समाचार
८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन । सुदूरपश्चिम प्रदेशमा यो मात्रै एउटा घटना होइन, जसको दोषी पक्राउ नपरेको होस् । […]
८ असोज, काठमाडौं । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भनी यतिबेला भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् । पछिल्लोपटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता […]
८ असोज, सप्तरी । सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन […]
८ असोज, काठमाडौं । देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही […]
८ असोज, स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । […]
८ असोज, डडेलधुरा । डडेलधुरा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको […]
८ असोज, बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ […]
८ असोज, काठमाडौं । नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पारेको छ । तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । आज बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको […]
८ असोज, काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले अनलाइनखबरसँग भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म […]
८ असोज, काठमाडौं । नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ । आजसम्मको विश्लेषण अनुसार, हाल भारतको […]
८ असोज, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार […]
८ असोज, ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी […]
८ असोज, सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरसभाको उदघाटनमा प्रदेश […]
८ असोज, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ । उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को नियुक्ति हेर्दा प्रायःजसो सचिवबाट सेवानिवृत्तहरू नै आयुक्त वा र प्रमुख आयुक्त बनेको देखिन्छ । नवीन घिमिरेदेखि राधारमण रेग्मीसम्म पुग्दा तपाईँ पूर्वसचिव नै पूर्वसचिव भेट्नुहुन्छ । मैले थाहा पाएअनुसार स्वतन्त्र क्षेत्रबाट एकजना वेदप्रसाद शिवाकोटी जानुभयो । सूर्यनाथ उपाध्यायजीका पालामा पनि एकजना पूर्वन्यायाधीश आयुक्त भएका थिए । नभए कानूनी पृष्ठभूमिबाट एकदमै […]
७ असोज, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । […]
७ असोज, काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला […]
७ असोज, काठमाडौं । २०७६ मङ्सिर २७ गते साँझ काठमाडौँको कपन राम मन्दिरस्थित रोहिङ्याहरूको टहरामा पुग्दा दुई समूहबीच हात हालाहालको स्थिति थियो । केही महिला बोरा तानातान गरिरहेका थिए । केहीले छुट्ट्याउन खोजिरहेका थिए । मुक्कामुक्की चल्दा कोही रक्ताम्य भए । एउटै टहरामा बसेका दुई समूहबीच झगडा हुनुको कारण थियो, दाताले दिएको चामल बराबर नबाँडिनु […]
७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. […]
७ असोज, काठमाडौं । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएपछि रोकिएको नेपाल चीन रसुवागढी नाका बुधबारबाट सञ्चालनमा आएको छ । चिनियाँ पक्षले बुधबार एक कन्टेनर स्वास्थ्य सामाग्री मितेरी पुलसम्म ल्याइदिएका हुन् । रसुवा भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले भने, ‘विहान सवा नौ बजेतिर स्वास्थ्य सामग्री बोकेको एक कन्टेनर मितेरी पुलमा ल्याएर उहाँहरुले सामान हस्तान्तरण […]
७ असोज, बुटवल । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् । मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको कपिलवस्तुका शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर […]
from समाचार – Online Khabar https://ift.tt/2FNiGlL
via IFTTT




















