Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भरतपुर अस्पतालभित्रै पस्यो भल

९ असोज, चितवन । भलको पानी पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ । अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् । चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्.। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ । चार […]

कोरोनाबाट बाँके र पर्सामा दुई जनाको मृत्यु

९ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या […]

गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक

९ असोज, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ । विशेषगरी कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य […]

परराष्ट्रमन्त्रीहरुको भर्चुअल बैठक : ब्युँतिएला ‘कोमा’मा पुगेको सार्क ?

९ असोज, काठमाडौँ । भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण ‘कोमा’ मा पुगेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठक बिहीबार सम्पन्न भएको छ । सार्कको वर्तमान अध्यक्ष नेपालको पहलमा आयोजना गरिएको सो बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको साइडलाइनमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुबीच अनौपचारिक बैठक […]

कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम

९ असोज, काठमाडौं । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन् । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतीय किसानहरुको आन्दोलनको प्रभाव […]

स्याङ्जा पहिरो : नौ जनाको सामूहिक दाहसंस्कार

९ असोज, स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको […]

केएल राहुलसँग हार्‍यो कोहलीको टिम, पन्जाब ९७ रनले विजयी

९ असोज, काठमाडौं । दुबईमा आयोजित आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमा समेटियो । बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै […]

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

८ असोज, काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ । हाल यस्तो सुविधा अरु एयरलाइन्सलाई छैन । नेपाल […]

कोठा हेर्न आएका व्यक्तिद्वारा महिला लुटिइन्

८ असोज, काठमाडौं । भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले पेप्सिकोलामा एक महिलालाई लुटेका छन् । घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्नेभन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लुटेका हुन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको […]

थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र ९८४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको […]

हुम्लाका सहायक प्रजिअलाई गृहले सोध्यो स्पष्टीकरण

८ असोज, सुर्खेत । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ । चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा […]

एसिडले छोए १० वर्ष, अनुहारमा परे २० वर्ष कैद !

८ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको […]

पाँच वर्षपछि खुल्यो परियार हत्याको रहस्य, एक पक्राउ, अर्काविरुद्ध रेड नोटिस

८ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेले फैडोल सामुदायिक वनमा पाँच वर्ष पहिले भएको हत्याको कारण खुलेको छ । सुनसरीको इटहरी नगरपालिका–४ घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीया आरती परियारको अवैध सम्बन्धका कारण विभत्स हत्या भएको प्रहरीले जानकारी दिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले घटनामा संलग्न रहेको अभियोगमा […]

एसपीलाई विभागीय कारबाही र यातना दिनेलाई ज्यान मुद्दा !

८ असोज, काठमाडौं । सरकारी छानविन समितिले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेको छ । समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसअनुसार […]

‘वैज्ञानिक वन व्यवस्थापनका नाममा चरम अनियमितता र विनाश’

८ असोज, काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा चरम अनियमितता, चुरे क्षेत्रको दोहन र सं‌वेदनशील वन क्षेत्र विनाश भएको निश्कर्ष निकालेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको बारेमा अध्ययन गर्न गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनले तराई, चुरे र अन्य विभिन्न संवेदनशील क्षेत्रमा वन विनाश भई गम्भीर वातावरणीय जोखिम […]

मर्मत सम्भार गर्दा विद्युत आपूर्ति प्रभावित भएको हो : प्राधिकरण

८ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताएको छ । एक सूचना जारी गरेर प्राधिकरणले प्रशारण एवम् वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाएको चासो र चिन्ताको सम्वन्धमा सजग रहेको बताएको छ । ‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड)बाट […]

सडकले निम्त्याएको विपद्, सरकारी बेवास्ताको शिकार

८ असोज, पोखरा । गएको वर्ष स्याङ्जाको वालिङ नगरपालिका–१४ पुग्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालको टोलीलाई गाउँलेले बाटो छेके । सडक विभागका उच्च अधिकारीसहित सडक अवलोकन गर्न पुगेकी अर्याललाई वालिङको तमादी गाउँका स्थानीयले बाटो छेकेर भने, ‘यो सडकले बस्ती नै जोखिममा पर्‍यो । वाल लगाइदिनुस्, पानी तर्काउने व्यवस्था मिलाइदिनुस् ।’ यो […]

विदेशबाट ७५ हजार स्वदेश फर्किँदा २० जनाको निःशुल्क उद्धार

७ असोज, काठमाडौं । गत चैत ११ बाट सुरु भएको लकडाउनपछि मंगलबारसम्म ७४ हजार ७०३ नेपाली स्वदेश फर्किएका छन् । सरकारले भदौसम्म विदेशबाट प्राथमिकताका आधारमा ‘उद्धार गर्ने’ भन्दै चार्टर्ड उडानबाटै नेपाली फर्काउन थालेको थियो । अहिले सीमित गन्तव्यमा संकुचित तालिका बनाएर उडान भइरहेको छ । तर, यसरी विदेश फर्किनेमा वास्तविक रुपमा उद्धार पाएर फर्किने कति […]

करिब १२ करोड जरिवाना तोकिएकी प्रतिवादी पक्राउ

८ असोज, काठमाडौं । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी छिन् । काभ्रेको बनेपा–६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी […]

तुलसीपुरका कोरोना संक्रमित युवकको मृत्यु

८ असोज, तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा […]

महाकाली सिँचाइ आयोजनाका निमित्त प्रमुख होटलमा भेटिएपछि…

८ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए । त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मादक पदार्थ सेवन गरेर बसेका […]



from समाचार – Online Khabar https://ift.tt/32Ye5Wv
via IFTTT
Powered by Blogger.