समाचार
१३ कात्तिक, जाजरकोट । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका -१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु -जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वर्षाैंदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् […]
१३ कात्तिक, निजगढ (बारा) । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडा तथा अरु सरकारी कार्यालयका भवनमा सञ्चालनमा रहेको बताइएको […]
१३ कात्तिक, सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेल मार्ने तयारी गर्दा सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी टोलका एक युवक आफैं त्यसको शिकार भएका छन् । बँदेललाई मार्न बनाइएको विद्युतको धरापमा परी एक जनाको मृत्यु भएको छ । पथरी टोलका २३ वर्षका अजयकुमार मुखियाको शव दुई सातापछि गाडिएको अवस्थामा फेला परेको छ । उनको शव […]
१३ कात्तिक, जनकपुरधाम । केन्द्र र प्रदेश सरकार मिलेर जनकपुरबाट नेपला भ्रमण वर्ष २०२० को प्रचार सुरु गर्ने भएका छन् । छठ पर्वको अवसरमा भोलि बिहीबार शुभकामना आदान प्रदान तथा भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रम राखिएको छ । पवित्र धार्मिक सांस्कृतिक स्थलबाट भ्रमण वर्षको प्रवर्द्धन कार्यक्रम थालनी गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले […]
१२ कात्तिक, काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रेको डाँडाबारीका विकास तामाङ रहेका छन् भने सूर्य विनायक नगरपालिका-७ गुण्डुका १८ वर्षीय विशाल तामाङ घाइते भएका छन् । व्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका १० कमलबिनायमा मंगलबार राति […]
१३ कात्तिक, काठमाडौं । टीका नखुवालाई तिहारभरि मादल बेच्न हिँड्दैमा फुर्सद भएन । शरीरभरि मादलै मादल भिरेर उनले काठमाडौंका गल्ली चाहारे । तर, यस वर्ष काठमाडौंमा कमै मात्र मादल विक्री भएको उनले सुनाए । नखुवाको भाषामा भारतीय लवज छ । उनी देउसी भन्न नजानेर उनी ‘दैसीका लागि मादल चाहिँदैन ?’ भन्दै ग्राहकलाई सोधिरहेका भेटिन्थे । […]
१३ कात्तिक, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । उनका अनुसार […]
१३ कात्तिक, कास्की । पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका […]
१३ कात्तिक, काठमाडौं । २ वर्षअघि स्थानीय तहको निर्वाचनको माहोल तात्दै गर्दा काठमाडौंमा निकै बहसको विषय बनेको थियो, रेल सञ्चालन । सबैजसो पार्टीहरुले आफ्नो चुनावी एजेन्डामा मेट्रा/मोनो रेललाई समावेश गरेका थिए । तर, अहिले त्यो चर्चा सेलाइसकेको छ । यद्यपि, महानगर भने भित्रिभित्रै काम भने भइरहेको बताउँछ । काठमाडौंमा मोनो रेल गुडाउने भन्दै काठमाडौं र […]
१३ कात्तिक, सप्तरी। सप्तरीमा एक साताको बीचमा दुईवटा अजिंगर फेला परेको छ । पछिल्लो पटक जिल्लाको हनुमानगर कंकालनी नगरपालिका १२ स्थित कोशी बाँधबाट मंगलबार साँझ अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । १५ किलो तौल भएको अजिंगर सर्प देखापरेको स्थानीयले बताएपछि प्रहरीको टोली पुगेको थियो । उक्त अजिंगरलाई अहिले इलाका प्रहरी कार्यालय […]
१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका हुन् । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए । ‘रेगुलर चेकजाँचका लागि जानु भएको हो । स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन । स्वास्थ्य जाँचपछि फर्किनुहुन्छ […]
१३ कात्तिक, काठमाडौं । बाराको बगरमपुरका एक युवक पर्साको सबैयामा झुण्डिएको अवस्थामा फेला परेका छन् । पर्सागढी नगरपालिका-३ सबैयास्थित ससुरालीको घरमा बस्दै आएका २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी झुण्डिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगी शव […]
१३ कात्तिक, काठमाडौं । मुलुक द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरै शान्ति प्रक्रियामा आएका थियो । सशस्त्र द्वन्द्वका क्रममा विदेशी पर्यटकहरुले भौतिकरुपमा खासै क्षति व्यहोर्न परेन । तर, लगानीकर्ताहरु हतोत्साही भएका कारण आतिथ्य उद्योगमा लगानी आउन सकेको थिएन । ठीक त्यहीबेला नेपाल भ्रमण वर्ष २०११ को एक महत्वपूर्ण उपहार बनेर आयो होम स्टे अर्थात घरबास । सशस्त्र द्वन्द्वबा […]
१३ कात्तिक, काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् । खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले वीचैमा खेल छाडेका छन् । राप्रपा अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी मानिन्छन् । चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट-२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ […]
१३ कात्तिक, दाङ । दाङ देउखुरीको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल बनेको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो पुल नेपालकै दोस्रो लामो हो । […]
१३ कात्तिक, लण्डन । बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनको निर्वाचन प्रस्ताव संसदको तल्लो सदन हाउस अफ कमन्सले बहुमतले पारित गरिसकेको छ । योसँगै अब आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ । डिसेम्बर १२ मा आम निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्तावमा संसदमा मतदान भएको थियो […]
१३ कात्तिक, जनकपुरधाम । सामा चकेवा दिदी-बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूणिर्मा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन […]
१३ कात्तिक, खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको […]
१३ कात्तिक, बेनी । म्याग्दीको उच्च हिमाली भेगका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयवासी बताउँछन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफे संरक्षणका लागि […]
१३ कात्तिक, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नम्बरको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा ६६प ९३८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा […]
१३ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटी, लेष्टर सिटी र एभर्टन काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएका आ-आफ्ना खेल जित्दै तीनवटै क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथहृयाम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्यो । सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गर्दा निकोलस ओटामेन्डीले […]
from समाचार – Online Khabar https://ift.tt/2BY839O
via IFTTT