समाचार
८ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेले फैडोल सामुदायिक वनमा पाँच वर्ष पहिले भएको हत्याको कारण खुलेको छ । सुनसरीको इटहरी नगरपालिका–४ घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीया आरती परियारको अवैध सम्बन्धका कारण विभत्स हत्या भएको प्रहरीले जानकारी दिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले घटनामा संलग्न रहेको अभियोगमा […]
८ असोज, काठमाडौं । सरकारले चार मुलुकसँग हवाई सेवा सम्झौताको काम असोजभित्रै टुंग्याउने भएको छ । असोजभित्रै हवाई सेवा सम्झौता तयारी पारी स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । बंगलादेश, इन्डोनेसिया, रुस, कोरिया र फिनल्याण्डसँग सरकारले हवाई सेवा सम्झौताको तयारी गरेको छ । मन्त्रालयका अनुसार हवाई सेवा सम्झौता […]
८ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताएको छ । एक सूचना जारी गरेर प्राधिकरणले प्रशारण एवम् वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाएको चासो र चिन्ताको सम्वन्धमा सजग रहेको बताएको छ । ‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड)बाट […]
८ असोज, काठमाडौं । सरकारी छानविन समितिले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेको छ । समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसअनुसार […]
८ असोज, काठमाडौं । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी छिन् । काभ्रेको बनेपा–६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी […]
८ असोज, तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा […]
८ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए । त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मादक पदार्थ सेवन गरेर बसेका […]
८ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको […]
८ असोज, काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा चरम अनियमितता, चुरे क्षेत्रको दोहन र संवेदनशील वन क्षेत्र विनाश भएको निश्कर्ष निकालेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको बारेमा अध्ययन गर्न गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनले तराई, चुरे र अन्य विभिन्न संवेदनशील क्षेत्रमा वन विनाश भई गम्भीर वातावरणीय जोखिम […]
८ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले धादिङका प्रहरी प्रमुख परिवर्तन गरेको छ । कमजोर कार्यसम्पादनलाई कारण देखाउँदै एसपी रवीन्द्र रेग्मीलाई काठमाडौंमा तानिएको हो । रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण विभागमा कार्यरत एसपी महेन्द्र खड्का पठाइएका छन् । खड्काको ठाउँमा रेग्मीले जिम्मेवारी सम्हाल्ने गरी बिहीबार काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । आईजीपी […]
८ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा बिहीबार ११ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये दुईजना स्वास्थ्यकर्मी, एकजना कैदीबन्दी, दुईजना बैंकका […]
८ असोज, काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार पनि काठमाडौमा प्रदर्शन भएको छ । डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले माइतीघर मण्डलामा प्लाष्टिक ओढेर प्रदर्शन गरेका हुन् । उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य […]
८ असोज, बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो । उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि […]
८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन -सार्क ) यसक्षेत्रका जनताको जीवनमा अनुभूत गर्न सकिने गरी परिवर्तन ल्याउन प्रभावकारी र परिणामुखी क्षेत्रीय संगठन बन्नुपर्ने बताएका छन् । बिहीबार सार्क मन्त्रीस्तरीय भर्चुअल बैठकको अध्यक्षता गर्दै ज्ञवालीले सबै सदस्य राष्ट्रहरूलाई सकेसम्म छिटो १९ औं शिखर सम्मेलन गर्ने व्यवहारिक विकल्पको खोजी गर्न र सार्कलाई […]
८ असोज,बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित भएका छन् । डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उनले होम आइसोलेशनमा बसेको जानकारी गराएका छन् । आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले […]
८ असोज, काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको छानबिनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ । वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि समेत अनियमितताको आरोप लागेको छ । वाइडबडी विमान खरिदमा लेखा समितिले ४ […]
८ असोज, सप्तरी । जिल्ला अदालतले फैसला सुनाएपछि फरार रहेका १५ जना प्रतिवादीलाई सप्तरी प्रहरीले एकैदिन पक्राउ गरेको छ । पक्राउ पर्नेमा दम्पतिदेखि ९८ वर्षीय वृद्धसम्मका छन् । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दामा कैद सुनाइएका ८ जना, कुटपिट अंगभंग मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग र कुटपिट, लुटपाट, जालसाजी, केही […]
८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ रतलता खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) धेरै भए पछि राष्ट्र बैंकले बोलकवोलको मार्फतबाट ३० अर्ब रुपैयाँ खिचेको हो । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ सय अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा […]
८ असोज, काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता […]
८ असोज, सुर्खेत । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ । चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा […]
८ असोज, काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट मुद्दासँग सम्बन्धित निर्णयको सक्कल फाइल झिकाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले बिहीबार जग्गा खण्डिकरण गर्ने भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको रिटमा सक्कल फाइल मगाउने आदेश दिएको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र […]
from समाचार – Online Khabar https://ift.tt/2FNnuaL
via IFTTT






















