Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बजेटमा राजश्व नीति : नयाँ व्यवसायमा पस्ने, पुरानालाई कस्ने

१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्ष सबै आर्थिक परिसुचकहरु उत्साहजनक रहेको बताइरहँदा राजश्व असुलीको लक्ष्य भने सरकारले भेट्ने अवस्था छैन । गत वर्षको बजेटमा बढी महत्वाकांक्षी भएर अर्थमन्त्रीले ३५ प्रतिशत राजश्व वृद्धिको प्रक्षेपण गरेका थिए । तर, चैतसम्मको आँकडा हेर्दा २५ प्रतिशतको हाराहारीमा राजश्व बढ्न सक्ने देखिएको छ । सरकारको लक्ष्य […]

प्रदेश ३ को नीति तथा कार्यक्रम : ६ शहरमा १० वर्षभित्र विद्युतीय गाडी

१४ जेठ, हेटौंडा । प्रदेश ३ सरकारले २०८५ सालसम्ममा काठमाडौ, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई प्रोत्साहित गरेर विद्युतीय उपकरणमा आधारित सवारी सञ्चालन गर्ने उल्लेख गरिएको छ । गत वर्ष पनि […]

उखुबारीमा भेटियो पुरुषको शव

१४ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको हो । उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक व्यक्तिको पहिचान हुन नसकेको तथा शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय […]

कान्छो दरबारको कथा !

१४ जेठ, गोरखा । गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि आउँछ रानीपोखरी । छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्लो दरबार । नेपालको बास्तुकलाको इतिहासमा परम्परागत शैलीको कान्छो दरबार । साँघुरिँदै गएको ठूलो आँगनमा कुनै बेला अड्डाको नामले चिनिने तल्लो दरबार […]

‘म पटक्कै खुशी छैन’

१४ जेठ, काठमाडौं । ‘कत्तिको खुशी हुनुहुन्छ ?’ २४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका कामिरिता शेर्पालाई सोध्दा अप्रत्यासित जवाफ आउँछ, ‘खुशी छैन, म । रेकर्ड बनाउन चढेको भए पो खुशी हुनु । बाध्यताले चढेको मान्छे !’ कामिरिताको मनस्थिति यिनै शब्दहरुबाट झल्किन्छ, तर उनी यत्तिमै रोकिँदैनन् । भन्छन्, ‘सरकारले हिमाल र शेर्पाको नाम बेचेर […]

बजेटमा रेलमार्गलाई ९ अर्ब छुट्याइँदै

१४ जेठ, काठमाडौं । रेलमार्गका लागि सरकारले अघिल्लो वर्षभन्दा दोब्बर बजेट विनियोजनको तयारी गरेको छ । विभिन्न रेलमार्गहरु निर्माणका लागि करिब ९ अर्ब बजेट विनियोजन गर्न लागेको स्रोतले बतायो । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा बजेटमा रेलका लागि जग्गा अधिग्रहण लगायतका कामका लागि बजेट छुट्याइन लागेको हो । पूर्वपश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट […]

सत्तारुढ सांसदले नै भने – सांसदलाई बजेट दिनुहुन्न

१४ जेठ, विराटनगर । प्रदेश १ का एक संसदले भने सांसद विकास कोष खारेजीको माग गरेका छन् । सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा अन्य सांसदको भन्दा भिन्न माग राख्दै संसद विकास कोष खारेजीको माग गरेका हुन् । प्रदेश सभामा पेश भएको विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्रथमिकता र […]

‘मिडिया विधेयकले नागरिकको आवाज दबाउँछ’

१४ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले सञ्चारकर्मी भन्दा पनि नागरिकको आवाज दबाउने जानकारहरू बताउँछन् । मंगलबार ललितपुरमा आयोजित ‘करेन्ट स्टेट अफ सिभिल लिबर्टी एण्ड फन्डामेन्टल फ्रिडम्स इन नेपाल’ शीर्षकको छलफलका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । एमनेस्टी इन्टरनेसनल नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया […]

कटुवा पेस्तोलसहित एक जना पक्राउ

१४ जेठ, जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिकाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार उक्त नगरपालिका ४ स्थित ठूलो लत्मरी मन्दिर नजिकबाट परोहा नगरपालिका ९ बसनपट्टीका ४५ बर्षीय छोटेलाल साहलाई कटुवा पेस्तोलसहित मंगलबार पक्राउ गरिएको छ । चेकजाँचका क्रममा पक्राउ परेका साहको साथबाट एक थान कटुवा पेस्तोलसहित […]

प्रदेश २ मा सांसदको आचरण अनुगमन गर्न समिति गठन

१४ जेठ, जनकपुरधाम । प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यबहार अनुगमन गरिने भएको छ । यसका निम्ति आचरण अनुगमन समिति बनाइएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ । बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको […]

‘स्थायी राष्ट्रसेवकबाट रिजल्ट आइरहेको छैन्’

१४ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गेटमा बसेर कर्मचारीहरुले ‘मुख हेरिदिनुस् है’ भन्ने गरेको बताएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि संशोधन दर्ता गरेका संसोधनकर्ता सांसदहरुसंग छलफल थियो । संशोधनकर्ताहरुले उठाएका प्रश्न तथा जिज्ञासाको […]

देवदहमा काठका ठुुटामा कुँदिए अनेक मूर्तिहरू (फोटो फिचर)

१४ जेठ, बुटवल । जेठको उखरमाउलो गर्मी । त्यसमाथि तातो हावा चल्ने जंगलको ठाउँ । देवदह नगरपालिका-६ स्थित बुद्ध सामुदायिक वनको एक छेउमा मूर्त्तिकारहरु असिनपसिन हुँदै रुखका ठुटालाई कुँदेर बिभिन्न आकृतिका मूर्त्ति बनाइरहेका छन् । देशका विभिन्न जिल्लाबाट आएका डेढदर्जन मूर्त्तिकारहरु बिहान ७ बजे जम्मा हुन्छन् अनि कसैले साल, कसैले जामुन त कसैले कर्माको रुखका […]

सप्तरीको १३२/३३ केभी रुपनी सबस्टेसन सञ्चालन

१४ जेठ, काठमाडौं । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको रुपनी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा आएको हो । अब पूर्व पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत्लाई रुपनी […]

प्रदेश –२ मा मधेशी आयोगको अन्तर्क्रिया कार्यक्रम

१४ जेठ, काठमाडौं । मधेशी आयोगले प्रदेश–२ का विभिन्न जिल्लाहरुमा ‘मधेसीको समस्या र समाधान’ विषयमा अन्तर्क्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त को अध्यक्षतामा प्रदेश – २ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरिक समाज, जनप्रतिनिधि, प्रशासनिक निकाय तथा पत्रकारहरुसँग अन्तर्क्रिया गरेको हो । सरकारले […]

फाष्ट ट्रयाकको डीपीआर २ महिनादेखि मन्त्रिपरिषदमा अड्कियो

१४ जेठ, काठमाडौं । तराई, मधेस द्रुतमार्ग (फाष्ट-ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषदमा पुगेर रोकिएको छ । राष्ट्रिय गौरवको आयोजना फाष्ट ट्रयाक नेपाली सेनाले डीपीआरविनै निर्माण गरिरहेको छ । डीपीआर तयार नभई हचुवाको भरमा काम गरिएको भन्दै आलोचना खेपेको आयोजनाको डीपीआर मन्त्रिपरिषद्मा पुगेको दुई महिनासम्म स्वीकृत भएको छैन । आयोजना प्रमुख एवं नेपाली सेनाका उपरथी […]

दार्चुलामा यार्सा टिप्नेलाई दुर्घटना बीमा

१४ जेठ, दार्चुला । यार्सा टिप्न जानेहरुका लागि दार्चुलामा दुर्घटना बीमा गरिने भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक १० लाखसम्मको दुर्घटना बीमा सुविधाको व्यवस्था गरेको हो । यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण वर्षेनी यार्सा संकलकहरुको मृत्यु हुने गरेकोले बीमाको व्यवस्था गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए […]

वीरगञ्जबाट मात्रै भित्रियो झण्डै एक खर्बको इन्धन

१४ जेठ, वीरगञ्ज । वीरगञ्ज नाकाबाट मात्रै ९४ अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ९४ अर्ब २१ करोड ४८ लाख ७६ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार नाकाबाट डिजल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टटीतेल आयात हुँदै आएको छ । पेट्रोलियम पदार्थको […]

वीरगञ्जमा दुर्घटना रोक्न साइकलमा रातिमा टल्किने स्टिकर

१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किनै स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अभियान अन्तर्गत वीरगञ्जको माइस्थानमा मंगलबार मात्रै ३०० वटा साइकलमा रातिमा टल्कने स्टिकर लगाइएको छ । माइस्थान चोकमा कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य गरी ३०० वटामा स्टिकर लगाएको […]

खोलाको धार परिर्वतन गरेर प्लटिङ

१४ जेठ, विराटनगर । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ को सीमा क्षेत्र भएर बग्ने सिंघिया खोलाको बहाव छेकेर जग्गा प्लटिङ सुरु गरेको छ । सिंघिया खोलाको प्राकृतिक धारलाई परिवर्तन गर्ने गरी तारजाली लगाएर आठ जनाको समूहले जग्गा प्लटिङ सुरु गरेको हो । जग्गा प्लटिङ गर्ने समूहमा दूरसञ्चार प्राधिकरणका वर्तमान तथा निवर्तमान कर्मचारीहरु समेत छन् । […]

अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई भन्यो : नेपाल भ्रमणमा उच्च सावधानी अपनाउनू

१४ जेठ, काठमाडौं । अष्ट्रेलिया सरकारलेे नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर […]

जनार्दन शर्माको प्रस्ताव – मुख्य सचिव करारमा नियुक्त गरौं

१४ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानमन्त्री करारमा आउन […]



from समाचार – Online Khabar http://bit.ly/2MbEf1B
via IFTTT
Powered by Blogger.