Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बर्दियाबाट तीन युवती बेपत्ता

१५ जेठ, राजापुर । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका […]

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै, भौतिक पूर्वाधार प्राथमिकतामा

१५ जेठ, काठमाडौं । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत […]

देश नयाँ युग प्रारम्भको मोडमा : देउवा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वय भइसकेकाले संक्रमणकालीन राजनीतिको अन्त्य भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘ऐतिहासिक निर्वाचनपश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाले आर्थिक समृद्धिको […]

मुग्लिनको आर्कब्रिज अन्तिम चरणमा, सडक १४ दिन बन्द हुने

१५ जेठ, चितवन । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । अब दुवै तर्फको पर्खालको सतह काटेर टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्ने काम बाँकी छ । यो काम गर्नका लागि बिहीबारबाट १४ दिनसम्म मुग्लिन सडकखण्ड बन्द गरिने छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर […]

कतारको भिसा सेन्टर खुल्दै, कामदारमाथि अर्को सिन्डिकेट लादिँदैछ ? 

१५ जेठ, काठमाडौं । कतारले अन्ततः नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरेाप लगाएका छन् । यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर’ खोल्न नदिने बताएका थिए । […]

कर्मचारीको तलव झण्डै दोब्बर बढाइएको त्यो बजेट

१५ जेठ, काठमाडौं । अहिले उच्च पदमा रहेका धेरै सरकारी कर्मचारीले ०५७/५८ ताका भर्खर करिअर सुरु गरेका थिए । कोही नायव सुब्बा त कोही भर्खरै शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । आर्थिक वर्ष ०५७/५८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारका पालामा अर्थमन्त्री महेश आचार्यले निजामति कर्मचारीलाई ‘सरप्राइज’ दिए । त्यसबेला नासुको तलव स्केल मासिक […]

अर्थका हाकिम बजेटमा व्यस्त हुँदा पुराना फाइल टेवलमा चुलिए

१५ जेठ, काठमाडौं । अर्थ मन्त्रालयमा महत्वपूर्ण महाशाखाका हाकिमहरु केही समयदेखि आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट लेखनमा भिडिरहेका छन् । यसरी बजेटमा केन्द्रित हुँदा उनीहरुको नियमित काम भने प्रभावित बन्दै आएको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरी अधिकारी र अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल […]

के पोखरा दुर्घटनाको पर्खाइमा छ ? विमानस्थलले झनै बिग्रने भो

पोखरा भन्नेबित्तिकै जोडिएर आउने कुरा व्यक्ति अनुसार फरक हुन्छ । पोखरा बाहिरबाट हेर्दा, सुन्दा र भन्दा जति सुन्दर र मोहक छ, बेलैमा सोचिएर र बोल्ड निर्णय लिन सकिएन भने त्यति नै कुरुप र खोक्रो हुने बाटोमा छ । पोखराको भौतिक विकास र पूर्वाधारको क्षेत्र नेतृत्वको ‘बोल्ड डिसिजन’को पर्खाइमा छ । चाहे व्यवस्थित बसोबासको कुरा होस्, […]

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

१५ जेठ, सल्यान । भोजपुरमा एक आमाले २२ महिने छोराको हत्या गरेको समाचार सेलाउन नपाउँदै सात महिने छोरी हत्या आरोपमा सल्यानबाट एक महिला पक्राउ परेकी छन् । छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरी हत्या आरोपमा पक्राउ गरेको हो । सात महिनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी […]

स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो, सरुवाको टुंगो छैन

१५ जेठ, काठमाडौं । तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन […]

पर्साका ८ वर्षीय बालकको अपहरणपछि हत्या

१५ जेठ, वीरगञ्ज । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको छ । गत शुक्रबार बिहान साढे १० […]

प्रधानमन्त्रीको संकल्प– जनताको अनुहार मलिन हुन दिँदैनौं

१५ जेठ, काठमाडौं । जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार जारी  शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्– हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो […]

गणतन्त्र जीवनपद्धतिको रूपमा स्थापित : राष्ट्रपति

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित हुँदै गएको बताएकी छन् । यो सबै नेपालीका लागि गौरवको विषय भएको उनको भनाइ छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘विश्वमा लोकपि्रय तथा समृद्ध पद्दतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन […]

राष्ट्रपतिबाट माधव राईसहित ४३४ कैदीको सजाय माफ

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् । माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ । असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ […]

धोनी र केएल राहुलको शतकमा भारतको जित

१५ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा भारतले बंगलादेशमाथि सहज जित निकालेको छ । सोफिया गार्डेन्समा मंगलबार राति भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो । ३६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २६४ रन मात्रै बनाउन सक्यो । बंगलादेशका मुश्फिक्युर रहिमले ९० रन […]

अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई हरायो

१५ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको हो । ४२२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा ३३० रन बनाएको थियो । न्युजिलयन्डका लागि टोम ब्लुन्डलले शतक प्रहार […]

गणतन्त्र दिवसकै दिन खुल्दैछ तातोपानी नाका

१५ जेठ, काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा खुल्दैछ । नेपाल-चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा शुभारम्भ गर्नेे कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । तातोपानी नाकाबाट तत्कालका लागि मालबाहक ट्रकमात्र आवात-जावत […]

आज गणतन्त्र दिवस : बिहान टुँडिखेलमा, साँझ नारायणहिटीमा विशेष कार्यक्रम

१५ जेठ, काठमाडौं । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई […]

सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

१४ जेठ, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबारे मुख्य तीन सुरक्षा अंगको दृष्टिकोण एकैखालको छ । तीनै सुरक्षा अंगले यो समस्या राजनीतिक तहबाटै समाधान गरिनुपर्छ भन्ने समान धारणा राख्दै आएका छन् । नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सार्वजनिकरुपमै विप्लव समूहप्रति राजनीतिक व्यवहार गरिनुपर्ने बताउँदै वार्ता र सहमति नै उत्तम विकल्प रहेको बताइसकेका छन् […]

नेकपामा बहस : विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता

१४ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) मा बैवाहिक अंगीकृत नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थालाई कडा बनाउने छलफल चलेको छ । स्रोतका अनुसार भारतमा जस्तै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था नागरिकता ऐनमा गर्न नेकपाका शीर्षनेताहरु सहमत भएका छन् । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ […]

ऋण थपेर ल्याइँदैछ वितरणमुखी बजेट

१४ जेठ, काठमाडौं । नेपालको ६८ औं बजेट आउने पूर्व सन्ध्यामा वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई यो वर्ष लोकप्रिय र महत्वकांक्षी बजेट ल्याउनुपर्ने दबाव छ । राजनीतिक नेतृत्वबाट आएको दबावलाई टार्न नसक्ने अवस्थामा पुगेकाले बजेट केही हदसम्म वितरणमुखी हुने निश्चित छ । अर्थमन्त्रीलाई महत्वकांक्षी हुने मात्र होइन, वितरणवादी हुँदै आफ्नै सिद्धान्त मिच्नुपर्ने बाध्यता छ । […]



from समाचार – Online Khabar http://bit.ly/2KbB0Vg
via IFTTT
Powered by Blogger.