समाचार
१३ कात्तिक, खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको […]
१३ कात्तिक, बेनी । म्याग्दीको उच्च हिमाली भेगका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयवासी बताउँछन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफे संरक्षणका लागि […]
१३ कात्तिक, दाङ । दाङ देउखुरीको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल बनेको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो पुल नेपालकै दोस्रो लामो हो । […]
१३ कात्तिक, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नम्बरको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा ६६प ९३८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा […]
१३ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटी, लेष्टर सिटी र एभर्टन काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएका आ-आफ्ना खेल जित्दै तीनवटै क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथहृयाम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्यो । सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गर्दा निकोलस ओटामेन्डीले […]
१३ कात्तिक, काठमाडौं । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् । मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका […]
१३ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र […]
१३ कात्तिक, काठमाडौं । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको […]
१२ कात्तिक, पोखरा । निधारभरि सप्तरंगी टीका । गलाभरि मखमली र सयपत्रीका माला । देशभर यसरी हिन्दु धर्मनलम्बीहरूले तिहार मनाए । तर पोखरामा भने फरक दृश्य देखियो । विभिन्न देशबाट पोखरा घुम्न आएका विदेशी भाइटीका लगाएर रमाएका छन् ।नेपाली ढाका टोपी, सप्तरंगी टीका र गलाभरि थरिथरीका फूल लगाएर मंगलबार पोखरामा पर्यटक रमाएका हुन् । पश्चिमाञ्चल […]
१२ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने बताएका छन् । कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताएका हुन् । मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका […]
१२ कात्तिक, काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् । […]
१२ कात्तिक, काठमाडौं । बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ । डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, […]
१२ कात्तिक, बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो […]
१२ कात्तिक, जनकपुरधाम । तिहारको पाँचौ तथा अन्तिम दिन मंगलबार मिथिला क्षेत्रका जिल्लामा भरदुतीया पर्व मनाइएको छ । दाजुभाई आफ्ना दिदी बहिनीको घरमा पुगी न्यौता लिदैं भरदुतिया पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाइने यो पर्वमा भाइ बहिनीको प्रेम, स्नेह झल्किन्छ । भरदुतीयासहित भ्रातृद्वितीया, भाइदुजको नामले पनि मनाउने गरिन्छ । यो पर्वमा […]
१२ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताएका छन् । नेपाल संवत् ११४० को अवसरमा आज मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उहाँले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताए । उपप्रधानमन्त्री पोखरेलले […]
१२ कात्तिक, काठमाडौं । रानीपोखरीमा रहेको बालगोपाल मन्दिर अगाडि सर्वसाधारण भाइटीका लगाएका छन् । भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मध्य भागमा रहेको बालगोपाल मन्दिरमा १२ वैशाख २०७२ मा गएको भूकम्पले क्षति गरेपछि अहिलेसम्म बन्द छ । त्यसैले सर्वसाधारणले रानीपोखरीको गेट छेऊमा बसेर टीका लगाएका हुन् । रानीपोखरीबाहिर दिदीबहिनी नहुनेले टीका लगाउने गरेका छन् ।
१२ कात्तिक, रामेछाप । पाक्ने बेला जुनार झर्न थालेपछि रामेछापका किसान चिन्तित भएका छन् । किरा लागेपछि पाक्ने बेलाको जुनार र्झन थालेको हो । यसअघि यहाँको जुनार सडक नपुगेका कारण बिक्री नभएर किसान चिन्तित थिए । सडक पुग्यो तर अहिले रोग देखा परेको छ । पछिल्लो समय बोट नै मर्ने, फलमा किरा लाग्ने रोग देखा […]
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिएका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि प्रधानमन्त्री ओलीले १ बजेर ३८ मिनेट जाँदा टीका लगाएका हुन् ।
१२ कात्तिक, काठमाडौं । प्रहरीले बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययनरत् छन् । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीको […]
काठमाडौं । यसपालीको तिहारमा उप-सभामुख डा. शिवमाया तुम्बाहाम्फेको निधार खाली हुनेछ । उनको निधार खाली हुँदा सांसद विजय शुब्बाको निधार पनि भरी हुने छैन । उप-सभामुख भएपछिका शिवमायाको दुईवटा तिहार फूलटीकाविहीन बन्यो । अघिल्लो वर्ष उनी तिहारमा देश बाहिर थिइन्, यो वर्ष भाउजु खस्नुभयो । यी दाजुबहिनीले यसअघिका भाइटीकाहरुको सम्झना गर्नेछन्, यो पटक । तीन दाइ […]
काठमाडौं । नेपाल संवत १०४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्याली निकालिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यस […]
from समाचार – Online Khabar https://ift.tt/2JwlVMI
via IFTTT