समाचार
१४ जेठ, काठमाडौं । न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । परिषदको मंगलबार बसेको वैठकले कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराको प्रस्तावमा परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले […]
१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्ष सबै आर्थिक परिसुचकहरु उत्साहजनक रहेको बताइरहँदा राजश्व असुलीको लक्ष्य भने सरकारले भेट्ने अवस्था छैन । गत वर्षको बजेटमा बढी महत्वाकांक्षी भएर अर्थमन्त्रीले ३५ प्रतिशत राजश्व वृद्धिको प्रक्षेपण गरेका थिए । तर, चैतसम्मको आँकडा हेर्दा २५ प्रतिशतको हाराहारीमा राजश्व बढ्न सक्ने देखिएको छ । सरकारको लक्ष्य […]
१४ जेठ, हेटौंडा । प्रदेश ३ सरकारले २०८५ सालसम्ममा काठमाडौ, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई प्रोत्साहित गरेर विद्युतीय उपकरणमा आधारित सवारी सञ्चालन गर्ने उल्लेख गरिएको छ । गत वर्ष पनि […]
१४ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको हो । उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक व्यक्तिको पहिचान हुन नसकेको तथा शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय […]
१४ जेठ, गोरखा । गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि आउँछ रानीपोखरी । छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्लो दरबार । नेपालको बास्तुकलाको इतिहासमा परम्परागत शैलीको कान्छो दरबार । साँघुरिँदै गएको ठूलो आँगनमा कुनै बेला अड्डाको नामले चिनिने तल्लो दरबार […]
१४ जेठ, काठमाडौं । ‘कत्तिको खुशी हुनुहुन्छ ?’ २४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका कामिरिता शेर्पालाई सोध्दा अप्रत्यासित जवाफ आउँछ, ‘खुशी छैन, म । रेकर्ड बनाउन चढेको भए पो खुशी हुनु । बाध्यताले चढेको मान्छे !’ कामिरिताको मनस्थिति यिनै शब्दहरुबाट झल्किन्छ, तर उनी यत्तिमै रोकिँदैनन् । भन्छन्, ‘सरकारले हिमाल र शेर्पाको नाम बेचेर […]
१४ जेठ, काठमाडौं । रेलमार्गका लागि सरकारले अघिल्लो वर्षभन्दा दोब्बर बजेट विनियोजनको तयारी गरेको छ । विभिन्न रेलमार्गहरु निर्माणका लागि करिब ९ अर्ब बजेट विनियोजन गर्न लागेको स्रोतले बतायो । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बजेटमा रेलका लागि जग्गा अधिग्रहण लगायतका कामका लागि बजेट छुट्याइन लागेको हो । पूर्वपश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट […]
१४ जेठ, विराटनगर । प्रदेश १ का एक संसदले भने सांसद विकास कोष खारेजीको माग गरेका छन् । सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा अन्य सांसदको भन्दा भिन्न माग राख्दै संसद विकास कोष खारेजीको माग गरेका हुन् । प्रदेश सभामा पेश भएको विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्रथमिकता र […]
१४ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले सञ्चारकर्मी भन्दा पनि नागरिकको आवाज दबाउने जानकारहरू बताउँछन् । मंगलबार ललितपुरमा आयोजित ‘करेन्ट स्टेट अफ सिभिल लिबर्टी एण्ड फन्डामेन्टल फ्रिडम्स इन नेपाल’ शीर्षकको छलफलका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । एमनेस्टी इन्टरनेसनल नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया […]
१४ जेठ, जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिकाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार उक्त नगरपालिका ४ स्थित ठूलो लत्मरी मन्दिर नजिकबाट परोहा नगरपालिका ९ बसनपट्टीका ४५ बर्षीय छोटेलाल साहलाई कटुवा पेस्तोलसहित मंगलबार पक्राउ गरिएको छ । चेकजाँचका क्रममा पक्राउ परेका साहको साथबाट एक थान कटुवा पेस्तोलसहित […]
१४ जेठ, जनकपुरधाम । प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यबहार अनुगमन गरिने भएको छ । यसका निम्ति आचरण अनुगमन समिति बनाइएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ । बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको […]
१४ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गेटमा बसेर कर्मचारीहरुले ‘मुख हेरिदिनुस् है’ भन्ने गरेको बताएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि संशोधन दर्ता गरेका संसोधनकर्ता सांसदहरुसंग छलफल थियो । संशोधनकर्ताहरुले उठाएका प्रश्न तथा जिज्ञासाको […]
१४ जेठ, बुटवल । जेठको उखरमाउलो गर्मी । त्यसमाथि तातो हावा चल्ने जंगलको ठाउँ । देवदह नगरपालिका-६ स्थित बुद्ध सामुदायिक वनको एक छेउमा मूर्त्तिकारहरु असिनपसिन हुँदै रुखका ठुटालाई कुँदेर बिभिन्न आकृतिका मूर्त्ति बनाइरहेका छन् । देशका विभिन्न जिल्लाबाट आएका डेढदर्जन मूर्त्तिकारहरु बिहान ७ बजे जम्मा हुन्छन् अनि कसैले साल, कसैले जामुन त कसैले कर्माको रुखका […]
१४ जेठ, काठमाडौं । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको रुपनी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा आएको हो । अब पूर्व पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत्लाई रुपनी […]
१४ जेठ, काठमाडौं । मधेशी आयोगले प्रदेश–२ का विभिन्न जिल्लाहरुमा ‘मधेसीको समस्या र समाधान’ विषयमा अन्तर्क्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त को अध्यक्षतामा प्रदेश – २ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरिक समाज, जनप्रतिनिधि, प्रशासनिक निकाय तथा पत्रकारहरुसँग अन्तर्क्रिया गरेको हो । सरकारले […]
१४ जेठ, काठमाडौं । तराई, मधेस द्रुतमार्ग (फाष्ट-ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषदमा पुगेर रोकिएको छ । राष्ट्रिय गौरवको आयोजना फाष्ट ट्रयाक नेपाली सेनाले डीपीआरविनै निर्माण गरिरहेको छ । डीपीआर तयार नभई हचुवाको भरमा काम गरिएको भन्दै आलोचना खेपेको आयोजनाको डीपीआर मन्त्रिपरिषद्मा पुगेको दुई महिनासम्म स्वीकृत भएको छैन । आयोजना प्रमुख एवं नेपाली सेनाका उपरथी […]
१४ जेठ, दार्चुला । यार्सा टिप्न जानेहरुका लागि दार्चुलामा दुर्घटना बीमा गरिने भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक १० लाखसम्मको दुर्घटना बीमा सुविधाको व्यवस्था गरेको हो । यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण वर्षेनी यार्सा संकलकहरुको मृत्यु हुने गरेकोले बीमाको व्यवस्था गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए […]
१४ जेठ, वीरगञ्ज । वीरगञ्ज नाकाबाट मात्रै ९४ अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ९४ अर्ब २१ करोड ४८ लाख ७६ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार नाकाबाट डिजल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टटीतेल आयात हुँदै आएको छ । पेट्रोलियम पदार्थको […]
१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किनै स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अभियान अन्तर्गत वीरगञ्जको माइस्थानमा मंगलबार मात्रै ३०० वटा साइकलमा रातिमा टल्कने स्टिकर लगाइएको छ । माइस्थान चोकमा कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य गरी ३०० वटामा स्टिकर लगाएको […]
१४ जेठ, विराटनगर । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ को सीमा क्षेत्र भएर बग्ने सिंघिया खोलाको बहाव छेकेर जग्गा प्लटिङ सुरु गरेको छ । सिंघिया खोलाको प्राकृतिक धारलाई परिवर्तन गर्ने गरी तारजाली लगाएर आठ जनाको समूहले जग्गा प्लटिङ सुरु गरेको हो । जग्गा प्लटिङ गर्ने समूहमा दूरसञ्चार प्राधिकरणका वर्तमान तथा निवर्तमान कर्मचारीहरु समेत छन् । […]
१४ जेठ, काठमाडौं । अष्ट्रेलिया सरकारलेे नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर […]
from समाचार – Online Khabar http://bit.ly/2YRZLtK
via IFTTT






















