समाचार
१४ कात्तिक, काठमाडौं । आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यदेखि उपनिर्वाचनसम्ममा चासो राखेका छन् । धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिएको समाचार आजका पत्रिकाहरुले लेखेका छन् । यस्तै आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा दलहरुको तयारीबारेको समाचार पनि पढ्न सकिन्छ । बि्रटिस आर्मीको जागिर छाडेका म्याग्देली ठिटो निर्मल पूर्जाले […]
१३ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको […]
१३ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए […]
११ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि थप दुई उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले विद्या भट्टराईको नाम पत्र पठाएको थियो । भट्टराई १५ फागुनमा हेलिकोप्टर दुर्घनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् र, उनी यही क्षेत्रबाट तीन पटक सांसदमा निर्वाचित भएका […]
१३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको […]
१३ कात्तिक, सप्तरी । प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख १०५ रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख १०५ रुपैयाँमा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज […]
१३ कात्तिक, विराटनगर । ६ लाख ६० हजार रुपैयाँसहित विराटनगरमा जुवाको खालबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार राति विराटनगर– ३ र ८ नम्बर वडाबाट २० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार विराटनगर – ३ पीपलचोकबाट एक सेट कौडा र ४ लाख ४९ […]
१३ कात्तिक, रौतहट । जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ । विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । ४० वर्षीय विजय गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।
१३ कात्तिक, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर बुधबार एक युवकको मृत्यु भएको छ । घरनजिकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए । रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताए । ‘आज बिहान उनी […]
१३ कात्तिक, काठमाडौं । रोमानियामा सम्पन्न चौबिसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले कास्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँच जना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा नेपालका तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईको नेतृत्वमा सात जनाको समूह सहभागी भएको थियो । यसैगरी […]
३ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना […]
१३ कात्तिक, चितवन । चितवन भन्नासाथ सौराह नै सम्झिने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि पछिल्लो समय पर्यटकहरुको लागि नयाँ घुम्ने ठाउँका रुपमा विकास हुँदैछ । यहाँबाट सूर्योदय र सूर्यास्त कम्ती मनोरम देखिँदैन । नदीको छेउामा विहान र साँझ शान्त यो स्थलमा समय विचरण गर्न र मात्रै हैन, नदीमा चलेका मोटरबोटमा चढेर […]
१३ कात्तिक, काठमाडौं । बुधबार दाङबाट एउटा ‘नौलो’ समाचार सञ्चारमाध्यममा आयो– देउखुरीको राप्ती नदीमाथि ‘नेपालकै दोस्रो लामो’ पुल निर्धारित समयभन्दा अघि नै बन्यो । समाचार नौलो यस अर्थमा थियो कि, हामी निर्माण कार्यमा ढिलाई भएको समाचार मात्रै पढ्न र सुन्न अभ्यस्त छौं । तोकिएको समयमा काम नहुने परिपाटी विपरीत राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा […]
१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहारको अवसरमा बनाएको विशेष सुरक्षा रणनीति अन्तर्गत ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ । देशभर ४३ स्थानमा चलाइएको प्रहरी कारबाहीका क्रममा पक्राउ परेकामध्ये ३ जना महिला छन् । विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसनमा ३ करोड ३० लाख रुपैयाँ पनि बरामद भएको केन्द्रीय […]
१३ कात्तिक, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ मा देशभर ४ सय ३६ वटा उद्योगहरु दर्ता भए । त्यसमध्ये कर्णाली प्रदेशमा भने यो आवमा केवल एउटा उद्योग दर्ता भएको छ । सुर्खेत वीरेन्द्रनगरको वडानम्बर ८ मा हिमालयन माउन्टेन कफी प्रोडक्सन प्रालि सञ्चालनमा आएको हो । यसले १५ जनालाई रोजगारी दिएको छ । यो उद्योगमा कुल ५० […]
१३ कात्तिक, काठमाडौं। सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो । वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु […]
१३ कात्तिक, राजविराज (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिका-५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज(बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो । मृतकका आफन्तले […]
१३ कात्तिक, काठमाडौं । सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्ना हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पूर्जालाई […]
१३ कात्तिक, काठमाडौं । आगलागी हुँदा काठमाडौं महानगरपालिका-१३ टंकेश्वरमा एक वृद्धाको मृत्यु भएको छ । चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्किँदा सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मंगलबार राति मृत्यु भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको […]
१३ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ । प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरे पनि इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले सोमबार र बुधबार पुनः अर्को रिट दिएपछि निवेदन दिने सबै जनालाई सँगै उपस्थित गराउन अदालतले आदेश […]
१३ कात्तिक, काठमाडौँ । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]
from समाचार – Online Khabar https://ift.tt/34hBLD8
via IFTTT