Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ मा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन प्रारम्भ

१४ कात्तिक, जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन बिहीबारदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट संघीय तथा प्रदेश मन्त्रीहरुले संयुक्तरुपमा भ्रमण वर्ष २०२० को प्रवर्द्धन शुभारम्भ गरेका हुन् । स्थानीय तिरहुतिया गाछीमा आयोजना गरिएको कार्यक्रममा संघीय सरकार तथा प्रदेश सरकारका मन्त्रीहरुले संयुक्त रुपमा हातेमालो गर्दै भ्रमण वर्ष २०२० […]

काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्, अरु ५० भन्दा बढी घाइते भएका छन् । बिहीबार सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगलमा दुर्घटना हुँदा मिठु विकसहित ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । त्यस्तै घाइतेमध्ये एक […]

‘लैङ्गिक हिंसा न्यूनीकरण गर्न मन्त्री थापाले जनप्रतिनिधिसँग छलफल गर्ने

१४ कात्तिक, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसंग लैंगिक हिंसा न्यूनीकरणका विषयमा छलफल गर्ने भएकी छिन् । लैङ्गकि हिंसा विरुद्धको वर्ष २०७६ को अभियान अन्तर्गत मन्त्री थापाले आफै सहभागी भएर हिंसा न्यूनिकरणका विषयमा छलफल गर्ने भएकी हुन् । १८ कात्तिकबाट प्रदेश नं १ बाट छलफल सुरु हुनेछ […]

नेकपाले उपनिर्वाचनमा नखट्ने कार्यकर्ताको अभिलेख राखेर कारबाही गर्ने

१४ कात्तिक,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गर्ने नेता कार्यकर्ता जो भए पनि कडा कारवाहीको चेतावनी दिएको छ । उपनिर्वाचन अभियानमा खटिने कार्यकर्ताको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई सर्कुलर गरिएको छ । नेकपा प्रदेश ३ कमिटीले कार्यकर्ताका लागि जारी गरेको सर्कुलरमा निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने […]

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई भएन, अब थुनामै रहने

१४ कात्तिक, काठमाडौं । तिहारअघि जुवा खालबाट पक्राउ परेका २५ जना जुवाडेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले सुनुवाई गर्न आवश्यक ठानेन । तिहार विदामा अदालत बन्द हुने समयमा जुवा खालबाट पक्राउ परेकाहरुले आफूहरुलाई गैरकानूनी थुनामा […]

कपिलवस्तु घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कपिलवस्तुको कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रुपमा सञ्चालन गर्न/ गराउन नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षसँग आयोगले आग्रह गरेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई […]

ब्राउन सुगरसहित सिराहाबाट ४ जना पक्राउ

१४ कात्तिक, जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सिराहाबाट ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले जिल्लाको नरह गाउँपालिका-३ बाट १ किलो १८० ग्राम ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १० बस्ने २० बर्षीय रोशनकुमार यादव, सोही उमेरका संजीतकुमार यादव, १८ बर्षीय संजीत मुखिया […]

धनुषा प्रशासनद्वारा छठ पर्वमा माछा, मासु र रक्सीमा प्रतिबन्ध

१४ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई लक्षित गरी प्रदेश २ को राजधानी जनकपुरधाममा माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै छठ पर्वलाई लक्षित गर्दै तीन दिनका लागि माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको जनाएको छ । […]

केयूकेएलले गर्‍यो १ सय ५० ठाउँमा खानेपानी चुहावटको मर्मत

१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उपत्यकाभित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ । नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुको १ सय ५० ठाउँमा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए । ‘रातिको समय पारेर नौ दिनसम्ममा मुख्य ठाउँहरुमा भईरहेको चुहावट […]

महराविरुद्ध करणी उद्योगमा डेढ गुणा बढी सजाय माग

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले महराले सरकारी ओहोदामा बसेर कसूर गरेकाले उनलाई हुने सजायको डेढ गुणा बढी सजायको माग दावी […]

सतिराम थारु हत्याको आरोपमा ८ जना पक्राउ

१४ कात्तिक, बर्दिया । कुटपिट गरी हत्या गरेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बर्दिया ठाकुरवावा नगरपालिका-८ का  ३४ वर्षीय  सतिराम थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही नगरपालिका-७ कै ८ जना युवालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा  २७ वर्षीय सन्तोष रोकाय, ३६ […]

३ लाखसहित पोखरामा १० जुवाडे पक्राउ

१४ कात्तिक, पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालउ प्रमुख कोमल शाहले जानकारी दिए । पोखरा-८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि […]

गाउँका सिंहदरबारको मासिक भाडा दुई लाख ८२ हजार

१४ कात्तिक, डोटी । स्थानीय तहको पुनर्संरचना हुँदा ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ भन्ने नारा लगाइएको थियो । स्थानीय तहको निर्वाचन भएको पनि अढाइ वर्ष बित्नै लागेको छ । तर, सिंहदरबार भनिएका स्थानीय तहहरु भने भाडाकै झुप्रामा बस्न वाध्य छन् । डोटीका स्थानीय तहहरुले घरभाडावापत मासिक दुई लाख ८२ हजार सात सय रुपैयाँ खर्च गर्ने गरेका […]

प्रधानमन्त्रीको डायलासिस भयो, अहिले ठीक छ : प्रचण्ड

१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको पुष्टि गरेका छन् । प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनको निजी सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको थियो । तर बुधबार र बिहीबार दुई पटक उनको मिर्गौलाको डायलासिस गरिएको […]

महराले रगत दिन मानेनन्, डीएनए परीक्षण भएन

१४ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । अपराधस्थल भनिएको सुविधानगरस्थित […]

कांग्रेसले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार टुंग्याउने

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएको छ । […]

६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

१४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुससहित बाराबाट एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ । बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुससहित कलैया उपमहानगरपालिका-४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट आयोगको टोलीले बिहीबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । भारतबाट मालसामान ल्याउन […]

प्रधानमन्त्रीको दोस्रो डायलासिस सकियो

१४ कात्तिक, काठमाडौं । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस सकिएको छ । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डायलासिस बिहीबार दिउँसो सकिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डायलासिस बुधबार नै गरिएको थियो । प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो […]

कपिलवस्तु गोली काण्ड : मारिने व्यक्ति भारतीय नागरिक

१४ कात्तिक, काठमाडौं । कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले अनलाइनखबरलाई बताए । लक्ष्मीपूजाको […]

अब क्रिकेट नै हो जिन्दगी

अभाव, दबाब र तनावमै गुज्रिए क्रिकेटमा मेरा ९ वर्ष । तर अहिले र आशाको दियो धपक्क बलेको छ । पहिलोपटक फ्रेन्चाइज क्रिकेट महिला च्याम्पियन्स लिग भयो । म संलग्न टिम चितवन राइनोजले उपाधि पनि जित्यो । तर, जित–हार भन्दा पनि प्रतियोगिताको सफल आयोजना नै ठूलो कुरा थियो हाम्रो लागि । नेपालको महिला क्रिकेटले व्यवसायिकता समात्ने […]

साझा पार्टीले भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार बनाउने

१४ कात्तिक, काठमाडौं । साझा पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाउने भएको छ । पार्टीको भक्तपुर जिल्ला संयोजक रहेका २८ वर्षीय प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए । नेकपाबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि उपनिर्वाचन हुन लागेको यो क्षेत्रमा २०७४ […]



from समाचार – Online Khabar https://ift.tt/321bZkQ
via IFTTT
Powered by Blogger.