समाचार
११ कात्तिक, भरतपुर (चितवन) । चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी-१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो […]
११ कात्तिक, भरतपुर (चितवन) । पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका-१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी […]
११ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार घोषणा गरे, अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारे । ट्रम्पकाअनुसार शनिबार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प हृवाइट हाउसको सिचुएशन रुपमा अन्य […]
११ कात्तिक, जाजरकोट । भेरी नगरपालिका-१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह (९-१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष देखि पठनपाठन भइरहेको छ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको छ । ‘विद्यार्थीबाट एकमुष्ट शिक्षण शुल्क लिएर पाँच […]
११ कात्तिक, महोत्तरी । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका-८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिकुलिया बजारस्थित जयमहाराजा […]
११ कात्तिक, रेसुङ्गा । गुल्मीको रेसुङ्गास्थित गौशालामा सामुहिक गाईपूजा गरिएको छ । गाईको महत्वबारे जानकारी दिन पहिलोपटक गौ-प्रवचन पनि आयोजना गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर प्रसिद्ध धार्मिकस्थल रेसुङ्गाको गौशालामा रहेका गाईहरुको सामूहिक पूजा र गौप्रवचन गरिएको हो । रेसुङ्गाको गौशालामा हरेक वर्ष सामुहिक गाईपूजा हुँदै आएको छ । गाईपूजा गर्न […]
११ कात्तिक, चितवन । चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका-१ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो । महेन्द्र चोकको महिनी पार्टी प्यालेसमा आइतबार राति करिब सवा एक बजे जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा मारेको थियो […]
११ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ […]
११ कात्तिक, विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका- ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको […]
११ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घाइते अन्य तीन जनामध्ये एकजनाको अवस्था गम्भीर छ । आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती-५ निवासी २२ वर्षीय कृष्ण कुमालको […]
११ कात्तिक, काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ । बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् । उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा […]
११ कात्तिक, कावासोती । नवलपरासीको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी गुल्मीको गुल्मी दरबार गाउँपालिका-७ गलाममा जुवा खेलिरहेका १७ जना पनि […]
११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । आइतबार राति बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी […]
११ कात्तिक, काठमाडौं । म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित भएका छन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन् । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ । हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले […]
११ कात्तिक, काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले टोटनहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गरे । टोटनहृयामका लागि भने हृयारी केनले गोल गरे । खेलको पहिलो मिनेटमा नै हृयारी केनले गोल […]
११ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग […]
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणको क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ । आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले भने, ‘२७ अक्टुबर कश्मीरको लागि कालो दिन हो । हामीले कश्मीरमा भएको मानवअधिकार उल्लंघनलाई हेरेर […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानबाट फर्केकै दिन आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा-सिस्नोपानी देउसी कार्यक्रम सुन्न सपरिवार पुगेका थिए । मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी कर्मचारी र सिंगो मुलुकका गन्नेमान्नेहरु उपस्थित रहेको देउसी कार्यक्रममा सिस्नोपानीका कलाकारले प्रधानमन्त्री ओलीको हुर्मत लिन गरी व्यंग्य गरे । हुन त कलाकारहरुले कांग्रेस, मधेसकेन्दि्रत […]
१० कात्तिक, काठमाडौं । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिनय गरिसकेका हास्य कलाकार मनोज गजुरेलले यसपालि चिनियाँ राष्ट्रपति सी चिनफिङको अभिनय गरेका छन् । तिहारको उपलक्ष्यमा सिस्नो पानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा हास्य कलाकार गजुरेल चिनियाँ राष्ट्रपतिको भेषमा उपस्थित भएका हुन् । चिनियाँ राष्ट्रपतिका रुपमा आफूलाई […]
मिति– २०७६ कात्तिक ८ गते । स्थान– शहरी विकास मन्त्रालय । मन्त्री महम्मद इश्तियाक राई हतार मुद्रामा छन् । कामको चाङ बोकेर कर्मचारी, सांसद उनीसँग आइरहेका छन् । १२ बजिसक्यो । अझै बिहानको खाना खाइसकेका छैनन् । आजै नेपालगञ्ज पुग्नुपर्नेछ । त्यसअघि १ बजे नमाज पढ्नका लागि घण्टाघरको मस्जिद पुग्नु छ । मन्त्रीले कार्यकक्षमै खाना […]
१० कात्तिक, काठमाडौं । मान्छेभन्दा कुकुरको भत्ता बढी ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । अझ नेपाली कुकुर संयुक्त राष्ट्र संघमार्फत द्वन्द्वग्रस्त मुलुकको शान्ति मिसनमा पनि खटिन्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर, नेपाली सेनाको भैरव बाहन गुल्ममा कार्यरत सैनिक कुकुरको वास्तविकता हो यो । गुल्मका सह-सेनानी मनोज राउतका अनुसार यहाँका ९३ कुकुरको दैनिक रासन […]
from समाचार – Online Khabar https://ift.tt/34dtRe1
via IFTTT