समाचार
१५ जेठ, काठमाडौं । जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्– हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो […]
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित हुँदै गएको बताएकी छन् । यो सबै नेपालीका लागि गौरवको विषय भएको उनको भनाइ छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘विश्वमा लोकपि्रय तथा समृद्ध पद्दतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन […]
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् । माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ । असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ […]
१५ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा भारतले बंगलादेशमाथि सहज जित निकालेको छ । सोफिया गार्डेन्समा मंगलबार राति भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो । ३६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २६४ रन मात्रै बनाउन सक्यो । बंगलादेशका मुश्फिक्युर रहिमले ९० रन […]
१५ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको हो । ४२२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा ३३० रन बनाएको थियो । न्युजिलयन्डका लागि टोम ब्लुन्डलले शतक प्रहार […]
१५ जेठ, काठमाडौं । बजेट र गणतन्त्र दिवससँग सम्बन्धित सामग्री आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति र बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरुले उठाएका छन् । कान्तिपुरले आज गणतन्त्र आउनुअघिका जनआन्दोलनमा ४ छोरा गुमाएकी सुभद्रमाया दर्नालको लामो कथा–व्यथा छापेको छ । सुभद्राका जेठा छोरा काजी, माइला भक्त, काइला उद्धव र कान्छा अमृत […]
१५ जेठ, काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा खुल्दैछ । नेपाल-चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा शुभारम्भ गर्नेे कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । तातोपानी नाकाबाट तत्कालका लागि मालबाहक ट्रकमात्र आवात-जावत […]
१५ जेठ, काठमाडौं । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई […]
१४ जेठ, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबारे मुख्य तीन सुरक्षा अंगको दृष्टिकोण एकैखालको छ । तीनै सुरक्षा अंगले यो समस्या राजनीतिक तहबाटै समाधान गरिनुपर्छ भन्ने समान धारणा राख्दै आएका छन् । नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सार्वजनिकरुपमै विप्लव समूहप्रति राजनीतिक व्यवहार गरिनुपर्ने बताउँदै वार्ता र सहमति नै उत्तम विकल्प रहेको बताइसकेका छन् […]
१४ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) मा बैवाहिक अंगीकृत नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थालाई कडा बनाउने छलफल चलेको छ । स्रोतका अनुसार भारतमा जस्तै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था नागरिकता ऐनमा गर्न नेकपाका शीर्षनेताहरु सहमत भएका छन् । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ […]
१४ जेठ, काठमाडौं । नेपालको ६८ औं बजेट आउने पूर्व सन्ध्यामा वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई यो वर्ष लोकप्रिय र महत्वकांक्षी बजेट ल्याउनुपर्ने दबाव छ । राजनीतिक नेतृत्वबाट आएको दबावलाई टार्न नसक्ने अवस्थामा पुगेकाले बजेट केही हदसम्म वितरणमुखी हुने निश्चित छ । अर्थमन्त्रीलाई महत्वकांक्षी हुने मात्र होइन, वितरणवादी हुँदै आफ्नै सिद्धान्त मिच्नुपर्ने बाध्यता छ । […]
१४ जेठ, काठमाडौं । न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । परिषदको मंगलबार बसेको वैठकले कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराको प्रस्तावमा परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले […]
१४ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानमन्त्री करारमा आउन […]
१४ जेठ, हेटौंडा । प्रदेश ३ सरकारले २०८५ सालसम्ममा काठमाडौ, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई प्रोत्साहित गरेर विद्युतीय उपकरणमा आधारित सवारी सञ्चालन गर्ने उल्लेख गरिएको छ । गत वर्ष पनि […]
१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न आदेश दिएको छ । साथै यो रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उलंघन भएको हो वा होइन हेर्न यकीन गर्न राष्ट्र बैंकलाई आदेश दिएको छ । सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर (करिब ८० करोड […]
१४ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको हो । उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक व्यक्तिको पहिचान हुन नसकेको तथा शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय […]
१४ जेठ, काठमाडौं । रेलमार्गका लागि सरकारले अघिल्लो वर्षभन्दा दोब्बर बजेट विनियोजनको तयारी गरेको छ । विभिन्न रेलमार्गहरु निर्माणका लागि करिब ९ अर्ब बजेट विनियोजन गर्न लागेको स्रोतले बतायो । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बजेटमा रेलका लागि जग्गा अधिग्रहण लगायतका कामका लागि बजेट छुट्याइन लागेको हो । पूर्वपश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट […]
१४ जेठ, विराटनगर । प्रदेश १ का एक संसदले भने सांसद विकास कोष खारेजीको माग गरेका छन् । सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा अन्य सांसदको भन्दा भिन्न माग राख्दै संसद विकास कोष खारेजीको माग गरेका हुन् । प्रदेश सभामा पेश भएको विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्रथमिकता र […]
१४ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले सञ्चारकर्मी भन्दा पनि नागरिकको आवाज दबाउने जानकारहरू बताउँछन् । मंगलबार ललितपुरमा आयोजित ‘करेन्ट स्टेट अफ सिभिल लिबर्टी एण्ड फन्डामेन्टल फ्रिडम्स इन नेपाल’ शीर्षकको छलफलका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । एमनेस्टी इन्टरनेसनल नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया […]
१४ जेठ, जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिकाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार उक्त नगरपालिका ४ स्थित ठूलो लत्मरी मन्दिर नजिकबाट परोहा नगरपालिका ९ बसनपट्टीका ४५ बर्षीय छोटेलाल साहलाई कटुवा पेस्तोलसहित मंगलबार पक्राउ गरिएको छ । चेकजाँचका क्रममा पक्राउ परेका साहको साथबाट एक थान कटुवा पेस्तोलसहित […]
१४ जेठ, जनकपुरधाम । प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यबहार अनुगमन गरिने भएको छ । यसका निम्ति आचरण अनुगमन समिति बनाइएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ । बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको […]
from समाचार – Online Khabar http://bit.ly/2Qsn1vt
via IFTTT






















