समाचार
१४ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई लक्षित गरी प्रदेश २ को राजधानी जनकपुरधाममा माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै छठ पर्वलाई लक्षित गर्दै तीन दिनका लागि माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको जनाएको छ । […]
१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उपत्यकाभित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ । नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुको १ सय ५० ठाउँमा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए । ‘रातिको समय पारेर नौ दिनसम्ममा मुख्य ठाउँहरुमा भईरहेको चुहावट […]
१४ कात्तिक, बर्दिया । कुटपिट गरी हत्या गरेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बर्दिया ठाकुरवावा नगरपालिका-८ का ३४ वर्षीय सतिराम थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही नगरपालिका-७ कै ८ जना युवालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा २७ वर्षीय सन्तोष रोकाय, ३६ […]
१४ कात्तिक, पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालउ प्रमुख कोमल शाहले जानकारी दिए । पोखरा-८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि […]
१४ कात्तिक, डोटी । स्थानीय तहको पुनर्संरचना हुँदा ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ भन्ने नारा लगाइएको थियो । स्थानीय तहको निर्वाचन भएको पनि अढाइ वर्ष बित्नै लागेको छ । तर, सिंहदरबार भनिएका स्थानीय तहहरु भने भाडाकै झुप्रामा बस्न वाध्य छन् । डोटीका स्थानीय तहहरुले घरभाडावापत मासिक दुई लाख ८२ हजार सात सय रुपैयाँ खर्च गर्ने गरेका […]
१४ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । अपराधस्थल भनिएको सुविधानगरस्थित […]
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएको छ । […]
१४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुससहित बाराबाट एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ । बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुससहित कलैया उपमहानगरपालिका-४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट आयोगको टोलीले बिहीबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । भारतबाट मालसामान ल्याउन […]
१४ कात्तिक, काठमाडौं । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस सकिएको छ । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डायलासिस बिहीबार दिउँसो सकिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डायलासिस बुधबार नै गरिएको थियो । प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो […]
१४ कात्तिक, काठमाडौं । कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले अनलाइनखबरलाई बताए । लक्ष्मीपूजाको […]
अभाव, दबाब र तनावमै गुज्रिए क्रिकेटमा मेरा ९ वर्ष । तर अहिले र आशाको दियो धपक्क बलेको छ । पहिलोपटक फ्रेन्चाइज क्रिकेट महिला च्याम्पियन्स लिग भयो । म संलग्न टिम चितवन राइनोजले उपाधि पनि जित्यो । तर, जित–हार भन्दा पनि प्रतियोगिताको सफल आयोजना नै ठूलो कुरा थियो हाम्रो लागि । नेपालको महिला क्रिकेटले व्यवसायिकता समात्ने […]
१४ कात्तिक, काठमाडौं । साझा पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाउने भएको छ । पार्टीको भक्तपुर जिल्ला संयोजक रहेका २८ वर्षीय प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए । नेकपाबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि उपनिर्वाचन हुन लागेको यो क्षेत्रमा २०७४ […]
१४ कात्तिक, काठमाडौं । प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले मन, वचन र कर्मले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको […]
१४ कात्तिक, काठमाडौं । मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो । सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा […]
१४ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ […]
१४ कात्तिक, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै पार्टी सभापति बन्न सक्ने बताएका छन् । डा. शेखरले लोकतन्त्र खतरामा परेकोले रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे । बिहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, […]
१४ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकाबाट ०७५ साल वैशाख १० गते छुटेका श्यामोली परिवहनका दुईवटा बस वैशाख १२ गते काँकडभिट्टा नाका हुँदै पहिलोचोटि नेपाल छिरेका थिए । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनको सन्देश लिएर ती बसहरु बंगलादेशको राजधानी ढाकाबाट छुटेका थिए । बंगलादेशको बंगलाबन्ध-फूलवारी मार्ग हुँदै भारतको सिलगुढी र […]
१४ कार्तिक, कैलाली । कैलालीको पूर्व पश्चिम राजमार्गमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघाडी नगरपालिका-२ साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सोही वडाका मोटरसाइकलमा सवार ५० वर्षीय देवीराम आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए […]
१४ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन् । प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । डाक्टरहरुलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् […]
१४ कात्तिक, काठमाडौं । तराईबासी नेपालीको ठूलो पर्व छठ यस वर्ष कात्तिक १६ गते परेको छ । हिजोआज काठमाडौंमा पनि छठ मनाउनेहरुको ठूलो संख्या छ । उनीहरुले यहीँको जलासयमा गई छठी माताको पूजा गर्ने, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । छठ पर्वका लागि काठमाडौंको बागमती नदीका विभिन्न ठाउँ र अन्य पोखरी र कुण्डहरुमा […]
१४ कात्तिक, काठमाडौं । दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जीप दुर्घटनामा २४ जना घाइते भएका छन् । ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जीपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) […]
from समाचार – Online Khabar https://ift.tt/31VH4qc
via IFTTT