समाचार
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आर्थिक वर्ष २०७६/७७ सालको बजेट यथार्थमा आधारित नभएको टिप्पणी गरेका छन् । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्रीले जोखिम नमोल्ने हिसाबले सामान्य बजेट ल्याएको टिप्पणी गरेका छन् ।। ‘यो पाला अवसर थियो । तर, […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा सभा-सम्मेलनका माध्यमबाट हुने पर्यटन (माइस-टूरिजम)लाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख पर्यटकीय गन्तब्यमा माइस पर्यटन विकास गर्ने घोषणा गरे । यस्ता गन्तब्यमा स्तरीय सडक, ठूला सभाहल र सम्मेलन केन्द्रको विकास गरिने छ । नेपाललाई आकर्षक, सुरक्षित र साहसिक पर्यटकीय गन्तब्यका रुपमा […]
१५जेठ, काठमाडौं । सरकारले कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्ड विस्तारको लागि बजेट विनियोजन गरेको छ । यो आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड बजेट छुट्याइएको छ । सरकार अहिले यो खण्डको चीन सरकारबाट प्राप्त हुने डिजाइन कुरिरहेको छ । सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न […]
१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्राईले बजेट लोकपि्रय र वितरणमुखी भएको बताएका छन् । उनले यो बजेटलाई विगतकै निरन्तरताको संज्ञा दिए । ‘सामान्य अर्थमा ठीकै छ । निरन्तरतामा आएको छ । केही सकारात्मक पक्षहरु पनि छन् ,’ भट्टराईले भने,’उद्योगमा अलिकति प्रवर्द्धन गर्ने ढङ्गले उद्योगमा प्रयोग हुने […]
१५ जेठ, काठमाडौं ।नयाँ सोचका साथ कुनै पनि व्यवसाय गर्न चाहने नागरिकलाई सरकारले सघाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले त्यस्ता उद्यमीको लगानी सुरक्षित गर्ने गरी च्यालेन्ज फण्ड बनाउने घोषणा गरेको छ । ‘नयाँ सोच भएका तर लगानी डुब्छ कि भन्ने भयमा सार्वजनिक नभएका व्यवसायिक सोचलाई प्रवर्द्धन गर्न सरकारले यस्तो व्यवस्था गरेको […]
१५ जेठ, काठमाडौं । सरकारले व्यक्तिगत आय कर लाग्ने सीमा विस्तार गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने समिा थियो । अब त्यो सीमा ४ लाखमा पुगेको छ । यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँ बाट ४ लाख ५० हजार पुगेको छ । आय करको करमा […]
१५ जेठ, काठमाडौं । सरकारले सरकारी आयोजनाहरुमा निजामति बहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधारमा गरिनेछ । सरकारी कर्मचारी मात्रै आयोजना प्रमुख रहँदा काम राम्रो नहुने समस्या बढेपछि सरकारले यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो । आगामी वर्षको बजेट भाषणमार्फत यस्तो नीति ल्याउने नीति […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७ का लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा गरेको बजेट भाषण गर्दै युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । काठमाडौं उपत्याकामा […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ । यो चाुल अब भन्दा […]
१५ जेठ, काठमाडौं । सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो । आकस्मिक अवस्थामा राजमार्गको दायाँ-बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे । यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका […]
१५ जेठ, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब २७ करोड विनियोजन गरेको छ । यो काम अघि बढ्ने चरणमा छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटले यस्तो रकम व्यवस्था गरेको हो । टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा […]
१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]
१५ जेठ, काठमाडौं । रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले […]
१५ जेठ, काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गलाई आगामी वर्षका लागि पौने ५ अर्ब बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खचिवडाले यो सडकका लागि ४ अर्ब ८२ करोड छुट्याएको हो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मदन भण्डारी राजमार्ग घोषणा गरिएको यो सडकका विभिन्न खण्डहरु हाल निर्माणाधीन अवस्थामा छन् । एमालेका तत्कालीन महासचिव मदन […]
१५ जेठ, काठमाडौं । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं-तराई फास्ट ट्रयाकले आर्थिक वर्ष ०७६/०७७ का लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट पाएको छ । फास्ट ट्रयाकलाई चालु आवमा पनि १५ अर्ब बजेट दिइएको थियो, तर मंगलबारसम्म आयोजनाले ३ अर्ब ८८ करोड रुयैयाँ मात्रै खर्च गर्न सकेको छ । नेपाली सेनाले फाष्ट ट्रयाकको विस्तृत परियोजना […]
१५ जेठ, काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेको हो । यसबाट जम्मा हुने रकम अब सडक सुधारमा खर्च गरिनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमा यस्तो घोषणा […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ अर्ब ६३ करोड बजेट छुट्याईको छ । २८ वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडकले अझै गति लिन सकेको […]
१५ जेठ, काठमाडाैं । सरकारले स्वेदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । अल्लो, बाँस,कपास जस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने नीति पनि सरकारले लिएको छ । यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा ५ प्रतिशत बिन्दुले अनुदान दिने पनि बजेटमा उल्लेख छ । प्रत्येक […]
१५ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । शसर्त अनुदानतर्फ प्रदेशमा ४४ अर्ब ५५ करोड र स्थानीय तहमा १ खर्ब २३ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । राजस्व बाँडफाँटमार्फत तल्ला […]
१५ जेठ, काठमाडौ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने नियम ल्याउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आथिर्क वर्ष २०७६/७७को बजेटले उपहार दिँदा अनिवार्य रुपमा स्वदेशी नै हुनुपर्ने व्यवस्था मिलाउने घोषणा गरेको हो । त्यसैगरी सरकारी आयोजनामा स्वदेशी निर्माण सामग्रीलाई प्राथमिकता दिने नीति […]
१५ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा पर्यटक बस सडकबाट २०० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सुनौलीबाट काठमाडैंतर्फ अउँदै गरेको बा१प १३६३ नम्बरको पर्यटक बस र काठमाडैंबाट केरुङतर्फ जाँदै गरेको ना५ख ८०६८ नम्बरको कन्टेनर एक आपसमा ठोक्किंदा बस सडकबाट […]
from समाचार – Online Khabar http://bit.ly/2WcvzN1
via IFTTT


















