Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णालीमा १४ संक्रमित थपिए, ३३ डिस्चार्ज

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार […]

कुटपिटबाट घाइते मुसहर दम्पत्ति अस्पतालमा बन्धक

१६ भदौ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् । कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ । गत साउन […]

हिरासतमा यातना दिएको देखिएपछि ३ प्रहरी निलम्बित

१६ भदौ, काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् […]

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदैन : प्रजिअ दाहाल

१६ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको उनले अनलाइनखबरलाई बताए । हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, […]

बोर्डिङ शिक्षकको पीडा : तलब माग्दा जागिरबाटै निष्कासन

१६ भदौ, काठमाडौं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त ? ‘घर खर्च चलाउनै गाह्रो […]

विराटनगरमा १४६ किलो गाँजा बरामद

१६ भदौ, विराटनगर । निषेधाज्ञाको समयमा भारततर्फ लैजादै गरेको गाजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१७ सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । सोमबार साँझ साढे ७ बजे को२त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको बोर्ड आउट पोस्ट (बीओपी) रानीको टोलीले गाँजासहित ट्याक्टर चालक […]

बुटवलमा प्लाज्मा बैंक स्थापना

१४ भदौ, बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो । कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक […]

मापदण्ड नबनेसम्म होम डेलिभरी सेवा खुल्दैन : काठमाडौं प्रशासन

१५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा होम डेलिभरी सेवा खुला गर्ने कुनै समझदारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । सेवा सञ्चालन मापदण्डबारे कार्यदल गठिन गरिएको र उक्त कार्यदलको सिफारिसपछि मात्रै सेवा सञ्चालनबारे निर्णय हुने कार्यालयका एक अधिकारीले बताए । ‘अहिलेसम्म कुनै सहमति भएको छैन, सेवा सुचारु गर्न कुनै अनुमति दिएका छैनौँ,’ उनले भने […]

काठमाडौंका आकाशे पुल : महानगरलाई आम्दानी, यात्रुलाई हैरानी

१६ भदौ, काठमाडौं । पुरातत्व विभागबाट माइतीघरतिर जाने बाटोमा केही समयअघिसम्म रहेको जेब्राक्रसिङ अहिले मेटाइएको छ । छेउछाउमा ट्राफिक संकेत दिने लाइट त छ, तर बत्ती बल्दैन । फुटपाथ र सडकलाई जोड्न भिरालो स्वरूपमा बनाइएको अपांगता भएका व्यक्ति र दृष्टिविहीनहरुले समेत बाटो पार गर्न सक्ने संरचना अहिले मासिएको छ । जेब्रा क्रसिङ मासेर अहिले यहाँ […]

धरानमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, विराटनगर । सोमबार साँझ मृत्यु भएका धरानका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका-११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट […]

मल पैँचो लिनेबारे नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच छलफल हुने

१६ भदौ, काठमाडौं । गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसंग ५० हजार टन युरिया मल (पैँचो) सापटी माग्ने भएको छ । मल पैंचो माग्न दुई देशका सरकार प्रमुखबीच नै छलफलको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । ‘नेपालका प्रधानमन्त्री छलफलका लागि तयार हुनुहुन्छ, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समय […]

कर चुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै जाँच्न सकिने

१६ भदौ, काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने गरी […]

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका कैदीको मृत्यु

१६ भदौ, काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले अनलाइनखबरलाई बताए । ‘उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा […]

कारागार नै कोरोनाको जोखिममा, कैदीबन्दी घटाउन कठिन

१६ भदौ, काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी कसूरका जिल्ला कारागार, सिन्धुलीको थुनामा रहेका एक कैदीलाई पेटमा समस्या देखिएपछि २६ साउनमा केन्द्रीय कारागार, सुन्धारा सरुवा गरियो । जगन्नाथदेवल (केन्द्रीय) कारागारको अस्पतालमा उपचार गर्ने गरी उनलाई सिन्धुलीबाट काठमाडौं ल्याइएको थियो । ३१ साउनमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले […]

भारतीय अर्थतन्त्रमा भारी गिरावट, जीडीपी २४ प्रतिशतले घट्यो

१६ भदौ, काठमाडौं । कोरोनाको महामारीले छिमेकी देश भारतको अर्थतन्त्रमा गहिरो चोट लागेको छ । भारतको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार भारतको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ, जुन अहिलेसम्मकै ठूलो गिरावट हो । सरकारले सोमबार प्रकाशित गरेको प्रतिवेदनमा लकडाउनका कारण धेरै उद्योगधन्दाहरु बन्द रहनाले अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख छ […]

गोरखा क्याम्पसका आशिंक प्राध्यापकले जलाए त्रिविको निर्देशिका

१६ भदौ, गोरखा । आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गोरखा क्याम्पसका आशिंक प्राध्यापकले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त  कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । उक्त निर्देशिका आशिंक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले मंगलवार क्याम्पस हाताभित्रै निर्देशिका जलाएको हो । ‘त्रिविले […]

इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जनामा कोरोना

१६ भदौ, बुटवल । बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । योसंगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ […]

दशैंको नयाँ नोटबारे निर्णय भएको छैन : राष्ट्र बैंक

१५ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भइनसकेको बताएको छ । दशैं आउन अझै समय बाँकी रहेकाले यो महिना कुनैपनि निर्णय नहुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने बताए । बाहिर अनाधिकृत […]

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

१६ भदौ, बुटवल । रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको […]

गण्डकीमा १४ दिने नाबालकसहित ३९ जनामा कोरोना पुष्टि

१६ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित  थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् । लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका […]

पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृत्यु

१६ भदौ, काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे […]



from समाचार – Online Khabar https://ift.tt/2EUR4Ki
via IFTTT
Powered by Blogger.