरेको थियो । ३५ रोपनी जग्गामा फैलिएको स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष […]
१६ जेठ, काठमाडौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका उद्योगी विनोद चौधरीलाई पनि निम्तो आएको छ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी मोदीको सथप ग्रहण समारोहमा भाग लिन बिहीबार बिहान दिल्ली गएका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी दिल्ली गएका हुन् । भारतका […]
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् । पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिवद्धता ‘प्राप्त अधिकार कार्यान्वयनमा भने केही समस्या छ, अध्यक्ष पुरुष, उपाध्यक्ष […]
१५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ३ प्रगतिनगरमा पानी ट्याङ्कीको केही परको एक तले घरमा बुधबार मानिसहरु ८ बर्षका करण साहको सद्गत गर्न जुटेका थिए । सिर्सिया नदी किनारमा अन्त्येष्टि गरिएका करणको शवसँगै उनको परिवारको सपना पुरिएको छ । शम्भु साहका चार सन्तानमध्ये सबभन्दा कान्छो थिए, करण । दुई दाजु र एक दिदी पछि जन्मिएका […]
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्री सिटौलाले नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको […]
१६ जेठ, डोटी । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी हुन् । आगोले जलेपछि उपचारका […]
१६ जेठ, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई […]
बारीको पाटामा खाली खुट्टा मोजाको बल हान्नु र बुट लगाएर अन्तर्राष्ट्रिय मैदानमा फुटबल हान्नुमा कति अन्तर छ मलाई सोध्नुस् । घरधन्दा सकाएर फुटबल खेल्न निस्कनु पर्दा कस्तो हुन्छ ? हरेक दिन फुटबल खेलेकै कारण घर आएर पिटाई खानुपर्दा के सोचिन्छ ? केटाहरुको टिममा मिसिएर केटीले फुटबल खेल्दा के सुन्नुपर्छ ? यो पनि म तपाईलाई सुनाउन […]
१६ जेठ, काठमाडौं । चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–१६ का अभिषेक कार्की छन् । उनले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ दिन खोजेका थिए । १३ जेठमा लागुऔषध […]
from समाचार – Online Khabar http://bit.ly/2YQ5IYa
via IFTTT