समाचार
१६ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले मातहतमा रहेका जिल्लामा स्वास्थ्य सुविधा पुर्याउनका लागि अस्पतालको स्तरोन्नति गर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको हो । प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु छन् । हाल दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल नभएको भन्दै […]
१६ भदौ, काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले टि्वटर मार्फत यसको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री हसिनासँग दुई […]
१६ भदौ, वीरगञ्ज । कृषि ज्ञान केन्द्रबाट पाउनुपर्ने सेवा सुविधा राम्रोसँग नपाएको गुनासो अखिल नेपाल किसान महासंघ पर्साले गरेको छ । महासंघले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै कृषि ज्ञान केन्द्र पर्साबाट पाउने कृषिसम्बन्धी परामर्श तथा अन्य सेवा सुविधाहरु समेत नपाएको गुनासो गरेको हो । बालीमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि परामर्श तथा […]
१६ भदौ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल […]
१६ भदौ, विराटनगर । विराटनगर महानगरपालिका-१२ का किशोर धमला २० दिनपछि कोरोना मुक्त भए । २० दिन होल्डिङ आइसोलेसनमा बसेका उनलाई घर जान पाउँदा खुसी थिए । घर पुगेपछि उनको खुसीको सीमा रहेन । संक्रमणमुक्त भएपछि घर पुगेका उनलाई छिमेकीहरुले स्वागत गरे । मंगलबार संक्रमण मुक्त भएका धमला, उनकी श्रीमती र छोरीलाई छिमेकीले फूलका गुच्चा […]
१६ भदौ कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी, डडेल्धुरा र डोटी प्रयोगशालामा गरिएको परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ५ सय ६६ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । धनगढी […]
१६ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । आगामी वर्ष राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ । यसमा घर रहेको स्थान, ठेगाना रहनेछ […]
१६ भदौ, जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट ! पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडीबुटीको पनि भण्डार नै हो । तर जाजरकोट जिल्लाको बारेकोटको यो […]
१६ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, । उनले यही ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त […]
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको […]
१६ भदौ, इलाम । कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन् । विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ […]
१६ भदौ, काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने छ । साे जहाज बुधबार काठमाडाैं फर्कने छ । बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट […]
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु […]
१६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार […]
१६ भदौ, काठमाडौं । यतिकेम डिस्ट्रिव्युट्र्स प्रालिले कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधिको आयात गरेको छ । भारतीय औषधि निर्माण कम्पनी सिप्ला लिमिडेटबाट उत्पादित ४८० भाइल औषधि ल्याएको यतिकेमले जनाएको छ । कोरोनाका गम्भीर बिरामीको उपचारमा तुलनात्मक रुपमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर नेपालसहित विश्वभर क्लिनिकल ट्रायल (फेज थ्री) कै […]
१६ भदौ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् । कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ । गत साउन […]
१६ भदौ, काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् […]
१६ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको उनले अनलाइनखबरलाई बताए । हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, […]
१६ भदौ, काठमाडौं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त ? ‘घर खर्च चलाउनै गाह्रो […]
१६ भदौ, विराटनगर । निषेधाज्ञाको समयमा भारततर्फ लैजादै गरेको गाजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१७ सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । सोमबार साँझ साढे ७ बजे को२त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको बोर्ड आउट पोस्ट (बीओपी) रानीको टोलीले गाँजासहित ट्याक्टर चालक […]
१४ भदौ, बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो । कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक […]
from समाचार – Online Khabar https://ift.tt/32DSGAk
via IFTTT






















