Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जीपबाट खस्दा किशोरको मृत्यु

११ कात्तिक, धनगढी । बैतडीमा चलिरहेको जिपबाट खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ७ किम्तोलीका १५ वर्षीय सुवास चन्दको जीपबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शनिबार साँझको भएको प्रहरीले जानकारी दिएको छ । किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्दको […]

फास्ट ट्र्याक प्रयोग गर्न पाए अमलेखगञ्ज–काठमाडौं पाइपलाइनबाट निगम पछि हट्ने

११ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं तराई फास्ट ट्र्याक (द्रुतमार्ग) बाट इन्धन ढुवानी गर्न पाए अमलेखगञ्जबाट काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने योजना सञ्चालन नगर्ने संकेत गरेको छ । द्रुत मार्ग भएर काठमाडौंसम्म पेट्रोलियम पाइपलाईन बिछ्याउन नेपाल आयल निगमले पहिलो चरणको अध्ययन गरेको थियो । पुल्चोक इन्जिनियरिङ कलेजका प्रा.डा..श्रीरत्न बज्राचार्य नेतृत्वको कार्यदलले गरेको अध्ययनमा द्रुतमार्ग […]

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

११ कात्तिक, सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु  भएको छ । दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका ५ गंगाजली टोलस्थित कञ्चनपुर फत्तेपुर सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ […]

माछा मार्ने क्रममा डुबेर युवक वेपत्ता

११ कात्तिक, कैलाली । कैलालीको टीकापुर नगरपालिका ९ पायल गाँउका एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार २५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरकले उनको खोजी जारी राखेको छ । घट्ना भएलगत्तै […]

भारतको मन्दिरमा जंगबहादुरका पूजारी

११ कात्तिक, झारखण्ड । काठमाडौंस्थित पशुपतिनाथझैं भारतको झारखण्डस्थित रावणेश्वर महादेव मन्दिर पनि विश्वका हिन्दूहरुको ठूलो तीर्थस्थल हो । यहाँ हरेक दिन श्रद्वालुहरुको घुइँचो रहन्छ । नेपाली हिन्दूहरुको श्रद्वाको केन्द्र यो पनि एउटा हो । बिहारको सुल्तानगञ्जस्थित गंगा नदीबाट जल भरेर यो मन्दिरमा रिसाल गर्न नेपालको मेचीदेखि महाकालीसम्मका हिन्दू धर्माम्बलीहरु त्यहाँ पुग्ने गर्दछन् । सुल्तानगञ्जमा उत्तरतिरबाट […]

तिहारमा पनि खुल्ला छन् यी बैंक

११ कात्तिक, काठमाडौं । सिंगै देश तिहारको माहोलमा झुमिरहेका बेला अधिकांस सरकारी र निजी कार्यालयहरु बन्द छन् । सरकारले तिहारका लागि ४ दिन सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएकाले प्राय बैंक तथा वित्तिय संस्था पनि चार दिन खुल्दैनन् । तर, यो बेला कसैलाई अभर पर्न सक्छ । बंैकमा रहेको पैसा आजै निकाल्नुप¥यो भने […]

पशुपतिमा गाई पूजा (फोटो फिचर)

११ कात्तिक, काठमाडौं । आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाई पूजा गरेका छन् । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने गर्दछन् । आज पशुपति क्षेत्रमा पनि सामुहिकरुपमा विधि पुर्‍याएर गाई पूजा गरिएको छ । हरेक वर्ष यहाँ यसरी नै सामूहिकरुपमा गाई पूजा गर्ने प्रचलन छ […]

नेपालको बक्यौता नतिरी फर्किए २० विदेशी एयरलाइन्स

११ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २३६ भन्दा बढी बिभिन्न निकायबाट बक्यौता उठाउन सकेको छैन । सरकारी तथा निजी यी निकायबाट प्राधिकरणले २ अर्ब १० करोड ८८ लाख बक्यौता उठाउन बाँकी छ । बक्यौता रकम नतिर्ने २० विदेशी एयरलाइन्स छन्, जसले नेपाललाई करोडौं रुपैयाँ नतिरी आफ्नो उडान नेपालमा बन्द गरेका छन् । प्राधिकरणका […]

‘भीआईपी’ जुवाखालबाट समातिएका बलेसहित ६ जनाले गुहारे अदालत

११ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना प्रहरीविरुद्ध अदालत पुगेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो । रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी […]

सडकका बेवारिसे गाईबाच्छा पाल्ने रामबहादुरको कथा

पशुपतिस्थित आर्यघाट । बिहानै भए पनि मन्दिर छिर्ने मुख्य गेटदेखि आर्यघाटसम्म मानिसहरुको चहल-पहल चर्को छ । घाटको पारिपट्टी बसेर एक हुल केटाहरु चुरोटको धुवा उडाइरहेका छन् । तल आर्यघाटमा केही लासहरु धुँवा बनेर उडिरहेका छन् । मन्दिर परिसरमै बसेर बाबाजीहरु ‘जय शम्भो’ भनिरहेका छन् । फूल बेच्नेहरु फूल बेचिरहेका छन् । भिख माग्नहेरु कचौरा थापिरहेकै। […]

चितवनमा बसको ठक्करबाट एकको मृत्यु

११ कात्तिक, भरतपुर (चितवन) ।  चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी-१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो […]

एक लाख ९० हजारसहित खैरहनीबाट २० जुवाडे पक्राउ

११ कात्तिक, भरतपुर (चितवन) । पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका-१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी […]

त्यो १५ मिनेटको अपरेशन, जसमा कुकुरले लखेटेर बग्दादीलाई मार्‍यो  

११ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार घोषणा गरे, अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारे । ट्रम्पकाअनुसार शनिबार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प हृवाइट हाउसको सिचुएशन रुपमा अन्य […]

जाजरकोटका १२७ विद्यालयमा दरबन्दी शून्य

११ कात्तिक, जाजरकोट । भेरी नगरपालिका-१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह (९-१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष देखि पठनपाठन भइरहेको छ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको छ । ‘विद्यार्थीबाट एकमुष्ट शिक्षण शुल्क लिएर पाँच […]

दीपावली गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

११ कात्तिक, महोत्तरी । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ  । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका-८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिकुलिया बजारस्थित जयमहाराजा […]

गुल्मीको रेसुङ्गामा सामुहिक गाईपूजा

११ कात्तिक, रेसुङ्गा । गुल्मीको रेसुङ्गास्थित गौशालामा सामुहिक गाईपूजा गरिएको छ । गाईको महत्वबारे जानकारी दिन पहिलोपटक गौ-प्रवचन पनि आयोजना गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर प्रसिद्ध धार्मिकस्थल रेसुङ्गाको गौशालामा रहेका गाईहरुको सामूहिक पूजा र गौप्रवचन गरिएको हो । रेसुङ्गाको गौशालामा हरेक वर्ष सामुहिक गाईपूजा हुँदै आएको छ । गाईपूजा गर्न […]

चितवनको कौडाखालमा प्रहरीको छापा, ३२ जना पक्राउ, झण्डै ६ लाख बरामद

११ कात्तिक, चितवन । चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका-१ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो । महेन्द्र चोकको महिनी पार्टी प्यालेसमा आइतबार राति करिब सवा एक बजे जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा मारेको थियो […]

लक्ष्मीपूजाको दिन कुलमान घिसिङ आफैं भारप्रेषण केन्द्रमा खटिए

११ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको मात्रै पिक डिमाण्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ […]

दीपावली मनाउँदा घर जल्यो, चार वर्षीय बालकको मृत्यु

११ कात्तिक, विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका- ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको […]

चारजना चढेको मोटरसाइकल रुखमा ठोक्कियो, चालकको मृत्यु

११ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घाइते अन्य तीन जनामध्ये एकजनाको अवस्था गम्भीर छ । आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती-५ निवासी २२ वर्षीय कृष्ण कुमालको […]

भारतमा तीन नेपाली मजदुरको हत्या

११ कात्तिक, काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ । बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् । उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा […]



from समाचार – Online Khabar https://ift.tt/2WolFEP
via IFTTT
Powered by Blogger.