Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अन्ततः सांसदलाई ६ करोडका दरले पैसा बाँडियो

१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]

लोकप्रिय बजेट : सबैलाई खुसी बनाउने प्रयास

१५ जेठ, काठमाडौं । सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सबैलाई खुसी पार्ने प्रयास गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेटमा सांसदलाई ६ करोड रुपैयाँ दिनेदेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता बढाउने जस्ता ‘लोकप्रिय कार्यक्रम’ समावेश छन् । बजेट पास गर्नुपर्ने सांसदहरुलाई खुसी बनाउन ‘स्थानीय पूर्वाधार […]

प्रदेश २ का अर्थमन्त्रीको प्रतिक्रिया : यो बजेटबाट देशलाई खतरा छ

१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारले बुधबार प्रस्तुत गरेको आगामी बर्ष २०७६/०७७ को बजेटप्रति असन्तुष्टि जनाएको छ । उसले संविधान संशोधन गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको छ । संघीय सरकारले प्रदेशलाई ५५ अर्ब ३० करोड अनुदान बजेट दिने घोषणा गरेको छ । यस्तै स–शर्त अनुदानतर्फ ३३ अर्ब ५५ करोड बजेट दिने जनाएको छ […]

सिञ्चाईमा छुट्टियो साढे २३ अर्ब, सुनकोशी–मरिन राष्ट्रिय गौरवमा

१५ जेठ, काठमाडौं । सरकारले सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । अर्थमन्त्री खतिवडाले निर्माणाधीन राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबई डाइभर्सन र […]

जनताबाट उठेको पैसा खाने, विकास गर्न ऋण लिने ?

जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन । जनताबाट उठेको कर आफूले खर्च गर्ने र विकासका लागि ऋण खोज्ने लक्ष्य राखिएको […]

१५ खर्बको बजेटमा ९ खर्ब राजस्व, ५ खर्ब ऋण !

१५ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत घोषणा गरेको बजेट करिब ४ खर्ब ९३ अर्बको घाटा बजेट हो । सरकारले आगामी वर्षका लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको […]

बजेट र नीति कार्यक्रम बाझियो !

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको ४० औं बुँदामा भनिएको थियो, ‘अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीब्र गतिमा उत्कृष्ट उपलब्धीहरु हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुनेछ ।’ सरकारले आगामी आर्थिक वर्षका लागि ‘इतिहासकै तीव्र आर्थिक विकासको […]

हवाई क्षेत्रमा झण्डै १६ अर्ब बजेट, प्राथमिकतामा परेन हवाई सुरक्षा

१५ जेठ, काठमाडौं । सरकारले नागरिक उड्ययन (हवाई क्षेत्र) मा यो वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी वर्ष पर्यटन वर्ष मनाउन लागिएकाले सरकारलाई हवाई क्षेत्रमा ठूलो लगानी गर्न दबाव थियो । त्यसैलाई ध्यानमा राखेर सरकारले निर्माण र स्तरोन्नतिको क्रममा रहेका विमानस्थललाई प्राथमिकता दिएर बजेट ल्याएको छ । तर हवाई […]

स्वास्थ्यमा १२ अर्ब बजेट, विपन्नको निशुल्क उपचार अनुदान बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रको लागि ६८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षको भन्दा १२ अर्ब बढी हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नागरिकलाई स्वस्थ राख्नेगरी विशेष प्रथामिकताका साथ स्वास्थ्यमा बजेट विनियोजन गरेको बताएका छन् । उनले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क […]

ऊर्जामा ८३ अर्ब बजेट, बुढीगण्डकीलाई साढे १३ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले यो वर्षको बजेटमा उर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । १० वर्षमा १५ हजार मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएर अघि बढेको सरकारले यो वर्ष त्यसका लागि आधार बनाउने गरी नै बजेट छुट्याएको हो । यो वर्ष बुढीगण्डकी आयोजनाको लागि १३ अर्ब […]

इन्धनको मूल्य बढाएर सुरु भयाे बजेट कार्यान्वयन

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन नेपाल आयल निगमले शुरु गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बजेटको कार्यान्वयन शुरु गरेको हो । निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य […]

बजेटमा फेरि दोहोरियो स्मार्ट सीटीको नारा

१५ जेठ, काठमाडौं । देशका मुख्य शहरहरुमा नागरिकले आधारभूत आवश्यकताकै खोजी गरिरहेका बेला सरकारले यस वर्षको बजेटमा पनि स्मार्ट सीटीको नारा दोहोर्याएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा सरकारले शहरी पूर्वाधारमा ४० अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ । सरकारले सघन शहरीकरण भइरहेका विराटनगर, काठमाण्डौं उपत्यका, वीरगञ्ज–जीतपुर, पोखरा उपत्यका, वुटवल–सिद्धार्थनगर, नेपालगञ्च–कोहोलपुर, तथा धनगढी–अत्तरिया […]

श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब बजेट, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्ब बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षमा शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरुमा सूचिकृत बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने […]

कृषिमा योजना र कार्यक्रमको चाङ, बजेट सीमित

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष कृषि तथा पशुपन्छी विकासमा ३४ अर्ब ८० करोड रकम खर्च गर्ने भएको छ । यस क्षेत्रमा विभिन्न लोकप्रिय कार्यक्रम पनि अघि सारिएका छन् । सरकारले कृषियोग्य जमिनको उपयोग, सिचाई, ग्रामिण सडक, ग्रामिण विद्युतीकरण, उत्पादनको बजार तथा भण्डारण लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ । कृषि सामग्रीमा अनुदान, कृषि […]

बजेटमा वित्तीय क्षेत्र : बिग मर्जरदेखि विद्युतीय भुक्तानीमा प्रोत्साहनसम्म

१५ जेठ, काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बैंक तथा वित्तीय क्षेत्रलाई महत्वका साथ समेटिएको छ । लामो समय चर्चाको विषय बन्दै गरेको ठूला बैंकहरु गाभ्ने योजना (बिग मर्जर) को विषय बजेटमै समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले केही वर्ष पहिले […]

यातायातमा धेरै योजना, तर न्युन बजेट

१५ जेठ, काठमाडौं । सरकारले यातायात क्षेत्रमा विभिन्न महत्वकांक्षी योजना ल्याएको छ, तर बजेट भने पर्याप्त छुट्याइएको छैन । यो वर्ष १ अर्ब ५३ करोड मात्रै बजेट यातायात क्षत्रेमा विनियोजन भएको छ । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने बताएको छ । यात्रुहरुलाई सार्वजनिक यातायातका शुल्क […]

स्वदेशी उद्योगलाई संरक्षण, आयातीत वस्तुको भाउ बढ्ने

१५ जेठ, काठमाडौं । सरकारले स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहेका खाद्यवस्तुको आयातमा भन्सारदर वृद्धि गर्ने नीति लिएको छ । यसबाट अब आयातित तयारी खाद्यवस्तुको मूल्य बढ्ने छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले स्वदेशमै उत्पादन हुने र मुलुक आत्मनिर्भर रहेका कृषि तथा औद्योगिक उत्पादनको आयातमा लाग्ने भन्सार दर बढाएको हो । यसले गर्दा […]

वजेटबाट प्रदेश ५ खुशी, प्रवक्ता भन्छन् : यहाँका धेरै योजना समेटिए

१५ जेठ, बुटवल । संघीय सरकारले प्रस्तुत गरेको वजेट वक्तव्यबाट प्रदेश ५ सरकार सन्तुष्ट देखिएको छ । वजेटले प्रदेश ५ मा रहेका महत्वपूर्ण आयोजनालाई उल्लेख्य वजेट विनियोजन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए । बजेट वक्तव्यमा प्रदेश ५ को प्रमुख धार्मिक, साँस्कृतिक एवं पर्यटकीय सम्पदा बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजनालाई निरन्तरता […]

प्रदेश १ का अर्थमन्त्रीले भने : बजेट केन्द्रीकृत र वितरणमुखी

१५ जेठ, विराटनगर । संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार ल्याएको आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति प्रदेश १ सरकारले असन्तुष्टि जनाएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले बजेट केन्द्रीकृत र वितरणमुखी भएको टिप्पणी गरे । ‘बजेट वितरणमुखी, केन्द्रीकृत, एकात्मक शासन प्रणालीबाट आएको छ’ उनले भने ‘संघीयताको मर्म विपरीत बजेट ल्याएको देखिन्छ […]

शिक्षामा १ खर्ब ६३ अर्ब बजेट, छात्रालाई निःशुल्क सेनेटरी प्याड

१५ जेठ, काठमाडौं । सरकारले छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड, निःशुल्क दिवा खाजा लगायतका कार्यक्रम समेट्दा आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा क्षेत्रले १ खर्ब ६३ अर्र्ब बजेट पाएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट संसदमा पेश गरेका थिए, जसको १०.६४ प्रतिशत बजेट शिक्षाले पाएको छ । यो गत वर्षको तुलनामा […]

पूर्वका उद्योगीले भने – बजेट निजी क्षेत्रको हितमा देखिएन

१५ जेठ, विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीहरुले सरकारले ल्याएको बजेट विगतकै निरन्तरता भएको बताएका छन् । उनीहरुले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र औद्योगिकरणलाई मद्दत पुग्ने कार्यक्रम नआएको गुनासो गरेका छन् । अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्योगी व्यवसायीले धेरै आशा राखेर सुझाव दिए पनि उपलब्धीमुलक हुन नसकेको उनीहरुको गुनासो छ । […]



from समाचार – Online Khabar http://bit.ly/2Ic18wO
via IFTTT
Powered by Blogger.