Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जबाट मात्रै भित्रियो झण्डै एक अर्बको इन्धन

१४ जेठ, वीरगञ्ज । वीरगञ्ज नाकाबाट मात्रै ९४ अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ९४ अर्ब २१ करोड ४८ लाख ७६ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार नाकाबाट डिजल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टटीतेल आयात हुँदै आएको छ । पेट्रोलियम पदार्थको […]

विश्वकप नजर : क्रिस गेल र रसेललाई रोक्ने को ?

१३ जेठ, काठमाडौं । विश्वकप क्रिकेट जति नजिकिँदै छ प्रश्न उति बढी सुनिँदै छ, यसपटक कसले जित्ला ? अनुमान गाह्रो भए पनि क्रिकेट प्रेमीहरु कुन देशमा को खेलाडी खेल्दै छन् भन्ने खोजिमा देखिन्छन् । विश्वकप मुखैमा आइपुग्दा तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्य बनाएको वेष्ट इन्डिज टिम कस्तो छ त ? वेष्ट इन्डिजमा विश्वका विष्फोटक […]

वीरगञ्जमा दुर्घटना रोक्न साइकलमा रातिमा टल्किने स्टिकर

१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किनै स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले अभियान अन्तर्गत वीरगञ्जको माइस्थानमा मंगलबार मात्रै ३०० वटा साइकलमा रातिमा टल्कने स्टिकर लगाइएको छ । माइस्थान चोकमा कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य गरी ३०० वटामा स्टिकर लगाएको […]

खोलाको धार परिर्वतन गरेर प्लटिङ

१४ जेठ, विराटनगर । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ को सीमा क्षेत्र भएर बग्ने सिंघिया खोलाको बहाव छेकेर जग्गा प्लटिङ सुरु गरेको छ । सिंघिया खोलाको प्राकृतिक धारलाई परिवर्तन गर्ने गरी तारजाली लगाएर आठ जनाको समूहले जग्गा प्लटिङ सुरु गरेको हो । जग्गा प्लटिङ गर्ने समूहमा दूरसञ्चार प्राधिकरणका वर्तमान तथा निवर्तमान कर्मचारीहरु समेत छन् । […]

अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई भन्यो : नेपाल भ्रमणमा उच्च सावधानी अपनाउनू

१४ जेठ, काठमाडौं । अष्ट्रेलिया सरकारलेे नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर […]

जनार्दन शर्माको प्रस्ताव – मुख्य सचिव करारमा नियुक्त गरौं

१४ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानमन्त्री करारमा आउन […]

आर्थिक वृद्धि प्रदेश ५ को बढी, जीडीपीमा प्रदेश ३ अघि

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा सात प्रदेशमध्ये प्रदेश ५ को आर्थिक वृद्धि सबैभन्दा बढी हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा प्रदेश ५ ले सबैभन्दा धेरै ७.९ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान छ । आर्थिक वृद्धिका हिसाबले गण्डकी प्रदेश दोस्रो स्थानमा छ । उसले यो वर्ष […]

पर्यटक त आए तर खर्च घटाए

१४ जेठ , काठमाडौं । नेपाल भ्रमण गर्ने पर्यटक संख्यामा उल्लेख्य वृद्धि भए पनि उनीहरुको नेपाल बस्ने अवधि र गर्ने खर्चमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा ह्रास आएको छ । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्ष १२.६ प्रतिदिन नेपाल बस्ने गरी आएका पर्यटकले प्रतिदिन ५४ डलर खर्च गर्ने गरेका थिए । तर, […]

कान्छो दरबारको कथा !

१४ जेठ, गोरखा । गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि आउँछ रानीपोखरी । छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्लो दरबार । नेपालको बास्तुकलाको इतिहासमा परम्परागत शैलीको कान्छो दरबार । साँघुरिँदै गएको ठूलो आँगनमा कुनै बेला अड्डाको नामले चिनिने तल्लो दरबार […]

गुल्मी कारागारका कैदीबन्दीले कमाउँछन् मासिक १० हजार

१४ जेठ, गुल्मी । कारगारभित्रै कसरी कमाउन सकिन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ । तर, सीपको सदुपयोग भयो भने कारागारभित्र पनि राम्रै आम्दानी गर्न सकिन्छ । जिल्ला कारागार गुल्मी बाहिरबाट हेर्दा कारागार जस्तै छ । भित्र पुगेपछि अनुशासित र पौरखीहरुको बेग्लै संसार देखिन्छ । ६९ जना कैदीबन्दी कसैको हात पनि खाली हुँदैन । गुल्मी कारागार […]

विद्युतीय रेल मार्गको ९३.६ किलोमिटर निर्माण

१४ जेठ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर–कुर्था […]

अधिवक्ता लुईंटेललाई धम्की दिएकोप्रति बारको विरोध

१४ जेठ, काठमाडौं । नेपाल बार एशोसिएसनले काभ्रे जिल्ला अदालतमा पक्षको तर्फबाट मुद्दामा प्रतिनिधित्व गरेका अधिवक्ता अनन्तराज लुईँटेलललाई ज्यान मार्ने धम्की आएको घटनामा आपत्ति जनाएको छ । लुईंटेललाई मुद्दाको अर्को पक्षले ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै बारले उक्त घटना धृणित, निन्दनीय र भत्र्सनायोग्य भएको बताएको छ । बारका महासचिव लीलालणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको […]

‘म पटक्कै खुशी छैन’

१४ जेठ, काठमाडौं । ‘कत्तिको खुशी हुनुहुन्छ ?’ २४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका कामिरिता शेर्पालाई सोध्दा अप्रत्यासित जवाफ आउँछ, ‘खुशी छैन, म । रेकर्ड बनाउन चढेको भए पो खुशी हुनु । बाध्यताले चढेको मान्छे !’ कामिरिताको मनस्थिति यिनै शब्दहरुबाट झल्किन्छ, तर उनी यत्तिमै रोकिँदैनन् । भन्छन्, ‘सरकारले हिमाल र शेर्पाको नाम बेचेर […]

संक्रमित विरुवा बिक्री गरे डेढ लाख जरिवाना, उत्पादन नभए क्षतिपूर्ति

१४ जेठ, काठमाडौं । सरकारले संक्रमित विरुवा विक्री गरेमा डेढ लाखसम्म जरिवाना गर्ने प्रावधानसहितको विधयेक अघि बढाएको छ । उक्त विधेयकमा सरकारको अनुमति नलिई बिउविजन प्रयोगशाला सञ्चालन गरेमा ३ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्थासमेत छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले संघीय संसदमा दर्ता गराएको बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न […]

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका ६८ योजना बजेटमा पर्लान् ?

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का ६८ वटा योजना बजेटमा पार्न प्रधानमन्त्री कार्यालयले योजना आयोगलाई पत्राचार गरेको विषय यसअघि निकै विवादित बन्यो । प्रधानमन्त्रीले आफ्नो जानकारीबिना कार्यालयले यस्तो काम गरेको भन्दै स्पष्टीकरणसमेत दिन बाध्य भए । प्रधानमन्त्रीको उक्त स्पष्टीकरणपछि आयोगले ती ६८ वटा प्रस्तावित योजनालाई के […]

पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?

१४ जेठ, काठमाडौं । वि.सं. १९९० सालको महाभूकम्पको दुई महिनापछिको कुनै आइतबार सिंहदरबार बिलियार्ड बैठक अघिल्तिरको चौरमा ठूलो पाल टाँगिएको थियो । श्री ५ त्रिभुवन, कमाण्डर इन चीफ रुद्रशमशेर जबरा, रोलवाला जनरल र उनीहरूका आफन्तजन श्री ३ महाराजको पर्खाइमा थिए । अपरान्ह ठीक दुई बजेर २५ मिनेट जाँदा दुबै हातमा लोडेड पेस्तोल लिएका जुद्धशमशेर बैठकको […]

फेसबुकबाट कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ

१३ जेठ, काठमाडौं । फेसबुकमार्फत कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई छन् । महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर […]

घरको जग खन्दा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो । जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । […]

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नेविसंघको प्रर्दशन

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए । प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो […]

शिवम सिमेन्ट उद्योग नजिकै बम

१४ जेठ, हेटौंडा । हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको  दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो । ‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने । बम निष्कृय पार्नका लागि […]

एनसेल बमकाण्डका आरोपीले छाडे विप्लव समूह

१४ जेठ, काठमाडौं । ललितपुरको नख्खुमा एनसेल प्रा.लि.को मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले विप्लव समूह परित्याग गरेका छन् । समूहको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै ९ चैतमा पक्राउ परेका शंकर अधिकारी, सञ्जीव कार्की र देवराज घिमिरेले समूह छाडेको घोषणा गरेका हुन् । समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी […]



from समाचार – Online Khabar http://bit.ly/2WnZuRK
via IFTTT
Powered by Blogger.