Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । चितवनका ३ जना, काठमाडौं र पर्साका २/२ जना र बारा, मकवानपुर, सुनसरी र सिराहका एकएक जनाको मृत्यु भएको छ । भरतपुर-११, चितवनका ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी […]

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

१६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि […]

निजी अस्पतालको बदमासी : उपचार नपाएर मर्छन् डम्बरकुमारीहरु

१६ भदौ, विराटनगर । भात सर्किएर बेहोस भएकी चौदण्डीगढी नगरपालिका–६, उदयपुरकी ६५ वर्षीया डम्बरकुमारी बस्नेतलाई आफन्तले शनिबार राति विराटनगर ल्याए । तर ७ वटा अस्पताल पुर्‍याउँदा पनि उनलाई कुनैले पनि भर्ना गर्न मानेनन् । आफन्तले हार मानेर घर फर्काएको केही घण्टामा उनको मृत्यु भयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको बेला बिरामीलाई अस्पताल पुर्‍याउँदै महाभारत […]

प्रहरीका कारण उजाडिएको एउटा परिवार

१६ भदौ, रौतहट । रौतहटको मध्य बजार गरुडा नगरपालिका–८ जिगंडिया टोलका पनिलाल राम र उनको सालो नन्दलालको घरबीचको दूरी २० मिटर पनि छैन । पनिलालका छोरा विजय र नन्दलालका छोरा निरञ्जन दाजुभाइजस्तै थिए । दुबैको दोस्ती जमेको थियो । तर ३२ गते विहान हत्या गरिएको अवस्थामा निरञ्जनको शव भेटियो । परिवारका सदस्यहरुले बताएअनुसार उनी राजाराम […]

देशभर १०६९ जना संक्रमित थपिए, उपत्यकामा ४८१

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु […]

साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई तान्ने प्रयास

१६ भदौ काठमाडौं । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ । विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन […]

कारागार नै कोरोनाको जोखिममा, कैदीबन्दी घटाउन कठिन

१६ भदौ, काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी कसूरका जिल्ला कारागार, सिन्धुलीको थुनामा रहेका एक कैदीलाई पेटमा समस्या देखिएपछि २६ साउनमा केन्द्रीय कारागार, सुन्धारा सरुवा गरियो । जगन्नाथदेवल (केन्द्रीय) कारागारको अस्पतालमा उपचार गर्ने गरी उनलाई सिन्धुलीबाट काठमाडौं ल्याइएको थियो । ३१ साउनमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले […]

इन्द्रजात्रामा सुनसान बसन्तपुर (फोटो फिचर)

हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ। काठमाडौंमा ठूलो लिंगोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो ठड्याउने पनि चलन छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । जुन इन्द्रका छोरा जयन्तको प्रतीक मानिन्छ । इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै […]

कार्यक्षेत्रमा खट्दा संक्रमित भएँ, तर मनोबल उच्च छ : मेयर शाक्य

१६ भदौ, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, । उनले यही ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त […]

जनगणनामा सोधिने प्रश्नावली तयार (नमूनासहित)

१६ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । आगामी वर्ष राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ । यसमा घर रहेको स्थान, ठेगाना रहनेछ […]

डोटीमा २१ सैनिकमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, डोटी । नेपाली सेनाका २१ जना सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जना सैनिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । मलासीका अनुसार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार भएको परीक्षणबाट सैनिकहरुमा संक्रमण पुष्टि […]

हेटौंडामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

१६ भदौ, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका क्षेत्रमा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९ जना हेटौंडाकै वासिन्दा र एक जना हेटौंडामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । भदौ १३ गते संकलन गरेको स्वाबको रिपोर्ट मंगलबार सार्वजनिक भएको हो । कुल २ सय ७५ […]

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार […]

कर्मचारी सरुवा गरेर संघीय सरकारले अप्ठेरो पार्‍यो : मुख्यमन्त्री राउत

१६ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीसँग लड्ने समयमा संघीय सरकारले कर्मचारी सरुवा गरेर अप्ठेरो पारेको बताएका छन् । कोरोना नियन्त्रण गर्ने सन्दर्भमा धनुषा र महोत्तरीका सरोकारबालासँग सुझाव लिन मंगलबार बर्दिवासमा आयोजना गरिएको छलफलमा मुख्यमन्त्री राउतले महामारीको गम्भीर समयमा सचिव र कर्मचारीको सरुवा गर्नु दुर्भाग्य भएको बताए । प्रदेशमा कोरोना […]

फर्पिङ र छैमलेका कृषकको पिरलो : नास्पाती बारीमै कुहिने भो !

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूलहरु बजार अभावमा कुहिएर जाने अवस्थामा आएको हो । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बोटमै कुहिने अवस्थामा पुगेको छ । वषर्ाको सिजनमा नास्पाती बिक्रीबाट आएको […]

बागमती प्रदेशका ८ जिल्ला अस्पताल स्तरोन्नति गरिने

१६ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले मातहतमा रहेका जिल्लामा स्वास्थ्य सुविधा पुर्‍याउनका लागि अस्पतालको स्तरोन्नति गर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको हो । प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु छन् । हाल दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल नभएको भन्दै […]

प्रधानमन्त्रीले भने-युरिया मल दिन बंगालादेश सकारात्मक

१६ भदौ, काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले टि्वटर मार्फत यसको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री हसिनासँग दुई […]

कृषि ज्ञान केन्द्रको सेवा प्रभावकारी बनाउन किसान महासंघको माग

१६ भदौ, वीरगञ्ज । कृषि ज्ञान केन्द्रबाट पाउनुपर्ने सेवा सुविधा राम्रोसँग नपाएको गुनासो अखिल नेपाल किसान महासंघ पर्साले गरेको छ । महासंघले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै कृषि ज्ञान केन्द्र पर्साबाट पाउने कृषिसम्बन्धी परामर्श तथा अन्य सेवा सुविधाहरु समेत नपाएको गुनासो गरेको हो । बालीमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि परामर्श तथा […]

मंगलबार विदेशबाट २६४ जना नेपाल आए

१६ भदौ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल […]

कोरोनामुक्त भएर घर जाँदा छिमेकीले गरे स्वागत

१६ भदौ, विराटनगर । विराटनगर महानगरपालिका-१२ का किशोर धमला २० दिनपछि कोरोना मुक्त भए । २० दिन होल्डिङ आइसोलेसनमा बसेका उनलाई घर जान पाउँदा खुसी थिए । घर पुगेपछि उनको खुसीको सीमा रहेन । संक्रमणमुक्त भएपछि घर पुगेका उनलाई छिमेकीहरुले स्वागत गरे । मंगलबार संक्रमण मुक्त भएका धमला, उनकी श्रीमती र छोरीलाई छिमेकीले फूलका गुच्चा […]

सुदूरपश्चिम प्रदेशमा १०१ जनामा कोरोना संक्रमण

१६ भदौ कैलाली । सुदूरपश्चिम प्रदेशमा म‌ंगलबार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी, डडेल्धुरा र डोटी प्रयोगशालामा गरिएको परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ५ सय ६६ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । धनगढी […]



from समाचार – Online Khabar https://ift.tt/3beEDFw
via IFTTT
Powered by Blogger.