Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डोटीमा २१ सैनिकमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, डोटी । नेपाली सेनाका २१ जना सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जना सैनिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । मलासीका अनुसार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार भएको परीक्षणबाट सैनिकहरुमा संक्रमण पुष्टि […]

हेटौंडामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

१६ भदौ, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका क्षेत्रमा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९ जना हेटौंडाकै वासिन्दा र एक जना हेटौंडामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । भदौ १३ गते संकलन गरेको स्वाबको रिपोर्ट मंगलबार सार्वजनिक भएको हो । कुल २ सय ७५ […]

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार […]

कर्मचारी सरुवा गरेर संघीय सरकारले अप्ठेरो पार्‍यो : मुख्यमन्त्री राउत

१६ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीसँग लड्ने समयमा संघीय सरकारले कर्मचारी सरुवा गरेर अप्ठेरो पारेको बताएका छन् । कोरोना नियन्त्रण गर्ने सन्दर्भमा धनुषा र महोत्तरीका सरोकारबालासँग सुझाव लिन मंगलबार बर्दिवासमा आयोजना गरिएको छलफलमा मुख्यमन्त्री राउतले महामारीको गम्भीर समयमा सचिव र कर्मचारीको सरुवा गर्नु दुर्भाग्य भएको बताए । प्रदेशमा कोरोना […]

फर्पिङ र छैमलेका कृषकको पिरलो : नास्पाती बारीमै कुहिने भो !

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूलहरु बजार अभावमा कुहिएर जाने अवस्थामा आएको हो । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बोटमै कुहिने अवस्थामा पुगेको छ । वषर्ाको सिजनमा नास्पाती बिक्रीबाट आएको […]

बागमती प्रदेशका ८ जिल्ला अस्पताल स्तरोन्नति गरिने

१६ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले मातहतमा रहेका जिल्लामा स्वास्थ्य सुविधा पुर्‍याउनका लागि अस्पतालको स्तरोन्नति गर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको हो । प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु छन् । हाल दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल नभएको भन्दै […]

प्रधानमन्त्रीले भने-युरिया मल दिन बंगालादेश सकारात्मक

१६ भदौ, काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले टि्वटर मार्फत यसको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री हसिनासँग दुई […]

कृषि ज्ञान केन्द्रको सेवा प्रभावकारी बनाउन किसान महासंघको माग

१६ भदौ, वीरगञ्ज । कृषि ज्ञान केन्द्रबाट पाउनुपर्ने सेवा सुविधा राम्रोसँग नपाएको गुनासो अखिल नेपाल किसान महासंघ पर्साले गरेको छ । महासंघले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै कृषि ज्ञान केन्द्र पर्साबाट पाउने कृषिसम्बन्धी परामर्श तथा अन्य सेवा सुविधाहरु समेत नपाएको गुनासो गरेको हो । बालीमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि परामर्श तथा […]

मंगलबार विदेशबाट २६४ जना नेपाल आए

१६ भदौ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल […]

कोरोनामुक्त भएर घर जाँदा छिमेकीले गरे स्वागत

१६ भदौ, विराटनगर । विराटनगर महानगरपालिका-१२ का किशोर धमला २० दिनपछि कोरोना मुक्त भए । २० दिन होल्डिङ आइसोलेसनमा बसेका उनलाई घर जान पाउँदा खुसी थिए । घर पुगेपछि उनको खुसीको सीमा रहेन । संक्रमणमुक्त भएपछि घर पुगेका उनलाई छिमेकीहरुले स्वागत गरे । मंगलबार संक्रमण मुक्त भएका धमला, उनकी श्रीमती र छोरीलाई छिमेकीले फूलका गुच्चा […]

सुदूरपश्चिम प्रदेशमा १०१ जनामा कोरोना संक्रमण

१६ भदौ कैलाली । सुदूरपश्चिम प्रदेशमा म‌ंगलबार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी, डडेल्धुरा र डोटी प्रयोगशालामा गरिएको परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ५ सय ६६ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । धनगढी […]

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

१६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि […]

जनगणनामा सोधिने प्रश्नावली तयार (नमूनासहित)

१६ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । आगामी वर्ष राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ । यसमा घर रहेको स्थान, ठेगाना रहनेछ […]

 कहिले निको होला बारेकोटको घाउ ?

१६ भदौ, जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट ! पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडीबुटीको पनि भण्डार नै हो । तर जाजरकोट जिल्लाको बारेकोटको यो […]

कार्यक्षेत्रमा खट्दा संक्रमित भएँ, तर मनोबल उच्च छ : मेयर शाक्य

१६ भदौ, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, । उनले यही ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको […]

लकडाउनको फुर्सदले बनायो चित्रकार

१६ भदौ, इलाम । कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन् । विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ […]

पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रुको व्यवस्थापन सेनाबाटै

१६ भदौ, काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने छ । साे जहाज  बुधबार काठमाडाैं फर्कने छ । बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट […]

देशभर १०६९ जना संक्रमित थपिए, उपत्यकामा ४८१

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु […]

कर्णालीमा १४ संक्रमित थपिए, ३३ डिस्चार्ज

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार […]

यतिकेमले ल्यायो नेपालमा रेमडेसिभिर औषधि

१६ भदौ, काठमाडौं । यतिकेम डिस्ट्रिव्युट्र्स प्रालिले कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधिको आयात गरेको छ । भारतीय औषधि निर्माण कम्पनी सिप्ला लिमिडेटबाट उत्पादित ४८० भाइल औषधि ल्याएको यतिकेमले जनाएको छ । कोरोनाका गम्भीर बिरामीको उपचारमा तुलनात्मक रुपमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर नेपालसहित विश्वभर क्लिनिकल ट्रायल (फेज थ्री) कै […]



from समाचार – Online Khabar https://ift.tt/2EYR9g0
via IFTTT
Powered by Blogger.