Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनगणनामा सोधिने प्रश्नावली तयार (नमूनासहित)

१६ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । आगामी वर्ष राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ । यसमा घर रहेको स्थान, ठेगाना रहनेछ […]

 कहिले निको होला बारेकोटको घाउ ?

१६ भदौ, जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट ! पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडीबुटीको पनि भण्डार नै हो । तर जाजरकोट जिल्लाको बारेकोटको यो […]

कार्यक्षेत्रमा खट्दा संक्रमित भएँ, तर मनोबल उच्च छ : मेयर शाक्य

१६ भदौ, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, । उनले यही ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको […]

लकडाउनको फुर्सदले बनायो चित्रकार

१६ भदौ, इलाम । कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन् । विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ […]

कर्णालीमा १४ संक्रमित थपिए, ३३ डिस्चार्ज

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार […]

कुटपिटबाट घाइते मुसहर दम्पत्ति अस्पतालमा बन्धक

१६ भदौ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् । कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ । गत साउन […]

हिरासतमा यातना दिएको देखिएपछि ३ प्रहरी निलम्बित

१६ भदौ, काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् […]

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदैन : प्रजिअ दाहाल

१६ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको उनले अनलाइनखबरलाई बताए । हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, […]

बोर्डिङ शिक्षकको पीडा : तलब माग्दा जागिरबाटै निष्कासन

१६ भदौ, काठमाडौं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त ? ‘घर खर्च चलाउनै गाह्रो […]

विराटनगरमा १४६ किलो गाँजा बरामद

१६ भदौ, विराटनगर । निषेधाज्ञाको समयमा भारततर्फ लैजादै गरेको गाजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१७ सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । सोमबार साँझ साढे ७ बजे को२त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको बोर्ड आउट पोस्ट (बीओपी) रानीको टोलीले गाँजासहित ट्याक्टर चालक […]

बुटवलमा प्लाज्मा बैंक स्थापना

१४ भदौ, बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो । कोरोना संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक […]

मापदण्ड नबनेसम्म होम डेलिभरी सेवा खुल्दैन : काठमाडौं प्रशासन

१५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा होम डेलिभरी सेवा खुला गर्ने कुनै समझदारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । सेवा सञ्चालन मापदण्डबारे कार्यदल गठिन गरिएको र उक्त कार्यदलको सिफारिसपछि मात्रै सेवा सञ्चालनबारे निर्णय हुने कार्यालयका एक अधिकारीले बताए । ‘अहिलेसम्म कुनै सहमति भएको छैन, सेवा सुचारु गर्न कुनै अनुमति दिएका छैनौँ,’ उनले भने […]

काठमाडौंका आकाशे पुल : महानगरलाई आम्दानी, यात्रुलाई हैरानी

१६ भदौ, काठमाडौं । पुरातत्व विभागबाट माइतीघरतिर जाने बाटोमा केही समयअघिसम्म रहेको जेब्राक्रसिङ अहिले मेटाइएको छ । छेउछाउमा ट्राफिक संकेत दिने लाइट त छ, तर बत्ती बल्दैन । फुटपाथ र सडकलाई जोड्न भिरालो स्वरूपमा बनाइएको अपांगता भएका व्यक्ति र दृष्टिविहीनहरुले समेत बाटो पार गर्न सक्ने संरचना अहिले मासिएको छ । जेब्रा क्रसिङ मासेर अहिले यहाँ […]

धरानमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, विराटनगर । सोमबार साँझ मृत्यु भएका धरानका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका-११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट […]

मल पैँचो लिनेबारे नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच छलफल हुने

१६ भदौ, काठमाडौं । गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसंग ५० हजार टन युरिया मल (पैँचो) सापटी माग्ने भएको छ । मल पैंचो माग्न दुई देशका सरकार प्रमुखबीच नै छलफलको तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । ‘नेपालका प्रधानमन्त्री छलफलका लागि तयार हुनुहुन्छ, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समय […]

कर चुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै जाँच्न सकिने

१६ भदौ, काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने गरी […]

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका कैदीको मृत्यु

१६ भदौ, काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले अनलाइनखबरलाई बताए । ‘उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा […]

कारागार नै कोरोनाको जोखिममा, कैदीबन्दी घटाउन कठिन

१६ भदौ, काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी कसूरका जिल्ला कारागार, सिन्धुलीको थुनामा रहेका एक कैदीलाई पेटमा समस्या देखिएपछि २६ साउनमा केन्द्रीय कारागार, सुन्धारा सरुवा गरियो । जगन्नाथदेवल (केन्द्रीय) कारागारको अस्पतालमा उपचार गर्ने गरी उनलाई सिन्धुलीबाट काठमाडौं ल्याइएको थियो । ३१ साउनमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले […]

भारतीय अर्थतन्त्रमा भारी गिरावट, जीडीपी २४ प्रतिशतले घट्यो

१६ भदौ, काठमाडौं । कोरोनाको महामारीले छिमेकी देश भारतको अर्थतन्त्रमा गहिरो चोट लागेको छ । भारतको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार भारतको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ, जुन अहिलेसम्मकै ठूलो गिरावट हो । सरकारले सोमबार प्रकाशित गरेको प्रतिवेदनमा लकडाउनका कारण धेरै उद्योगधन्दाहरु बन्द रहनाले अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख छ […]

गोरखा क्याम्पसका आशिंक प्राध्यापकले जलाए त्रिविको निर्देशिका

१६ भदौ, गोरखा । आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गोरखा क्याम्पसका आशिंक प्राध्यापकले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त  कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । उक्त निर्देशिका आशिंक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले मंगलवार क्याम्पस हाताभित्रै निर्देशिका जलाएको हो । ‘त्रिविले […]



from समाचार – Online Khabar https://ift.tt/3hOFgrO
via IFTTT
Powered by Blogger.