Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । […]

मुग्लिन–पोखरा सडक चार लेन बनाउन एडीबीको साढे १९ करोड डलर ऋण

१४ कात्तिक, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने […]

प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो । जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन् । जेयूआईले राजनीतिक शाखा […]

बलात्कार आरोपित राईमाथि कारबाही गर्न आरआर स्ववियुको माग

१४ कात्तिक, काठमाडौं । बलात्कार आरोपित आफ्ना संगठनका सहसचिव इन्द्रहाङ राईबारे अनुसन्धान गर्न रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले माग गरेको छ । साथै उसले राईमाथि कारबाही गर्दै संगठनको जिम्मेवारीबाट मुक्त गरेको छ । राईमाथि काठमाडौंको माकलबारीमा एक युवतीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको विषय सार्वजनिक भएलगत्तै आरआरको तत्कालीन स्ववियुले कानूनी दायरामा […]

ढुंगाले किचेर श्रीमतीको हत्या गर्ने युवक पक्राउ

१४ कात्तिक, धरान । धरानका एक युवकले टाउकोमा ढुंगाले प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि फरार भएका उनलाई प्रहरीले घटना भएको ४ घण्टापछि पक्राउ गरेको छ । धरान नगरपालिका वडा नम्बर १५ निवासी अञ्दाजी २३ वर्षीय युवक अर्जुन राईले बुधबार राति आफ्नी श्रीमतीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका हुन् । धरान-१५ […]

निवर्तमान सभामुख महराको थुनछेक बहस आज

१४ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ । सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने अदालत स्रोतले बतायो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख […]

छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै

१४ कात्तिक, जनकपुर । आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै […]

कांग्रेसबाट धरानको मेयरमा तिलक राईको उम्मेद्वारी

१४ कात्तिक, धरान । नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो । ‘मैले मेयरमा उठ्नका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामासमेत दिइसकेको थिएँ,’ कांग्रेस सुनसरीका कोषाध्यक्षसमेत रहेका तामाङले अनलाइनखबरसँग भने, ‘तर, सर्वसम्मत होस् […]

फोन गर्न रुख चढ्नुपर्ने बाध्यता

१४ कात्तिक, जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका-६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘मजस्तै यहाँका […]

यी हुन् टी-२० विश्वकपका लागि छनोट भएका टिम

१४ कात्तिक, काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने ६ टिमको टुंगो लागेको छ । बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने टिमहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् । […]

चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

१४ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुबै गोल गरे । चेल्सीका लागि मिची बाटसुएयीले गोल फर्काएका थिए । खेलको २५औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट गोल गर्दै युनाटेडलाई १-० गोलको अग्रता दिलाएका […]

आर्सनललाई पेनाल्टीमा हराउँदै लिभरपुल क्वाटरफाइनलमा

१४ कात्तिक, काठमाडौं । लिभरपुलले आर्सनललाई पेनाल्टीमा पराजित गर्दै काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयसम्म ५-५ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो । पेनाल्टी हुनुअघि खेलको छैटौं मिनेटमा नै आर्सनलका सकड्रन मुस्ताफीले […]

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

१४ कात्तिक, तम्घास । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ […]

लेगानेसविरुद्ध रियल मड्रिडको ५ गोल

१४ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसमाथि फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले आफ्नै मैदानमा लेगानेसलाई ५-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सिल्भा डि गोयज, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिचले गोल गरे । खेलको सातौं मिनेटमा नै गोयजले गोल […]

गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

१३ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको […]

प्रधानमन्त्रीको डायलाइसिस गरियो, केहीदिन अस्पतालमै रहने

१३ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलाइसिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलाइसिस गरिएको स्रोतले बताएको छ । यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह […]

नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

१३ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए […]

पिपरामा चुनावी रन्को ! मन्त्रीले आचारसंहिता मिचेको आरोप

१३ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले कात्तिक ८ गतेदेखि नै निर्वाचन आचार संहिता लागू हुने घोषणा गरिसकेको छ । तर, गाउँपालिका अध्यक्षका लागि उपचुनाव हुन लागेको महोत्तरीको पिपरा गाउँपालिकामा बुधबार नेकपाले आयोजना गरेको कार्यक्रममा दुईजना बहालवाला मन्त्रीले सहभागिता जनाएका छन् । मन्त्रीको सहभागितालाई लिएर निर्वाचन आचारसंहिता सम्बन्धी प्रश्न […]

कास्की २ मा नेकपाको उम्मेदवार सूचीमा दुई नाम थपियो

११ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि थप दुई उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले विद्या भट्टराईको नाम पत्र पठाएको थियो । भट्टराई १५ फागुनमा हेलिकोप्टर दुर्घनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् र, उनी यही क्षेत्रबाट तीन पटक सांसदमा निर्वाचित भएका […]

म आफैंले आन्दोलन गर्ने अवस्था नआओस् : प्रचण्ड

१३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको […]

एउटै कलमको मूल्य एक लाख !

१३ कात्तिक, सप्तरी । प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख १०५ रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख १०५ रुपैयाँमा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज […]



from समाचार – Online Khabar https://ift.tt/2JynppJ
via IFTTT
Powered by Blogger.